Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कृषि उत्पादन बढाउन सिँचाई प्रवर्द्धन आवश्यकः मन्त्री पुन

ऊर्जा खबर चैत ०४, २०७५   383

जलस्रोत



काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हिमालदेखि तराईसम्मको कृषि उत्पादन बढाउन सिँचाइ प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । राजधानीमा जारी नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भूमिगत जलबाट सिँचाइ गर्न लिफ्टिङ प्रविधि उपयुक्त हुने जिकिर गरे । जलस्रोतको बहुउद्देश्य दिगो उपयोगिताको योजना बनाएर अघि बढ्नुपर्नेमा पुनले जोड दिए ।

पूर्व जलस्रोत मन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दीपक ज्ञवालीले जलश्रोतको भण्डारण क्षमता बढाउनका लागि भूमिगत जल, सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । उनले आकाशे पानीको संकलन गर्ने तथा पानी पोखरीको निर्माण गरी जलस्रोतको संरक्षण गर्नुपर्नेमा पनि जोड दिए ।

आइतबारबाट सुरु भएको मौसम सप्ताहमा सोमबार नेपालमा भुमिगत जलश्रोतको दिंगो व्यवस्थापनका चुनौती र अवसरबारेको गोष्ठी गरिएको छ । ‘कोही पछि नछुटुन’ ‘मेरो सूर्य, मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने नाराका दिइएको आगामी शनिबारसम्म चल्नेछ । कार्यक्रममा मंगलबार १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पानी र मौसमबारे अन्तरक्रिया गरिने भएको छ ।

७ गते बिहीबार स्नातक तह अध्ययनरत विद्यार्थीले गरेको जल तथा मौसम सम्बन्धि अनुसन्धानबारे छलफल गर्न बौद्धिक गोष्ठीको आयोजना हुनेछ । ८ गते शुक्रबार ‘विश्व पानी दिवस’ को अवसर पारेर गोष्ठीको आयोजना हुँदैछ ।

सप्ताहको अन्तिम दिन ९ गते शनिबार ‘विश्व मौसम दिवस’ को अवसरमा ‘मेरो सूर्य, मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने नारासहितको गोष्ठीको आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="