Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

ब्याजमा अनुदान दिएर जलविद्युतमा पुनर्कर्जाको अवधि बढाउनु पर्छ: महत

काठमाडौं— नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले बैंकको ब्याजमा अनुदान दिएर जलविद्युतमा पुनर्कर्जाको अवधि बढाउनु पर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले बुधबार गरेको ‘जलविद्युत आयोजनाहरुको अवस्था र लगानीमैत्री वातावरण’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘सरकारले गैर उत्पादनशिल क्षेत्रमा भइरहेको खर्च…


१३ उच्च कर्मचारीको सरुवा तथा पदस्थापन, कालीगण्डकी र मर्स्याङ्दीका प्रमुख फेरिए

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तह ७ देखि १० तहसम्मका १३ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । प्राधिकरणको मंगलबार (भदौ ३१ गते) को निर्णय अनुसार ती कर्मचारीको सरुवा, पदस्थापन तथा काज फिर्ता गरिएको हो । प्राधिकरण सेवा, सर्त विनियमावली, २०७५ को विनियम ४६ (१), ४८ र ४९ (घ) को…


५० नयाँ विद्युतीय बस थप्दै सुन्दर यातायात

काठमाडौं- सुन्दर यातायात कम्पनीले काठमाडौं उपत्यकामा थप ५० वटा विद्युतीय बस ल्याउने भएको छ । यसअघि ७ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको कम्पनीले संख्या बढाएर ५७ पुर्याउन लागेको हो । नयाँ विद्युतीय बस खरिद गर्न चीनको बिएके कम्पनीसँग सम्झौता भएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार अबको…


सञ्चय काेषकाे लगानी ३ खर्ब ३८ अर्ब पुग्यो

काठमाडौं - सरकारी, निजी तथा सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीकाे हितका लागि स्थापना भएकाे कर्मचारी सञ्चय कोषले विभिन्न क्षेत्रमा ३ खर्ब ३८ अर्ब रुपैयाँ लगानी गरेको छ । स्थापना भएको ५८ वर्षको  अवधिमा काेषले पूर्वाधार तथा जलविद्युत विकासमा उक्त लगानी गरेको हो । जलविद्युत आयोजनामा मात्रै कोषले २८ अर्ब १५ करोड…


७ प्रदेशमा स्वायत्त विद्युत वितरण संस्था खोलिने

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ७ वटै प्रदेशमा स्वायत्त विद्युत वितरण संस्था स्थापना गर्ने भएको छ । प्राधिकरणको सतप्रतिशत स्वामित्व रहने गरी स्वायत्त वितरण संस्था स्थापना गर्न लागिएको हो । संघीयता कार्यान्वयन गर्न सबै प्रदेशमा विद्युत वितरण गर्ने स्वायत्त संस्था स्थापना गरेर जिम्मेवारी तोक्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए…


जनकपुर क्षेत्रको विद्युत सेवा ६ घण्टा अवरुद्व

काठमाडौं– नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले जनकपु क्षेत्रको विद्युत सेवा ६ घण्टाका लागि बन्द गरेको छ । केन्द्रले मुजेलिया सबस्टेसनमा पावर ट्रान्सफर्मर अपग्रिड गर्नका लागि सेवा बन्द गरेको हो । सोमबार दिउसो १२ बजेदेखि महेन्द्र नगर र पिरही फिडरको विद्युत सेवा बन्द गरेर पावर ट्रान्सफर्मर अपग्रिडको काम सुरु गरेको…


डेढ लाख थ्रीफेज मिटर स्मार्ट बनाइने

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले देशभरमा जडान भएका डेढ लाख थ्रीफेज विद्युत मिटरलाई स्मार्ट बनाउने भएको छ । प्राधिकरणले १० देखि १५ केभी लोड लिने थ्रीफेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न लागेको हो । विद्युत चुहावट धेरै हुने, मिटर रिडरले गडबढी गर्ने जस्ता समस्या रहेकाले थ्रीफेज मिटरलाई स्मार्ट बनाउने तयारी गरेको…


विद्युत प्राधिकरण टुक्रयाउन पाइँदैन : जनार्दन भट्टराई

काठमाडौं– नेपाल विद्युत प्राधिकरण कर्मचारी सघंका अध्यक्ष जनार्दन भट्टराईले संस्था खण्डिकरण गर्न नहुने बताएका छन् । सरकारले नयाँ विद्युत ऐनमा प्राधिकरण टुक्र्याउने सहितका प्रावधान राखेको भन्दै उनले आपत्ति जनाएका हुन् । संघले आइतबार जारी गरेको विज्ञप्तिमा विद्युत ऐन परिमार्जन गर्ने नाममा प्राधकरणलाई बिखण्डन गर्ने प्रपञ्च रचिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख…


घरभेटीले मनपरी महसुल निर्धारण गरेर विद्युतको व्यापार गर्न मिल्दैन: कुलमान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घर बहालमा लगाउने घरभेटीले मनपरी महसुल उठाउन नपाउने बताएका छन् । उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिँदै बढी महसुल उठाउने घरभेटी शैलीकाे  बिराेध गरेका हुन् । ‘घरभेटीले विद्युतको व्यापार गर्न पाउने नियम छैन,’ उनले भने, ‘गुनासा धेरै आएका…


प्राधिकरणका १ सय ९६ कर्मचारीलाई नयाँ वितरण केन्द्रकाे जिम्मेवारी

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले १ सय ९६ कर्मचारीको नयाँ वितरण केन्द्रमा सरुवा गरेकाे छ । प्राधिकरणको गत भदौ २६ गतेको निर्णय अनुसार विभिन्न जिल्लामा खाेलिएका नयाँ वितरण केन्द्रमा सरुवा (खटाइएको) गरिएको हो । विभिन्न कार्यलयमा कार्यरत ७ देखि १ तहसम्मका कर्मचारीलाई नयाँ वितरण केन्द्रकाे जिम्मेवारीमा पठाइएको प्राधिकरणले जनाएको छ…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7