विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

काष्ठमण्डप काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्ने

ऊर्जा खबर भदौ ३१, २०७५ 292

काठमाडौं– लामो समयदेखि विचाराधीन काष्ठमण्डप पुनर्निमार्ण काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । शुक्रबार बसेको काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले पुनर्निर्माणको जिम्मा महानगरपालिकालाई दिएको हो ।

यसका लागि आवश्यक रकम महानगरपालिकाले नै उपलब्ध गराउने भएको छ । यस्तै, पुनर्निर्माणमा प्राविधिक सहयोगको जिम्मा पुरातत्त्व विभागले लिएको छ ।

समितिले २०७६ असार मसान्तभित्र काष्ठमण्डप पहिलो तल्ला पुनर्निर्माण गर्ने गरी कार्ययोजना अघि बढाउने निर्णय पनि गरेको छ । उता काम यथाशीघ्र अघि बढाउन पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्देशन दिएका छन् । साथै, पुनर्निर्माणको गुणस्तर कायम गर्न समय–समयमा निर्माण सामग्री प्रयोगशालामा परीक्षण गराउन पनि सुझाव दिएका छन् ।

पुनर्निर्माण अघि बढाउन पुरानो डिएसपी कार्यालय रहेको स्थानमा काठको वर्कसप सञ्चालन भएको र इन्द्रजात्रालगत्तै अर्को ठूलो वर्कसप राख्ने समितिका संयोजक एवं प्रदेश ३ का सांसद राजेश शाक्यले बताए । उनका अनुसार पुनर्निर्माणमा प्रयोग गरिने सामग्री परीक्षण गरिएको र आगामी दिनमा युनेस्को र पुरातत्त्व विभागको मापदण्डअनुसार काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="