Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

सरुवामा विरोध नगर्न प्राधिकरणको आग्रह

नेपाल विद्युत प्राधिकरणले बुधबार भएको कर्मचारी सरुवाको विषयलाई लिएर विरोध नगर्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरेको छ । प्राधिकरणले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । सरुवा नियमित प्रक्रिया भएकाले आपत्ति जनाउनुपर्ने कारण नरहेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले…


माथिल्लो नौगाढमा लगानी जुट्यो

अपि पावर लिमिटेडले दार्चुला जिल्लामा निर्माण गरिरहेको ८ मेगावाटको माथिल्लो नौगाढ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन हुने भएको छ । नेपाल एसबिआइ र प्रभु बैंकले लगानी गर्ने आयोजनाका लागि दुवै बैंकसँग मंगलबार सम्झौता हुने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए । ‘सुदूरपश्चिममा अपि पावरले निर्माण गर्ने यो दोस्रो आयोजना हो, यसअघि…


विद्युत प्राधिकरणले ‘चार्ज’ गर्याे चपली सबस्टेसन

काठमाडौं उपत्यकाभित्र विद्युत वितरण र प्रसारण गर्न महत्त्वपूर्ण आधार मानिएको चपली सबस्टेसन सञ्चालन भएको छ । उक्त सबस्टेसन सोमबारदेखि ‘चार्ज’ भएको हो । १३२/११ केभी सबस्टेसनमा ३० एमभिएको ट्रान्सफर्मर जडान भएको र यो सोमबारदेखि चार्ज भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘चपलीमै १३२/६६ केभीमा ९९ एमभिएको ट्रान्सफर्मर जडान…


विद्युत चोरी गराउने गिरोह पक्राउ

वर्षौंदेखि विद्युत चोराएर लोडसेडिङ बढाउने तथा नेपाल विद्युत प्राधिकरणलाई अर्बौं रुपैयाँ आर्थिक नोक्सानी पुर्याउने १६ व्यक्तिलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । प्राधिकरणका १० कर्मचारी सहित विभिन्न उद्योग सञ्चालन गर्दै आएका १६ व्यक्तिलाई उक्त आरोपमा पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विद्युत मिटर बिगार्ने (अलर्ट गर्ने) प्राधिकरण…


जलविद्युतमा बैंकको ४५ अर्ब लगानी

नेपाल राष्ट्र बैंकले जलविद्युत विकासमा लगानी बढाउन सीमा निर्धारण गरेपछि अहिलेसम्म वित्तीय संस्थाले यो क्षेत्रमा करिब ४५ अर्ब लगानी गरेका छन् । जलविद्युत दीर्घकालीन लगानीको क्षेत्र भए पनि राष्ट्र बैंकको दबाबकै कारण बैंकहरूको लगानी बढेको हो । नेपाल राष्ट्र बैंकले जलविद्युत र कृषिमा कुल ऋणको १२ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने…


विद्युत महशुल वृद्धि गर्न आयोग समक्ष प्रस्ताव

विद्युत महसुल बढाएकाे ६ महिना नपुग्दै फेरि बढाउन महशुल निर्धारण आयोग समक्ष नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको छ । औद्योगिक क्षेत्र र सामुदायिक विद्युत उपयोग गर्ने ग्राहकको महशुल औसतमा २० प्रतिशतले वृद्धि गर्न आयोग समक्ष प्रस्ताव गरेको प्राधिकरण स्रोतले जनाएको छ । गत साउन महिनाबाट लागु हुने गरी औसतमा २० प्रतिशत…


१५ मेगावाटकाे हेवा ‘ए’ राष्ट्रिय प्रणालीमा

निजी क्षेत्रले निर्माण गरेको हेवाखोला ‘ए’ जलविद्युत आयोजनाको विद्युत शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । पाँचथरमा निर्माण भएको १४.९ मेगावाटको आयोजनाबाट उत्पादित विद्युत फिदिमस्थित १३२ केभी थापाटार सवस्टेसनमा जोडिएको पाँचचर पावर कम्पनीका निर्देशक वसन्तकुमार नेम्वाङले जानकारी दिए । नेम्वाङका…


विद्युत निर्यात गर्न ४८ खर्ब लगानी आवश्यक

नेपालले विद्युत उत्पादन गरेर भारत निर्यात गर्ने हो भने आगामी करिब ३० वर्षका लागि करिब ४८ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । ‘विकासका लागि एकीकृत अनुसन्धान तथा कार्ययोजना (इरादे)’ नामक भारतीय संस्थाले गरेको अध्ययनअनुसार सन् २०४५ सम्म नेपालको जलविद्युतमा उक्त लगानी आवश्यक…


कर्णाली र अरुणकाे अवरोध हटाउन समितिको निर्देशन

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले भारतीय लगानीमा निर्माण हुन लागेका ९/९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनामा देखिएको अबरोध हटाउन सरकारलाइ निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले दुवै  आयोजनाको वन क्षेत्रमा जग्गा अधिग्रहणमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको हो । वन मन्त्रालयले…


चाइना थ्रि गोर्जेजसँगको सम्झौता अनुमोदन

नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गोर्जेजको सहायक कम्पनी सिडब्लुइ कर्पोरेशनबीच भएको सम्झौता प्राधिकरण सञ्चालक समितिले अनुमोदन गरेको छ । प्राधिकरणको बुधबार बसेको बैठकले सम्झौता अनुमोदन गरेको हो । ७ सय ५० मेगावाट जलाशय आयोजना बनाउन गठन हुने ‘पश्चिम सेती हाइड्रो पावर कम्पनी’ का लागि सोमबार संयुक्त उपक्रम सम्झौता (जेभिए)…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्