विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कुर्था–जयनगर रेल आउँदो कात्तिकदेखि सञ्चालनमा

जीवन बस्नेत मङि्सर २४, २०७४ 1883

नेपालको कुर्था (जनकपुरदेखि ५ किलोमिटर पश्चिम) देखि भारतको जयनगरसम्म कात्तिक ०७५ देखि रेल गुड्ने भएको छ । यही फागुनदेखि सञ्चालनमा ल्याउने तयारी भए पनि ट्र्याक निर्माणलगातयका काम पूरा नहुँदा तोकिएको समयभन्दा ८ महिना ढिला गरी रेल सञ्चालन गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको हो ।

‘अन्तरदेशीय रेलमार्ग सञ्चालनअन्तर्गत पहिलो चरणमा निर्माणाधीन कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ,’ रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने । सन् २०१२ सम्म सञ्चालनमा रहेको जनकपुर–जयनगर (३० किलोमिटर) रेल ६ वर्षपछि पुनः सञ्चालन गर्ने तयारी भएको हो ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ०७४ फागुनभित्र जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको थियो । तर, काम गर्दै जाँदा सो अवधिमा रेल सञ्चालन गर्न नसकिने भएपछि नयाँ मिति निर्धारण गरिएको विभागका महानिर्देशक अनन्त आचार्यले बताए । रेलमार्ग (ट्र्याक)का लागि आवश्यक रेल निर्माणस्थलमा पुगे पनि स्लिपर अझै पुगेको छैन । १८ मंसिरमा (सोमबार) मात्र उक्त स्लिपर ल्याउन अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । उक्त पत्र भन्सार कार्यालय पुगेपछि मात्र स्लिपर निर्माणस्थलमा पु¥याउने क्रम सुरु हुनेछ । रेलमार्गमा स्लिपर रेलभन्दा तल राखिने वस्तु हो भने रेलगाडीले टेकेर हिँड्ने ठाउँ रेल हो । त्यस्तै, रेल गुड्ने पूरै संरचनालाई ट्र्याक भनिन्छ ।

विद्युत्लाई अन्डरग्राउन्ड गरिने

सो क्षेत्रमा पर्ने विद्युतीय खम्बालाई हटाई जमिनमुनि (अन्डरग्राउन्ड) विद्युत् लगिने तयारी भइरहेको छ । रेलमार्गको छेउमा राख्दा रेलले छुने भएकाले जमिनमुनिबाट विद्युत् लैजानुपर्नेछ । टावर बनाएर अग्लो बनाए मात्र रेलले नछुने हुन्छ । सोही कारण जमिनमुनिबाट विद्युत् लैजाने गरी नेपाल विद्युत् प्राविधकरणसँग विषय अगाडि बढाइएको महानिर्देशक आचार्यले जानकारी दिए ।

जनकपुरको रेल स्टेसन कुर्थामा सारिने

रेल सञ्चालनमा ल्याउने नयाँ मिति तोकिएसँगै जनकपुरमा रहेको रेल स्टेसन रहने ठाउँ पनि परिवर्तन हुने भएको छ । यसअघि जनकपुरमा रहेको स्टेसनलाई ५ किलोमिटर पश्चिम कुर्था पु¥याइने भएको छ । जयनगरदेखि कुर्थासम्मको दूरी ३५ किलोमिटर रहेको छ । जयनगरदेखि जनकपुरको लम्बाइ भने ३० किलोमिटर मात्र छ । जनकपुरमा स्थान अभाव र उपलब्ध ठाउँ पनि सानो भएकाले ५ किलोमिटर पश्चिम कुर्थामा रेल स्टेसन निर्माण गरिएको हो । जनकपुरमा यात्रु चढ्न र ओर्लिन रेल रोकिने (हाल्ट) ठाउँका रूपमा मात्र प्रयोग गरिनेछ । रेल स्टेसनमा प्राप्त हुने सुविधा कुर्थामा हुनेछन् । कुर्थापछिको १७ किलोमिटरमा बिजलपुरा पर्छ ।

जयनगरदेखि बिजलपुरासम्म ब्रोड गेजमा स्तरोन्नति

करिब ७० वर्षअघि नै अंग्रेजका पालामा बनेको जयनगरदेखि बिजलपुरासम्मको ५२ किलोमिटरमा ‘न्यारो गेज रेल ट्र्याक’ थियो । उक्त पुरानो ट्र्याकलाई अहिले ब्रोड गेजमा स्तरोन्नति गरिँदै छ । अन्तरदेशीय रेलमार्गअन्तर्गत बिजलपुरादेखि थप गरिएको बर्दिबाससम्मको १७ किलोमिटर लम्बाइमा भने पूर्ण रूपमा नया“ रेलमार्ग निर्माण गरिँदै छ । जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरमा रेल सञ्चालन भएपछि क्रमशः थप दूरीमा रेल सञ्चालन गरिने योजना छ ।

