विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कान्ति लोकपथ अझै कन्तविजोग अवस्थामा, विष्फोट पदार्थ अभावले निर्माण प्रभावित

ऊर्जा खबर भदौ १७, २०७५ 2871

काठमाडौं– काठमाडौं–हेटौंडा छोटो दूरीबाट जोड्दै सडक जोडिएका ठाउँको आर्थिक विकासमा सुधार ल्याउने उद्देश्यले झन्डै ६० वर्षदेखि निर्माणाधीन कान्ति लोकपथको काम अहिले पनि भइरहेकै छ ।

सरकार तथा योजना कार्यान्वयन गर्ने सडक विभागको बेवास्ता ठेकेदारको मनोमानी र फितलो नियमनका कारण अहिलेसम्म सडक पूरा भएको छैन । हेटौंडा बुद्ध चोकसम्म करिब ९२ किलोमिटर भए पनि कान्ति ‘लोकपथ रोज प्रोजेक्ट’ ले ७९ किलोमिटर पूरा गर्ने जिम्मा पाएको छ ।

७९ किलोमिटरमध्ये १८ किलोमिटर अझै माटे (कच्चिी) अवस्थामै छ । सडकको आवश्यकता महसुस गरी सरकारले ट्र्याक खोलेको नै ६० वर्षभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म सडक चौडा बनाउने काम सकिएको छैन ।

तत्कालीन राजा महेन्द्रको पालामा सडकको ट्र्याक खन्न सुरु गरिएको थियो । पञ्चायती व्यवस्थाभरि नै सडकको कामले गति लिन सकेन । बहुदलीय व्यवस्थापछि राजाले सुरु गरेको सडक भन्दै कुनै सरकारले पनि प्राथमिकतामा राखेनन् ।

उपत्यकामा सवारी चाप बढ्दै र यहाँबाट बाहिर जाने सवारीका लागि वैकल्पिक मार्ग खोजी भएपछि मात्र लोकपथ प्राथमिकतामा परेको हो । यही पक्षलाई मनन् गरेर सरकारले २०६४ सालदेखि सडक स्तरोन्नती गर्न ‘आयोजना कार्यालय’ खोलेर काम सुरु गरेको आयोजनाका इन्जिनियर नरेन्द्र भट्टले बताए ।

‘सरकारले आर्थिक वर्ष २०७०/७१ देखि आयोजना पहिलो प्राथमिकताको सूचीमा राख्यो,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘यसपछि मात्र बहुवर्षीय ठेक्का गर्ने बाटो खुल्यो । र, कामले गति लियो ।’

भट्टका अनुसार गत आवमा २० किलोमिटर सडक कालोपत्रे गरिएको छ । अहिलेसम्म ४१ किलोमिटर ग्राभेल भएको छ । वर्षाका कारण ग्राभेल सडक कालोपत्रे गर्न समस्या भएको उनले बताए ।

ट्र्याक खोलिएको अवस्थामै रहेको १८ किलोमिटरमध्ये ललितपुरमा २ र मकवानपुरमा ०.६ किलोमिटर खण्डमा कडा चट्टान छ । यस खण्डमा विष्फोटक पदार्थको सहयोगमा ‘ब्लास्ट’ गरी चोडा बनाउनुपर्ने छ । तर, समयमा विष्फोटक पदार्थ प्राप्त हुन नसकेको पनि भट्टले जानकारी दिए ।

आयोजनाले २०७२ चैतदेखि नेपाली सेनासँग विष्फोट पदार्थ उपलब्ध गराइदिन आग्रह गरेको हो । त्यतिबेलादेखि प्रक्रिया सुरु भए पनि अहिलेसम्म प्राप्त भएको छैन । यही कारण बाँकी खण्डको काम गर्न समस्या रहेको इन्जिनियर भट्टको भनाइ छ । चालू अावकाे अन्त्यसम्म अायाेजनाकाे सबै काम पूरा हुने उनले बताए ।

ठेकेदारको लापरबाही

सरकारले नै बेवास्ता गरेको सडकको काममा ठेकेदारको लापरबाही छ । ललितपुरको टिकाभैरवदेखि मकवानपुरको बुद्धचोकसम्म १४ वटा ठेक्का लगाएर काम सुरु गरिएको थियो । अहिलेसम्म ५ वटा ठेक्काको काम पूरा भएको छ ।

बाँकी ९ ठेक्काको काममा ठेकेदारले लापरबाही गर्दै आएको स्थानीयको गुनासो छ । ठेकेदारले काम गर्नुभन्दा ढुंगा बालुवा उत्खनन गरेर व्यवसाय गर्न थालेको स्थानीयको आरोप छ ।

टिकाभैरव–तीनपाने भन्ज्याङ र तीनपाने भन्ज्याङ–देवी साँध खण्डमा वर्षामा निरन्तर पहिरो जाने हुँदा पनि काम गर्न समस्या भएको बताइएको छ । यस खण्डमा ठेक्का पाएको गोल्डेन गुड जेभी र दिवा हनुमान कन्स्ट्रक्सनले योजना अनुसार काम गरिरहेका छैनन् ।

यस खण्ड नजिक क्रसर उद्योग रहेकाले उक्त ठेकेदार ढुंगा र गिट्टी बढी निस्कने ठाउँमा मात्र काम गर्ने गरेको पनि स्थानीयको आरोप छ । स्थानीय केशर लामाका अनुसार उनीहरूले ढुंगा तथा गिट्टी निकालेर क्रसरमा बेच्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="