Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

औद्योगिक कोरिडोरमा ८ घन्टा लोडसेडिङ

ऊर्जा खबर/काठमाडौं माघ ०२, २०७३   657

खबर



Loodseding jpgनेपाल विद्युत प्राधिकरणले उपत्यकालगायत देशका अधिकांश ठाउँमा विद्युत कटौती कम गरे पनि आधा दर्जन औद्योगिक कोरिडोरमा दैनिक ८ घन्टासम्म लोडसेडिङ गर्दै आएको छ ।

भोल्टेज उतारचढाव र घरेलु ग्राहकसम्म विद्युत उपलब्ध गराउनु पर्दा औद्योगिक कोरिडोरमा विद्युत कटौती गरिएको हो । प्राधिकरणका अनुसार भरतपुर, बुटवल, वीरगन्ज, सिमरा, लमहीलगायत औद्योगिक क्षेत्रमा दैनिक ८ घन्टासम्म लोडसेडिङ भएको छ ।

ad

उद्योगहरूमा अहिले लोडसेडिङ भए पनि भारतबाट थप विद्युत आएपछि सुधार हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘डिएम लाइनमा पर्ने उद्योगलाई तीन लटमा बाँडेर हरेक समूहमा ७÷८ घन्टा लोडसेडिङ छ,’ उनले भने, ‘उपत्यकाबाहिरका घरेलु ग्राहकले भने दैनिक ३ घन्टासम्म लोडसेडिङ भोग्नु परेको छ ।’

त्योभन्दा बढी कुनै ठाउँमा लोडसेडिङ नभएको प्रवक्ता अधिकारीले प्रस्ट पारे । प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार उच्च माग हुँदा ३ सय ९० मेगावाटबराबर विद्युत कटौती गरिएको छ । यस्तै, उच्च माग करिब १ हजार २ सय मेगावाट छ । हेटौंडादेखि पश्चिम लमहीसम्म लोड मिलाउन केही समस्या रहेको केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्राधिकरणले अहिले ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनबाट १ सय २० मेगावाटसहित ३ सय ५० मेगावाट विद्युत आयात गरिरहेको छ । केही समयभित्रै ढल्केबरबाटै थप ४० मेगावाट आयातको तयारी भइरहेको श्रेष्ठले बताए ।

रक्सोल–परवानीपुर १३२ केभी लाइनबाट समेत ५० मेगावाट ल्याउने तयारी भइरहेको छ । उक्त परिमाणको विद्युत आयातपछि अहिलेको लोडसेडिङमा थप सुधार आउने प्राधिकरणको दाबी छ । भारतबाट आयातित विद्युत काठमाडौं ल्याउन नसके पनि दुहबी र विराटनगर औद्योगिक करिडोरमा प्रवाह भएको छ ।

‘गत वर्षजस्तै काठमाडौंबाट पूर्व पठाउनुपर्ने विद्युत जोगिएकाले यहाँको लोड मिलाउन सजिलो भएको छ,’ केन्द्र प्रमुख श्रेष्ठले भने, ‘भारतबाट थप विद्युत आएपछि अहिले कटौती भएका औद्योगिक क्षेत्रमा समेत सुधार हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="