जयनगर–बर्दिबास रेलमार्ग निर्माणमा १० अर्ब खर्च

जयनगरदेखि बर्दिबाससम्मको ६९ किलोमिटर लम्बाइको रेलर्माग निर्माण गर्न १० अर्ब रुपैयाँ (६ सय ५० करोड भारु) खर्च हुने विस्तृत अध्ययनले देखाएको छ । भारतले सम्पूर्ण पूर्वाधार निर्माण गरिदिने भएकाले लागत थप भएमा पनि भारतीय रेल मन्त्रालयले व्यहोर्नुपर्नेछ । अहिले दुईवटा प्याकेज बनाएर सिभिल इन्जिनियरिङको काम भइरहेको छ । जसमा दुवै प्याकेजबराबर ९६ करोड रुपैयाँ (६० करोड भारु) गरी १ अर्ब ९२ करोड रुपैयाँ (१ सय २० करोड भारु) मा काम भइरहेको छ । ट्र्याकमा रहने स्लिपर भारतीय रेल मन्त्रालयले सीधै खरिद गरेर पठाउनेछ । त्यस्तै, अहिलेसम्म रेल पठाइसकेको छ । त्यो सबै काम भारतले गर्ने भएकाले नेपाली पक्षलाई खर्चको विस्तृत जानकारीसमेत नहुने अधिकारीहरूको भनाइ छ ।

किन ढिलाइ ?

पहिलो कारण : प्रक्रियागत ढिलाइ

भारतीय रेल मन्त्रालयले (निर्माण कम्पनीको तर्फबाट) पठाएको रेलमार्ग निर्माण गर्न आवश्यक सामानको सूची (मास्टर लिस्ट) स्वीकृत गर्न नेपाली पक्षले ढिलाइ गरेको छ । उक्त सूची स्वीकृत गर्न अर्थ मन्त्रालयले पटक–पटक गरी २ देखि ६ महिना लगाएकाले समयमा काम सम्पन्न गर्न कठिनाइ भएको भारतीय पक्षको भनाइ छ । अर्थ मन्त्रालय र भन्सार कार्यालयबाट सम्पूर्ण प्रक्रिया पूरा गरेर स्वीकृत गरिएको मास्टर लिस्टअनुसारको सामान ल्याउन ढिलाइ भएकाले तोकिएको समयमा रेल सञ्चालन गर्न नसकिएको महानिर्देशक आचार्यले बताए । भारतीय पक्षले बारम्बार गुनासो गर्ने गरेको रेल विभागका इन्जिनियरहरूको भनाइ छ ।

दोस्रो कारण : बिजुलीका खम्बा

रेल विभागले रेल ट्र्याक निर्माण ढिलाइ हुनुमा निर्माणाधीनस्थलमा बिजुलीका खम्बा (पोल)लाई मानेको छ । ‘ती खम्बा हटाउन नेपाल विद्युत् प्राधिकरण र मातहतका कार्यलयलाई बारम्बार ताकेता गरे पनि अझै पूर्ण रूपले खम्बा हटाइएको छैन,’ महानिर्देशक आचार्यले भने । उक्त रेलमार्ग रहने ठाउँमा करिब ५० वटा बिजुलीका पोल रहेकोमा अधिकांश अन्यत्र सारिए पनि अझै करिब ११ ठाउँको पोल सार्न सकिएको छैन ।

तेस्रो कारण : विविध

निर्माण सामग्री समयमै उपलब्ध हुन सकेको छैन । गिटी, ढुंगा, बालुवाजस्ता आधारभूत निर्माण कच्चा पदार्थ केही समय उपलब्ध हुने र फेरि प्राप्त गर्न कठिन हुने गरेको रेल विभागका अधिकारीहरूको भनाइ छ । त्यस्तै, जनकपुरको बजार क्षेत्रमा अहिले एसियाली विकास बैंकले ढल निर्माणकार्य अघि बढाएको छ । त्यसले पनि रेलको ट्र्याक निर्माणमा कठिनाइ हुँदा काममा ढिलाइ भइरहेको छ ।

अहिलेसम्म भएका काम

१) रेल स्टेसन भवन निर्माण सम्पन्न
२) कर्मचारी क्वार्टर निर्माण सम्पन्न
३) जयनगरदेखि कुर्थासम्मको निर्माणस्थलमा रेल
४) पुल निर्माण सम्पन्न हुने अवस्थामा
५) ट्र्याकबेड र स्ट्रक्चर निर्माण ९५ प्रतिशत सम्पन्न

स्राेत : नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="