विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अन्तराष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मूल्य बढ्दा निगमकाे मासिक  घाटा ६४ करोड पुग्याे

ऊर्जा खबर भदौ १९, २०७५ 3063

काठमाडौं- नेपाल आयल निगमको मासिक घाटा ६४ करोड रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा निगमको घाटा पनि चुलिएको हो ।

भारतीय अायल कर्पाेरेशन (अाइअाेसी) ले गत भदौ १६ गते बढाएर पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरिएकाले घाटा थपिएको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले बताए । उनका अनुसार नयाँ मूल्य सुची अनुसार निगमलाई १५ दिनमा ३१ अर्ब ५९ करोड घाटा हुने भएको छ ।

‘अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति व्यारेल ७७ डलर पुगेको छ,’ उनले भने,‘नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्ने भारतमा दैनिक मूल्य परिवर्तन भइरहेकाले यसको असर निगम पनि परेको छ । ’ सबैभन्दा बढी ग्यासमा प्रतिसिलिन्डर ३३१.९१ रुपैयाँ घाटा रहेकाे पनि उनले बताए । ग्यासको मासिक घाटा १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, पेट्रोलमा प्रतिलिटर १.११ रुपैयाँ घाटा छ । डिजेलमा प्रतिलिटर २.८४ रुपैयाँ घाटा छ । मट्टीतेल र हवाई इन्धनको नाफाले ग्यासको घाटा व्यवस्थापन गरिएको निगमले जनाएको छ । डिजेलमा प्रतिलिटर २.९० रुपैयाँ घाटा छ ।

मंगलबार अायाेजित पत्रकार सम्मेलनमा भट्टराईले पछिल्ला दिनमा नेपाली मुद्राको अवमुल्यनले पनि कारोबारमा नकारात्मक असर परेको बताए ।  ‘भारतले अन्तराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा डलरमा भुक्तानी गर्छ,’ उनले भने,‘आइओसीले डलरको दर अनुसार मूल्य बढाएर हामीलाई पठाउँदा घाटा थपिँदै गएको छ ।’

भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदासमेत सीमा नाका रक्सौलमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६.७७ रुपैयाँ र डिजेल प्रतिलिटर २६.५० रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ ।

अहिलेको मौजुदा मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ९५ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, प्रतिलिसिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०४.५० सय रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १.१२५ अमेरिकी डलर छ ।

आइओसीले नयाँ दर पठाए पनि निगमले यस पटक पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="