Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

उपत्यकामा खानेपानी आपूर्ति बन्द हुने

ऊर्जा खबर/काठमाडौं माघ २१, २०७३   974

जलस्रोत



उपत्यकामा अहिले सडक विभाग, मेलम्ची खानेपानी, काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तार गरिरहेका छन् । अन्यभन्दा यो समस्या सडक विभागसँग जोडिएको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बताए ।

ad

‘उपत्यकाका दर्जनौं ठाउँमा सडक भत्काइएको छ, काम गर्दा साना मात्र होइन ठूला पाइप पनि फुटाइदिएका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘यो समस्या यथावत रहने हो भने अबको केही महिनामै घरघरमा पानी आपूर्ति हुन सक्दैन ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइप ओछ्याउन बाटो खन्नुपर्यो भने विभागलाई अग्रिम भुक्तानी दिनुपर्छ । तर, विभागले मनपरी पाइप बिगारेर छोड्ने गरेको सचिव उपाध्यायको आरोप छ । ‘हाम्रो ३१ करोड रुपैयाँभन्दा बढीको नोक्सान भइसकेको छ,’ उनले भने, ‘सडकले कि बनाइदिनुपर्यो नत्र बजेट उपलब्ध गराइदिनुपर्यो ।’

केयुकेएलले सडक भत्काएबापत ठाउँअनुसार प्रतिस्क्वायर मिटर २ हजार ५ सय देखि १० हजार रुपैयाँसम्म विभागलाई तिर्ने गरेको छ । तर, विभाग बिगारेका पाइप व्यवस्था गर्न सधैं बेवास्ता गर्दै आएको मन्त्रालयको दाबी छ ।

एक साताभित्र आवश्यक बजेट उपलब्ध नभए सर्वसाधारणका घरमा पानी आपूर्ति बन्द हुने उपाध्यायले चेतावनी दिए । उनका अनुसार यसको जिम्मेवारी मन्त्रालय तथा केयुकेएलले लिने छैन । बेवारिस अवस्थाका पानी वितरण पाइप व्यवस्था नगरे मेलम्ची त टाढाको कुरा अहिले घरघरमा आइरहेको पानी समेत बन्द हुने अवस्था देखिएको छ ।

अर्बौं रुपैयाँको सडक आयोजना सञ्चालन गर्दा खानेपानीका पाइप बेवारिसे बनाइदिने सडक विभाग, महानगरपालिका तथा सरोकारवाला निकाय गैरजिम्मेवार बन्ने गरेको सचिव उपाध्यायको भनाइ छ । उनका अनुसार अहिले बबरमहल, टोखा, त्रिपुरेश्वर–कलंकी, चक्रपथ, कीर्तिपुरलगायत दर्जनौं ठाउँमा सडक खन्दा खानेपानीका पाइप बिगारेर छोडिएको छ ।

मेलम्ची खानेपानी आयोजना (पाइपलाइन विस्तार तथा पानी वितरण)–२ ले उपत्यकामा पानी वितरण गर्न ६ सय ७० किलोमिटर पाइपलाइन विस्तार गरिरहेको छ । पाइप ओछ्याउन विभिन्न ठाउँमा सडक खनिएको छ । यही कारणले विद्यमान वितरण पाइप फुटेका छन् भने सडक धुलाम्मे हुने गरेको छ ।

उपत्यका विकास प्राधिकरणले सडक चौडा बनाइरहेकाले अझै २ सय किलोमिटर सडक विस्तार गर्न भत्काउन पर्ने आयुक्त तिवारीले बताए । ‘यो क्रममा खानेपानीका पाइप फुट्ने, बिग्रने वा नष्ट हुने अवस्था आउँछ,’ उनले भने, ‘सरोकारवाला निकाय सबैले यसको जिम्मेवारी लिनुपर्छ ।’

प्रदुषण कम गर्न निर्देशन

संसदको विकास समितिले उपत्यकामा सडक विस्तारका क्रममा भइरहेको बढ्दो प्रदुषण रोक्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैंकले यस्तो निर्देशन दिएको हो ।
मेलम्चीको पानी घरघरमा पुर्याउन पाइप ओछ्याउन सडक खनिएको तर पुनर्निर्माण÷मर्मतले गति लिन नसकेको समितिका सभापति रविन्द्र अधिकारीले बताए । काठमाडौँ उपत्यका अत्याधिक प्रदुषित भएको छ, उपत्यका विकास प्राधिकरण, सडक विभागलगायत निकायबीब समन्वय एवं सहकार्य हुन नसकेको देखियो,’ उनले भने, खनेका सडक मर्मत÷संभार गर्न कार्ययोजना, कार्यतालिका र समय सीमा निर्धारण गरेर काम गर्नुपर्यो ।
जमिनको सतहमा असर नपर्ने गरी पाइप ओछ्याउने प्रविधि भित्र्याउनुपर्नेमा पनि समितिले जोड दिएको छ । यसो हुँदा तत्काल समस्या देखिए पनि दीर्घकालीन समस्या समाधान गर्न सकिने देखिएको छ । साथै तत्काल धुलोको प्रदुषण कम गर्न कम गर्न नियमित पानी छर्किने, उपलब्ध ब्रुमर मेसिनको नियमित प्रयोग गर्न पनि समितिले मेलम्ची खानेपानी आयोजना–२ लाई निर्देशन दिएको छ । उपत्यकाको सफाइ गर्न आवश्यक ब्रुमर मेसिन छिटो खरिद गरी प्रयोगमा ल्याउन काठमाडौँ महानगरपालिकालाई समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="