Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एडिबीले १३० विद्यालयमा सोलार जडान गरिदिने

ऊर्जा खबर भदौ २६, २०७५   2194

बैंक



काठमाडौं– ३ वर्षअघि गएको विनाशकारी भूकम्पबाट प्रभावित भएका विद्यालय पुनर्निर्माण गर्न एसियाली विकास बैंक (एडिबी) ले १६ करोड अमेरिकी डलर सहयोग प्रदान गर्ने पक्का भएको छ । एडिबी सञ्चालक समितिले सहयोग उपलब्ध गराउने विषय स्वीकृत गरेपछि सहयोग पक्का भएको हो ।

सहयोगअन्तर्गत आधुनिक उपकरणयुक्त विज्ञान प्रयोगशाला, सूचना तथा सञ्चार, प्रविधि कक्ष, पुस्तकालय, खानेपानी तथा सरसफाइ लगायत पक्षको विकास हुने एडिबीको अनुमान छ । यस्तै, १ सय ३० विद्यालयमा अफ ग्रिड र ग्रिड सोलार जडान हुनेछ ।

एडिबीका अनुसार भूकम्पप्रभावित ३ प्रदेशका विद्यालय पुनर्निर्माणमा उक्त रकम खर्च हुनेछ । ‘रकम विद्यालय पुनर्निर्माण गर्न अभाव हुने खर्च पूर्ति गर्न सरकारलाई सहयोगी हुनेछ,’ एडिबीका आवासीय निर्देशक मुख्तोर हामुद खानोभले भने, ‘नयाँ निर्माण हुने विद्यालय भूकम्पप्रतिरोधी मात्र हुँदैनन्, विद्यार्थीले सुरक्षितरूपमा अध्ययन गर्ने वातावरणमैत्री पनि हुनेछन् ।’

नेपालले जलवायु असर तथा बाढी, पहिरो र भूक्षयजस्ता प्रकृतिक प्रकोपमात्र झेलेको छैन, सन् १९९० देखि अहिलेसम्म ठूला ४ भूकम्पको सामना पनि गर्नु परेको एडिबीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २०७२ सालको भूकम्पमा ८ हजार ७ सयको ज्यान गएको थियो ।

यसैगरी, २२ हजार ३ सय व्यक्ति घाइते भएका थिए भने ७ हजार ८ सय विद्यालय पूर्णरूपमा क्षति भएका थिए । यसबाट ८० लाख परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

भूकम्पबाट प्रभावित विद्यालयको पुनर्निर्माण गर्न सरकारले आर्थिक अभाव झेलिरहेको पनि एडिबीले जनाएको छ । भूकम्पबाट २ हजार २ सय विद्यालय पूर्णरूपमा भत्केका थिए । थप ३ हजार ५ सय विद्यालयमा आंशिक क्षति पुगेको छ ।

एडिबीले उपलब्ध गराएको सहयोगबाट पूर्णरूपमा क्षति भएका १ सय ७४ विद्यालयको पुनर्निर्माण हुने एडिबीको विश्वास छ । यसबाट गुणस्तरीय शिक्षामा सुधार, शिक्षामा पहुँच तथा विद्यालय व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="