advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

अन्तर्वार्ता

‘प्रसारण लाइन समयमै नबन्दा सोलुको विद्युत् खेर जाँदैछ’

शशिसागर राजभण्डारी सिभिल इन्जिनियर हुन् । नेपाल विद्युत् प्राधिकरणमा ३१ वर्ष काम गरेर स्वैच्छिक अवकास लिएका उनी अहिले अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीमा आवद्ध छन् । सरकारी निकायमा काम गरेका राजभण्डारीसँग जलविद्युत् आयोजना निर्माणको लामो अनुभव छ । उनले निजी क्षेत्रमा पनि उतिकै कुशलपूर्वक जिम्मेवारी सम्हालेका छन् । सरकारी अनुभव,…


‘बेतन कर्णाली निर्माणबारे सरकारी निकायबीचकाे धारणा प्रष्ट हुन जरूरी छ’

कर्मचारी सञ्चय कोष देशको सबैभन्दा ठूलो गैरबैंकिङ वित्तीय संस्था हो । यसले अहिलेसम्म २ सय ५६ अर्ब रुपैयाँ पुँजी परिचालन गर्दै आएको छ । पछिल्लो करिब एक दशकदेखि कोषले जलविद्युत् विकासमा पनि लगानी गर्न सुरु गरेको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी तथा चिलिमे जलविद्युत् कम्पनीका ४ आयोजना…


‘जलविद्युत् उत्पादनमा निजी क्षेत्रले सरकारलाई उछिन्दैछ’

फलामे छड तथा प्लाष्टिकका भाँडा उत्पादनमा सफल पञ्चकन्या समूहले जलविद्युत् विकासमा पनि लगानी गर्न सुरु गरेको छ । यो समूहले स्थापना गरेको ‘पञ्चकन्या माई हाइड्रो पावर कम्पनी’ ले इलामको माई खोलामा १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ निर्माण गरिसक्यो । दुई आयोजना सफल निर्माण गरेर थप…


‘ठेकेदारले बदमासी गरे ठाउँको ठाउँ कारबाही हुन्छ’

सडक तथा भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुँदै भत्किने गरेका दर्जनौं उदाहरण छन् । करोडौं लगानी गरे पनि कम गुणस्तरका सडक निर्माण हुँदा राज्यलाई अर्बौं रुपैयाँ नोक्सान हुने गरेको छ । कालोपत्रे भएको केही समयमै सडक भत्किँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । देशमा अहिलेसम्म नमूना सडक निर्माण हुन सकेको छैनन्…


‘देशलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्र नै सक्षम छ’

विद्युत ऐन, २०४९ जारी भएपछि निजी क्षेत्रले जलविद्युत विकासमा लगानी गर्न सुरु गरेको हो । त्यसयता दर्जनौं आयोजना निर्माण भइसके । निजी क्षेत्रले हालसम्म करिब ४ सय ५१ मेगावाट विद्युत उत्पादन गरेको छ । जलविद्युत विकासमा सक्षम…


‘तामाकोसी–३ एनआरएनकै लगानीमा निर्माण गर्न प्रयास गर्छु’

भवन भट्ट जापान निवासी गैरआवासीय नेपाली (एनआरएन) हुन् । पुर्ख्याैली घर गोरखा भएका भट्टले एनआरएन संघको आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा उमेदवारी दिएका छन् । सोमबार संघको चुनाव हुँदैछ । उनले नेपालमा सञ्चार, पर्यटन, होटल, शिक्षालगायत क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो समय पूर्वाधार विकासमा पनि लगानी थपिरहेका छन् ।…


‘अब दीर्घकालीन विकासको ‘रोडम्याप’मा जानुपर्छ’

गोरखाको बुंकोटमा जन्मेका स्वर्णिम वाग्ले देशको नीति निर्माण गर्ने उच्च तह ‘राष्ट्रिय योजना आयोग’को नेतृत्वमा पुगेका छन् । उनको शैक्षिक यात्रा देशकै आकर्षक विद्यालय बूढानिलकण्ठ हुँदै लण्डन स्कुल अफ इकोनमिक्स र अमेरिकाको हार्वर्ड विश्वविद्यालयसम्म पुग्यो । हार्वर्डमा स्नातकोत्तर पूरा गरेपछि उनी विद्यावारिधि गर्न अष्ट्रेलियाकाे ‘अष्ट्रेलियन नेसनल युनिभर्सिटी’ पुगे । लण्डनमा…


‘निगम सक्षम भएमात्र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्छ’

निरन्तर घाटा बेहोर्दै आएको नेपाल आयल निगमले पछिल्ला वर्षमा नाफा कमाउन थालेको छ । निगमको आन्तरिक सुधार तथा व्यवस्थापन र तेलको मूल्य अन्तर्राष्ट्रियस्तर बजारमा घटेका कारण पनि परिणाम सकारात्मक देखिएको हो । नेपालको आयात भारतीय बजारमा निर्भर हुने र त्यहाँ घट्दा घट्ने तथा बढ्दा बढ्ने स्वचालित मूल्य प्रणाली कायम भएकाले…


‘टेक एन्ड पे, विद्युत खरिद सम्झाैता हट्छ’

जनार्दन शर्माले छोडेर गएको ऊर्जा मन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर शाही पुगेका छन् । तत्कालीन समस्या समाधानदेखि हिउँदको लोडसेडिङ न्यूनिकरण र दीर्घकालीन योजनाका काम गनुपर्ने दायित्व उनको काँधमा छ । शर्माले गरेका राम्रा काम निरन्तरता दिँदै गलत काम रोक्न वा सच्याउन सजिलो छैन । नेपाल विद्युत प्राधिकरण सुधार,…


‘निर्माण सकेको लामो समयसम्म प्रवर्द्धकले भुक्तानी दिँदैनन्’

जलविद्युत आयोजनाको सिभिल संरचना निर्माण गर्ने सक्षम कम्पनी मानिन्छ, हाई हिमालय हाइड्रो कन्सट्रक्सन । हिमाल हाइड्रोबाट अलग भएको समूह मिलेर स्थापना भएको कम्पनीले ८ जलविद्युत आयोजनामा काम गरिसकेको छ । कम्पनीले अहिले ७३ मेगावाटका ४ आयोजनामा काम गरिरहेको छ । १० मेगावाटको सिप्रिङ खोलाबाट काम सुरु गरेको कम्पनी भूमिगत संरचनामा…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7