Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

आइ सि टी

नेपाल टेलिकम आफूले उपयोग गर्ने विद्युत आफैं उत्पादन गर्दै

काठमाडौं– नेपाल टेलिकमले आफूले उपयोग गर्ने विद्युत देशका विभिन्न ठाउँमा सोलार प्लान्ट राखेर आफैंले उत्पादन गर्ने योजना बनाएको छ । विद्युत प्राधिकरणकाे ग्रिडसँग सिंक्राेनाइज हुने गरी साेलार प्लान्ट राख्न नयाँ योजनामा महत्त्व दिइएको हो । टेलिकमले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रवाह गर्न ग्रिडको विद्युतसँगै सोलार र डिजेल जेनेरेटरसमेत प्रयोग गर्दै आएको छ ।…


विराटनगर क्षेत्रमा डेढ महिनादेखि ४ सय टेलिफोन लाइन अवरुद्ध

काठमाडौं– मोरङको विराटनगर क्षेत्रमा डेढ महिनादेखि नेपाल टेलिकमका ४ सय टेलिफोन लाइन अवरुद्ध भएका छन् । सहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिकामा भइरहेको सडक विस्तार तथा ढल व्यवस्थापन कार्यले टेलिफाेन लाइनमा समस्या आउँदा सेवा अवरुद्ध भएकाे हाे । मुख्य र भित्री सडक विस्तारसँगै ढल व्यवस्थापनकाे काम एकसाथ चलिरहेकाले ल्याण्ड लाइन सेवा…


टेलिकमको सेवामा छुटै छुट

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विभिन्न सेवामा छुट अफर प्रदान गरेको छ । टेलिकमले १५औं वार्षिकोत्सवको अवसरमा भ्वाइस कल र इन्टरनेट डाटामा छुट अफर दिएको हो । टेलिकमको मोबाइल एप्स डाउनलोड तथा विवरण दर्ता गर्न १ सय एमबी टाडा निशुल्क दिने भएको छ । यो छुट अफर मंगलबारबाट लागु भई…


टेलिकमको टेलिफोन सेवा लिने ग्राहक २ करोड १० लाख नाघे

काठमाडौं– नेपाल टेलिकमको टेलिफोन सेवा उपयोग गर्ने ग्राहकको संख्या २ करोड १० लाख ९८ हजार पुगेको छ । टेलिकमले स्थापना कालको १५ वर्ष अवधिमा ग्राहकको संख्या बढाएर २ करोड बढी पुर्याएको हो । यो टेलिकमको ल्याण्ड लाइन र मोबाइलबाट टेलिफोन सेवा लिने ग्राहकको संख्या हो । चालु वर्षको ५ महिना…


फोरजी सेवा विस्तार गर्न चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौं–फोरजी सेवा  देशभर विस्तार गर्न नेपाल टेलिकमले दुई कम्पनीसँग सम्झौता गरेको छ । टेलिकमले चीनको जेडटिई र सिसिएसआई हङकङसँग सम्झौता गरेको हो । संसदको अर्थ, विकास तथा प्रविधि समिति र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनपछि सेवा विस्तार गर्न आइतबार सम्झौता भएको हो । सार्वजनिक खरिद ऐन रआर्थिक विनियमावलीको…


टेलिकमले साढे १७ अर्ब मुनाफा कमायो, सेयरधनीलाई प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने

काठमाडौं– नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षमा साढे १७ अर्ब रुपैयाँ मुनाफा कमाएको छ । यो मुनाफा अघिल्लो आव (२०७३÷७४) को तुलनामा १३.७३ प्रतिशत बढी हो । कम्पनीले भ्वाइस तथा डाटा सेवाको महसुलमा ब्यापक कटौती गरेका कारण आम्दानी करिब ३९ अर्ब रुपैयाँ कायम रहेको जनाइएको छ ।…


वल्र्डलिंकलाई ‘आउटस्ट्यान्डिङ युजर अर्गनाइजेशन अवार्ड’

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स प्रालि अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) ले कम्पनीलाई सम्मान गरेको हो । जापानको टोकियोमा आयोजित गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्डलिंक सम्मानित भएको जनाइएको छ । असोसिओले वल्र्डलिंकलाई आउटस्ट्यान्डिङ युजर अर्गनाइजेशन अवार्डबाट सम्मान गरेको कम्पनीले जारी गरेको…


टेलिकमका ग्राहकले अब ५१२ केबिपिएस इन्ट्रानेट ब्याण्डविथ प्रयोग गर्न पाउने

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको २५६ केबिपिएस ब्याण्डविथ लिज लाइन अब स्वचालितरूपमा ५१२ केबिपिएस हुने भएको छ । आफू प्रतिस्पर्धी बन्न टेलिकमले सेवा स्तरोन्नती गर्न लागेको हो । टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।…


टेलिकमले चालु आर्थिक वर्षमा २७ लाख ३३ हजार टेलिफोन लाइन वितरण गर्ने

काठमाडौं-नेपाल टेलिकमले चालु आर्थिक वर्षमा २७ लाख ३३ हजार टेलिफोन लाइन थप गर्ने भएको छ । टेलिकमको भ्वाइस सेवा अन्तर्गत नयाँ लाइन वितरण गर्न लागिएको हो । सिडिएमए प्रविधिका ८१ हजार ६ सय २, पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गरिने…


टेलिकमका ग्राहक ३ करोड नाघे, अब पूर्वाधारमा लगानी बढाउने

काठमाडौं– आर्थिक वर्ष २०७४/७५ मा नेपाल टेलिकमका टेलिफोन र इन्टरनेट (डाटा) प्रयोग गर्ने ग्राहकको संख्या ३ करोडभन्दा बढी पुगेको छ । यो अघिल्लो आवको तुलनामा करिब ४४ लाख बढी हो । गत जेठसम्म टेलिफोनतर्फ १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ र इन्टरनेट ग्राहक आधार १ करोड ६…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्