विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

उफ ! कोटेश्वरको जाम (फोटो फिचर)

ऊर्जा खबर/काठमाडौं श्रावण १६, २०७५ 4038

अरनिको राजमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका काटेश्वरमा दैनिक हुने ट्राफिक जामले सर्वसाधारण यात्रुले हैरानी खेपिरहेका छन् । तीनकुने–सूर्यविनायक सडक खण्ड ६ लेन भए पनि सवारी चाप बढेसँगै काटेश्वर अस्तव्यस्त हुने गरेको छ ।

बढ्दो सवारी चाप व्यवस्थापन गर्न जडिबुटीदेखि काटेश्वरसम्म सर्भिस ट्रयाक खोल्नुको विकल्प नरहेको सांसद महेश बस्नेतले बताए । तर, यसमा अहिलेसम्म केही काम सुरु भएको छैन ।

सडक विभागले मुनिभैरवदेखि मनहरा खोलासम्म वैकल्पिक मार्ग निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । वैकल्पिक मार्ग (अन्डरपास) निर्माण गर्न जापानसँग आग्रह गरिएको विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय श्रेष्ठले बताए ।
विभागका अनुसार अध्ययन प्रतिवेदन आउनासाथ काम सुरु हुन्छ । कोटेश्वरमा अन्डरपास वा आकाशे पुल निर्माण गरे सवारी चाप व्यवस्थापनमा केही मद्दत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="