advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

आइ सि टी

स्याङबोचे र डाँडाखर्कमा टेलिकमको जिएसएम सेवा

नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । विकट हिमाली जिल्ला मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते देखि सेवा…


विदेशबाट आउने अवैध फोन कलबारे सचेत रहन टेलिकमको अनुरोध

नेपाल टेलिकमले विदेशबाट आउने अवैध कलबारे सचेत रहन ग्राहकवर्गमा अनुरोध गरेको छ । टेलिकमको नम्बर देखिने गरी आएका अवैध फोन कलबाट ठगीका घटना बढीरहेकाले सचेत रहन अनुरोध गरिएको हो । केही दिन यता चिठ्ठा परेको प्रलोभनका फोनकल आइरहेकाले यस्ता कल नियन्त्रणका लागि सक्रियता बढाएको टेलिकमले जनाएको छ ।


मुस्ताङको लोमान्थाङमा टेलिकमको थ्रिजी सेवा सुरु

नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । समुन्द्री सतहबाट ३ हजार ८ सय मिटर अग्लो स्थानमा थ्रिजी बिटिएस राखेर सेवा सञ्चालन गरिएको हो । थ्रिजी सेवा सञ्चालन गर्न मुक्तिक्षेत्र गाउँपालिकाको घिउलाडाँडामा रिपिटर स्टेशन राखेर माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको टेलिकमले जनाएको छ । लोमान्थाङका सबै गाउँ…


४ जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट प्रविधिमार्फत टेलिकमको सेवा

नेपाल टेलिकमले मध्य तथा सुदुरपश्चिमका ४ जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट प्रविधिमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखी दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लामा सेवा सञ्चालनमा ल्याएको हो । निर्वाचनअघि हिमाली  तथा उच्च पहाडी जिल्लामा दुरसञ्चार सेवा सुचार गर्न सरकारले निर्देशन दिएको…


टेलिकमको प्रमोसनल अफरको समय ३ महिना थप

  नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको प्रमोसनल अफरको समय ३ महिना थप गरेको छ । जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलका ग्राहकले अफर रुचाएकाले माघ २४ गतेसम्म निरन्तरता दिइएको हो । टेलिकमले उपलब्ध गराएका प्रमोसनल अफर यस्ता छन् । १. अल टाइम डाटा प्याकेज अल टाएम डाटा प्याकेज अन्तर्गत जिएसएम…


सिन्धुपाल्चोक र काभ्रेका दुर्गम गाउँमा टेलिकमको जिएसएम मोबाइल सेवा

नेपाल टेलिकमले सिन्धुपाल्चोक र काभ्रेका दुर्गम गाउँमा जिएसएम मोबाइल सेवा सुरु गरेको छ । टेलिकमले लिसंखु पाखर गाउँपालिकाको वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर निर्माण गरेर सेवा सुरु गरेको हो । टावर निर्माण भई सञ्चालन भएपछि सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेको भुम्लुमा सेवा विस्तार भएको टेलिकमले जनाएको छ ।…


भूकम्प प्रभावित ४ जिल्लामा टेलिकमको निशुल्क इन्टरनेट सेवा

नेपाल टेलिकमले भूकम्प प्रभावित ४ जिल्लामा निशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले भूकम्प प्रभावित सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक र रसुवा जिल्लाका ५५ स्थानमा सेवा सञ्चालन गरेको हो । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधिमार्फत सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सेवा सुरु गरेको टेलकमले जनाएको छ ।


बाजुराको बाधु र बिच्छामा टेलिकमको जिएसएम मोबाइल सेवा सुरु

नेपाल टेलिकमले बाजुराको बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सुरु गरेको छ ।  कुनै सञ्चार सुविधा नपुगेका जिल्लाका विकट स्थानमा सोलार र भिस्याट प्रविधिको प्रयोग गरी बिटिएस टावर सञ्चालन गरेर सेवा सुरु गरिएको हो । बाधुमा गत असोज ३१ र बिच्छामा कात्तिक ७ गतेबाट सेवा सञ्चालनमा आएको टेलिकमले जनाएको छ…


तिहार र छठ पर्वको अवसरमा टेलिकमको छुट अफर

नेपाल टेलिकमले हिन्दुहरुको महान चाड तिहार र छट पर्वको अवसरमा विभिन्न छुट तथा अफर उपलब्ध गराउने भएको छ । कात्तिक १ देखि १५ गतेसम्म लागु हुने गरी टेलिकमको सेवामा छुट तथा अफर दिएको हो । टेलिकमले उपलब्ध गराएका छुट तथा अफर यस्ता छन्ः– १. रिचार्जमा बोनसःजिएसएम तथा सिडिएमए प्रिपेड सिम…


टेलिकमका टेलिफोन ग्राहक १ करोड ७६ लाख

नेपाल टेलिकमको टेलिफन सेवा लिने ग्राहकको संख्या १ करोड ७६ लाख २ हजार २ सय पुगेको छ । २०७३ असारसम्म १ करोड ५० लाख १५ हजार २६ ले सेवा लिएकामा एक वर्षको अवधिमा १६.२३ प्रतिशत वृद्धि भइ २५ लाख ८७ हजार १ सय ७६ ग्राहक थपिएका छन् । वितेको एक…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7