Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

माथिल्लो खोरुङ्गा खोलामा बैंकको १ अर्ब लगानी

७.५ मेगावाटको माथिल्लो खोरुङ्गाखोला जलविद्युत आयोजनामा ३ वटा बैंकले लगानी गर्ने भएका छन । तेह्रथुम जिल्लाको खोरुङगाखोलामा निर्माण सुरु भएको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल बंगालादेश र जनता बैंकले १ अर्ब बराबरको ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन । आयोजना निर्माण गरिरहेको प्रबद्र्धक तेह्रथुम पावर कम्पनी र लगानी गर्ने ३…


जलविद्युतमा ३ अर्बको लगानी प्रतिवद्धता

सरकारले जलविद्युत आयोजनामा लगानी आव्हान गर्दै अनलाइनबाट प्रस्ताव मागेको १ महिनाको अबधीमा इच्छुक व्यक्ति,संस्था तथा निकायले ३ अर्ब ३ करोड ,३१ लाख ११ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् । ‘नेपालको पानी जनताको लगानी’ नारा दिएर ऊर्जा मन्त्रालयले सर्वसाधारणदेखि कम्पनी सम्मले जलविद्युतमा लगानी गर्न पाउने गरी गत पुष २५…


३ वर्षमा देश ऊर्जामा आत्मनिर्भर हुन्छःऊर्जा मन्त्री

ऊर्जा मन्त्री जनार्दन शर्माले ३ वर्षभित्रमा देश ऊर्जामा आत्मनिर्भर हुने बताएका छन । झापामा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने घैलाडुबा सवस्टेसनको सिलान्यास कार्यक्रममा पुगेका ऊर्जामन्त्री शर्माले हाल निर्माणमा रहेका र तत्काल निर्मणमा जानसक्ने आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिदा ऊर्जामाथिको परनिर्भरता कम भएर जाने बताए । ‘अहिले विद्युत कम खपत गरौं…


सानिमाले साढे ३ सय मेगावाट निर्माण गर्दै

जलविद्युत आयोजना निर्माणमा सफल बन्दै आएको सानिमा हाइड्रो पावर लिमिटेडले ३ सय ६७ मेगावाटभन्दा बढीका तीन आयोजना निर्माण प्रक्रिया अगाडी बढाएको छ । २ सय ८५ मेगावाटको तमोर, ५४ मेगावाट मध्यतमोर र रामेछापकोे लिखु खोलामा निर्माण हुने २८.१ मेगावाटको तल्लो लिखु निर्माण प्रक्रियामा…


प्रधानमन्त्रीद्वारा खिम्ती–ढल्केबर प्रसारण लाइन उदघाटन

खिम्ती–ढल्केबर२२०केभी प्रसारण लाइन विहिबारबाट औपचारिक रुपमा संचालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण सुरु भएको १४ वर्ष पछि गत माघ ४ गते चार्ज भएको यो प्रसारण लाइनको उदघाटन गरेर औपचारिक संचालन सुरु गरेका हुन । दोलखाको खिम्तीमा आयोजित उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले खिम्ती –ढल्केबर प्रसारण लाइन मुलुकको विकासका लागि…


माथिल्लो खोरुङ्गा खोलाको निर्माण सुरु

तेह्रथुम पावर कम्पनीले निर्माण गर्ने साढे सात मेगावाटको माथिल्लो खोरुङ्गाखोलाको काम सुरु भएको छ । आयोजना निर्माण गर्न बुधबार कम्पनीका अध्यक्ष भूपति श्रेष्ठ र सांसद भवानीप्रसाद खापुङले शिलन्यास गरेका हुन् । शिलन्यास कार्यक्रममा सांसद खापुङले आयोजना स्थानीयकै…


माथिल्लो अरुण निर्माण गर्न ‘कम्पनी’

नेपाल विद्युत प्राधिकरणले ३ सय ३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्न कम्पनी दर्ता गरेको छ । आफ्नो शतप्रतिशत स्वँपुजी (इक्विटी) रहने गरी कम्पनी दर्ता भएको हो । सहायक कम्पनीको रुपमा ‘अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी’ कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको प्राधिकरणले जानकारी दिएको छ । सस्तो तथा आकर्षक…


माथिल्लो सेतीको ठेक्का आह्वान

तनहुँ हाइड्राे पावर कम्पनीले एक सय ४० मेगावाटकाे जलाशय माथिल्लो सेती जलविद्युत आयोजनाको लट-१ र लट-२ काे निर्माण गर्न ठेक्का आह्वान गरेकाे छ । तनहुँ हाइड्रो पावर कम्पनीले लट–१ हेडवक्र्स र लट–२ हाइड्रो तथा इलेक्ट्रो मेकानिकल निर्माण गर्न…


आपूर्तिमध्ये झन्डै आधा बिजुली भारतबाट

नेपाल विद्युत प्राधिकरणले केन्द्रीय प्रणालीमा हाल जडित ९ सय २ मेगावाटमध्ये झन्डै आधा (४२ प्रतिशत) बिजुली भारतबाट आयात गरेको छ । तत्कालका लागि लोडसेडिङ अन्त्य गर्न उक्त परिमाणको बिजुली आयात गरिएको हो । प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार हाल भारतबाट ३ सय ८० मेगावाट आयात भइरहेको छ । यो सरकारी…


प्रधानमन्त्रीले खिम्ती–ढल्केबर उदघाटन गर्ने

निर्माण सुरु भएको झन्डै १४ वर्ष पछि पूरा भएको खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन । ऊर्जा मन्त्रालयले बिहीवार दिउँसो १२ बजे उदघाटन गर्ने कार्यक्रम तय गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्