Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

दोस्रो अन्तरदेशीय प्रसारण लाइनको लागत ११ अर्ब

काठमाडाैं- नेपाल–भारतबीच निर्माणाधीन न्यूबुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न करिब ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारु) अनुमान गरिएको छ । नेपाल–भारत संयुक्त अध्ययन टोलीले उक्त प्रसारण लाइन निर्माणको प्रारम्भिक लागतसहितको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’ तयार गरेको हो । विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्ने चरणमा…


काबेली ‘ए’ को निर्माण सुरु

विश्व बैंकको लगानी रहेकै कारण लामो समयदेखि अघि बढ्न नसकेको ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । बुटवल पावर कम्पनी (बिपिसी) ले निर्माण गर्ने आयोजनामा विश्व बैँकले ऋण सहयोग उपलब्ध गराएको छ । १० करोड २० लाख ८० हजार अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनाका लागि…


नेपाल–भारत संयुक्त समूहको बैठक सुरु

विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्ने क्रममा नेपाल–भारत संयुक्त कार्य समूह (जेडब्लूजी) को चौथो बैठक काठमाडौंमा सुरु भएको छ । सह–सचिवस्तरीय उक्त बैठक नेपालका तर्फबाट ऊर्जा मन्त्रालय नीति महाशाखा प्रमुख दिनेशकुमार घिमिरे र भारतका तर्फबाट केन्द्रीय विद्युत नियमन आयोगका अध्यक्ष आरके बर्माले गरेका छन् । बैठकमा ढल्केबर–मुजफ्फरपुर ४ सय केभी…


पश्चिम सेती चाँडै सुरु हुन्छ : मन्त्री शर्मा

ऊर्जा मन्त्री जनार्दन शर्माले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय आयोजनाको निर्माण छिट्टै सुरु हुने बताएका छन् । लोडसेडिङ न्यूनिकरण अभियानमा सुदूरपश्चिम पुगेका उनले सर्वसाधारणलाई आयोजना निर्माण हुने विश्वास दिलाएका हुन् । ‘यो आयोजना डोटी, बैतडी र डडेलधुराको सिमानामा बन्दैछ । यसले छिमेकी गाविस वा जिल्लामात्र नभई सिंगो सुदूरपश्चिमको…


सोलार बत्तीले बिचौर झिलिमिली

लमजुङ जिल्लाको पूर्वी बिचौर गाविसका ४ सय घरधुरीमा सोलार प्लान्ट जडानपपछि त्यो क्षेत्र झिलिमिली भएको छ । वातावरण तथा जलवायु परिवर्तन शाखा जिल्ला विकास समितिद्वारा वडा नं १ देखि ९ सम्मका ४ सय घरधुरीमा एक/एक थान सोलार जडान गरिएको छ । उक्त गाविसमा ६ वटा माइक्रो हाइड्रो भए पनि स्थानीयले पर्याप्त…


जलविद्युत कम्पनीको सिइओमा पोख्रेल

सरकारले जलविद्युत लगानी तथा विकास कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा छविराज पोख्रेललाई नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्री परिषद बैठकले गरिबी निवारण कोषका निमित्त कार्यकारी निर्देशक पोख्रेललाई ४ वर्षका लागि कम्पनीको सिइओ नियुक्त गरेको हो । सिभिल इन्जिनियरिङमा स्नातक तथा वाताबरण इन्जिनियरिङमा स्नातकोत्तर गरेका पोख्रलसँग लामो समय…


नेपाल भारत बैठकमा विद्युत आयात प्राथमिकता

नेपाल र भारतबीच हुन लागेको विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्न गठित सचिव र सह–सचिवस्तरीय संयन्त्रको बैठकमा विद्युत आयातको एजेन्डा मुख्य बनाउन लागिएको छ । आगामी फागुन २ र ३ गते काठमाडाैं हुन लागेको पिटिए कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति (जेएससी) र कार्य समूह (जेडब्लूजी) को चौथो बैठकमा विद्युत…


जलविद्युत उत्पादकले राष्ट्र बैंक गुहारे

जलविद्युत उत्पादनमा संलग्न निजी प्रवर्द्धकले बढ्दो बैंक ब्याज नियन्त्रण गरिदिन भन्दै नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छन् । ब्याज बढ्दै गएकाले जलविद्युत आयोजनाले ऋण तिर्न समस्या उत्पन्न हुने भन्दै अनुरोध गरेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को टोलीले बिहीबार राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई भेटी बढ्दो नियन्त्रण हुनुपर्ने…


‘नयाँ विद्युत ऐन’ ल्याउने प्रक्रिया राेकियाे

संशोधनको क्रममा थप विवाद भएपछि ऊर्जा मन्त्रालयले नयाँ विद्युत ऐन ल्याउने प्रक्रिया तत्कालका लागि रोकेको छ । मुलुक संघीय प्रणालीमा जाने क्रममा रहेकाले त्यहीअनुकूलको ऐन तयार गर्नुपर्ने भन्दै रोकिएको हो । जलविद्युत विकास नीति, २०५८ जारी भएलगत्तै ऐन ल्याउने प्रक्रिया सुरु भएको थियो । तर, झन्डै १५ वर्षसम्म संशोधनकै प्रक्रियामा…


माथिल्लो खोरुङ्गा खोलामा बैंकको १ अर्ब लगानी

७.५ मेगावाटको माथिल्लो खोरुङ्गाखोला जलविद्युत आयोजनामा ३ वटा बैंकले लगानी गर्ने भएका छन । तेह्रथुम जिल्लाको खोरुङगाखोलामा निर्माण सुरु भएको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल बंगालादेश र जनता बैंकले १ अर्ब बराबरको ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन । आयोजना निर्माण गरिरहेको प्रबद्र्धक तेह्रथुम पावर कम्पनी र लगानी गर्ने ३…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्