विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयल निगमको मासिक घाटा १ अर्ब नाघ्यो, पेट्रोलियमको मूल्य फेरि बढ्ने संकेत

ऊर्जा खबर असोज ०१, २०७५ 691

काठमाडौं-  नेपाल आयल निगमको मासिक घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशन(आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएकाले निगमको घाटा पनि बढेको हो ।

आइओसीले आइतबार बढाएर पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४.४४ रुपैयाँ घाटा भएको निगमका निमित्त कार्यकारी निदैशक शुशिल भट्टराइले बताए । उनका अनुसार डिजेलमा प्रतिलिटर ५.१२ रुपैयाँ घाटा हुने भएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य आकाशिएकाले एनओसीको मूल्य सूची बढेर आएकाले निगमले पनि स्वचालित मूल्य लागु गर्नेबारे चाँडै निर्णय लिने भट्टराईले बताए । पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमुल्यनले पनि कारोबारमा नकारात्मक असर परेको उनले बताए ।

‘भारतले अन्तराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा डलरमा भुक्तानी गर्छ,’ उनले भने,‘आइओसीले डलरको दर अनुसार मूल्य बढाएर हामीलाई पठाउँदा घाटा थपिँदै गएको छ ।’

भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदासमेत सीमा नाका रक्सौलमा भन्दा नेपालमा पेट्रोल र डिजेलमा प्रतिलिटर ३१ रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ ।

अहिलेको मौजुदा मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, प्रतिलिसिन्डर ग्यासको मूल्य १४ सय रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="