Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘एनएमबी तलब खाता’ मा आकर्षण बढ्दै

ऊर्जा खबर भदौ २६, २०७५   994

बैंक



काठमाडौं– सरकारी सेवामा रहेका तलबी कर्मचारीलाई लक्षित गर्दै सर्वाधिक ब्याज दिने गरी ल्याइएको ‘एनएमबी तलब खाता’ मा आकर्षण बढ्दै गएको छ । यस योजनामा हरेक दिन खाता खोल्नेको संख्या बढिरहेको छ ।

७ प्रतिशत ब्याज प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधा  निशुल्क उपलब्ध गराएको छ । जसमध्ये एनएमबी डिलाइट कार्ड पनि हो । यसबाट खातावालाले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने र ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा छ ।

‘नेपाल सरकारका हरेक कर्मचारीको एक तलब खाता’ हुनपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य गरिएको थियो । योसँगै सर्वश्रेष्ठ सुविधा सम्पत्र तलब खाता ल्याउने एनएमबी पहिलो बैंक हो । यस प्रकारको खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

‘भविष्यमा यस्तै सुविधायुक्त सेवा ल्याउन थप हौसला मिलेको छ,’ उनले भने, ‘हामी बैंकलाई बजारमा उत्कृष्ट सेवा प्रदायकको रूपमा स्थापित गर्ने योजनामा छौं ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="