Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एक मेगावाट सोलारलाई उत्पादन अनुमतिपत्र

काठमाडौ÷उर्जा खबर माघ १३, २०७३   392

नवीकरणीय ऊर्जा



विद्युत विकास विभागले सूर्य पावर कम्पनी लिमिटेडद्धारा

प्रवर्द्धन विष्णुप्रिया सोलार फार्म योजनालाई सौर्य उर्जा (सोलार) मार्फत एक मेगावाट उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ ।

ad

उर्जा संकट समाधानका तत्काल विद्युत उत्पादन सक्ने भएकोले सो सोलारलाई उत्पादन लाइसेन्स दिएको हो । सोलारमार्फत धेरे जलविद्युत उत्पादन गर्ने चर्चा चलेपनि सो कम्पनीले पहिलोपटक उत्पादन लाइसेन्स लिएको हो ।

विभागका अनुसार, साउनपछि मात्र २६ सोलार आयोजनाले सर्भेक्षण अनुमतिपत्रका लागि आवेदन दिईसकेका छन् । हालसम्म १ सय ६१ मेगावाट उत्पादन गर्ने गरी विभागमा २९ आयोजनाले सर्भेक्षण अनुमतिपत्र लिएपनि उत्पादन अनुमति भने विष्णुप्रियाले मात्र लिएको हो ।नवलपरासीमा रहेको एक पेप मिल्समा विजुली उपयोग गरेर बाँकी रहेको विजुली नेपाल विद्युत प्राधिकरणलाई बेच्ने कम्पनीले जनाएको छ । विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट समेत भैसकेको छ । सोलार आयोजना आगामी तीन महिनाभित्रै पुरा गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="