body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

अन्तर्राष्ट्रिय

जलविद्युत केन्द्रमा ग्यास लिक हुँदा ३ कर्मचारीकाे मृत्यु, ४ जना घाइते

बोस्नियाको उत्तरपश्चिम सहर बिहाकस्थित सञ्चालनमा रहेको १३.७ मेगावाटको उना कोष्टेला जलविद्युत केन्द्रमा ग्यास लिक हुँदा ३ कर्मचारीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । ग्यास लिक भएर दुर्घटना भएको त्यस क्षेत्रका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले पुुष्टी गरेका छन् । मृतक तथा घाइते सबै सोही जलविद्युत…


भारतको महाराष्ट्रमा विद्युत चोरीको आँकडा बढ्दो, १ हजार ८ सय ८२ मुद्दा दर्ता

भारतको महाराष्ट्रस्थित मुम्बईमा विद्युत चोरीको आँकडा बढ्दै गएको छ । हरेक वर्ष माग बढ्दा विद्युत चोरी गर्नेको संख्या पनि बढ्दै गएको हो । महाराष्ट्रमा विद्युत वितरण कम्पनी वेष्टले गरेको अध्ययन अनुसार आर्थिक वर्ष २०१७/१८ मा विद्युत चोरीमा संलग्नलाई कारबाही गरी १३ करोड रुपैयाँ जरिवाना असुल गरिएको छ । चोरबाट असुल…


इथियोपियाको रिनेसान्स बाँधका आयोजना प्रमुख बेकेलीको गाेली हानी हत्या

इथियोपिया, इजिप्ट र सुडानको सीमा भएर बग्ने नाइल नदीमा निर्माण भइरहेको ६ हजार मेगावाटको रिनेसान्स बाँध तथा बहुचर्चित जलविद्युत आयोजनाका प्रमुखको हत्या गरिएको छ । आयोजना प्रमुख सेमेग्न्यू बेकेली गत बिहीबार आफ्नै कारमा मृत्यु भएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । स्थानीय प्रहरीले उनलाई गोली हानी हत्या गरिएको…


भ्रष्टाचारको आरोपमा प्रधानमन्त्रीले विद्युत मन्त्रीलाई बर्खास्त गरे

ऊर्जामा बढ्दै गएको भ्रष्टाचार रोक्न नसकेको र समस्याग्रस्त क्षेत्रको विद्युत व्यवस्थापन नगरेको भन्दै इराकका प्रधानमन्त्री हैदर अल अबादीले आफ्ना विद्युत मन्त्री  कसम अल फहदावीलाई पदबाट बर्खास्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– विद्युत मन्त्री अवैध विद्युतको माग गर्ने व्यापारीसँग मिलेको र यही कारण विद्युत क्षेत्रमा नकारात्मक…


समुद्रमा प्रसारण लाइन निर्माण गर्न फ्रान्स, स्पेन र पोर्चुगल सहमत

विद्युतीय सञ्जालबाट एक अर्कामा जोडिन युरोपका ३ शक्ति राष्ट्र फ्रान्स, स्पेन र पोर्चुगलले सहमति जनाएका छन् । बिस्केयको खाडीसम्म प्रसारण लाइन निर्माण गर्नबारे उनीहरू सहमतिमा पुगेका हुन् । पोर्चुुगलको राजधानी लिस्बनमा भेला भएका ३ देशका नेताबीच फ्रान्सदेखि स्पेनसम्म ३ सय ७० किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेबारे समझदारीपत्र (एमओयू) भएको…


हिमाञ्चलमा १९ सय मेगावाटका जलविद्युत आयोजना बन्द, भारतका उत्तरी राज्यमा विद्युत आपूर्ति प्रभावित

वर्षासँगै नदीमा पानीको सतह बढेर ढुंगा, माटो तथा लेदोको परिमाण बढेपछि भारतको हिमाञ्चल प्रदेशमा सञ्चालित १९ सय १२ मेगावाटका २ ठूला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । कम्पनीका अनुसार १ हजार ५ सय मेगावाटको नथ्पा झाक्री र ४ सय १२ मेगावाटको रामपुर आयोजनाको उत्पादन छोटो समयका लागि बन्द…


लाओसमा जलविद्युत बाँध भत्किँदा २० को मृत्युु, ३ हजार नागरिक अझै उद्दारको पर्खाइमा (फलाे अप)

दक्षिण पूर्वी लाओसमा निर्माणाधीन ४ सय १० मेगावाटको ‘से पियान से नामनोय’ जयाशय जलविद्युत आयोजनाको बाँध भत्किँदा हराइरहेकामध्ये २० जनाको मृत्यु भएको छ । सोमबार मध्यरातमा उच्च आँधीसहितको भीषण वर्षापछि आयोजनाको बाँध भत्किँदा बेपत्ता भएका २० जनाको शव फेला परेकाे हो । जलाशयको बाढीमा बगेका १ सय जनाभन्दा बढी मानिस…


लाओसमा निर्माणाधीन ४१० मेगावाट आयोजनाको बाँध भत्किँदा सयाैं बेपत्ता

दक्षिण पूर्वी लाओसमा निर्माणाधीन ४ सय १० मेगावाटको जलाशय जलविद्युत आयोजनाको बाँध भत्किँदा सयौं नागरिक बेपत्ता भएका छन् । भीषण वर्षाले सोमबार मध्यरात लाओसको आट्टापेउ प्रान्तमा निर्माणाधीन ‘से पियान से नामनोय’ आयोजनाको बाँध भत्किएको हो । अविरल वर्षासँगै आएको बाढीले ६ वटा गाउँ पूर्णरूपमा डुबानमा परेका छन् । उता आयोजनाको…


बंगलादेशको ५२५ मेगावाट बरापुकुरिया थर्मल प्लान्ट अनिश्चितकालका लागि बन्द

बंगलादेशको दिनाजपुरस्थित ५ सय २५ मेगावाटको बरापुकुरिया कोइलाबाट सञ्चालित विद्युतगृह अनिश्चितकालका लागि बन्द भएको छ । कोइला अभाव भएपछि आइतबारबाट विद्युतगृह बन्द भएको हो । उक्त विद्युतगृहमा जडितमध्ये १ सय २५ मेगावाटका दुई र २ सय ७५ मेगावाटको एउटा युनिट सञ्चालनमा थिए । कोइला अभावले १ सय २५ मेगावाटका दुई…


भारतले १ लाख मेगावाटको एउटै सोलार प्लान्ट विकास गर्दै

विद्युत विकासलार्इ तीव्रता दिँदै अाएकाे भारतले १ लाख मेगावाटको एउटै सोलार प्लान्ट जडान गर्ने भएको छ । चालू वर्षभित्र सबै घरधुरीमा विद्युत सेवा पुर्याउने लक्ष्यसहित लाख मेगावाटको एकल सोलार प्लान्ट जडान गर्न लागेकाे हो । अहिलेसम्मकै ठूलो सोलार प्लान्ट जडान गर्न प्रक्रिया पूरा गरेर ठेक्का आह्वान गर्न लागेकाे केन्द्रीय  विद्युत…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7