Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

अदालतको आदेशपछि अप्पर तामाकोसीको सञ्चालक छनोटको निर्वाचन रोकियो

काठमाडौं– उच्च अदालत पाटनले अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका नाममा जारी गरेको आदेशपछि सञ्चालक छनोट गर्न भोलि (मंगलबार) हुने भनिएको निर्वाचन रोकिने भएको छ । कम्पनी ऐनअनुसार निर्वाचन गराउनु भन्ने आदेशपछि सञ्चालक छनोट गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको हो । सञ्चालकमा आवेदन दिएकी गोसाईं केसीले आइतबार दायर गरेको मुद्दामा अदालतले सोमबार…


कर्मचारीलाई लगाम, कार्यालय समयभन्दा एक घन्टाअघि हाजिरी नगरे बिदा काटिने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले सुशासन तथा कर्मचारी व्यवस्थापनमा ध्यान दिँदै कार्यालय समयमा कडाई गर्ने निर्णय गरेको छ । कर्मचारीहरू समयमा नआउने र कार्यालय छुट्नुअघि नै हिँड्ने परिपाटी अन्त्य गर्न यसो गरिएको हो । कर्मचारी तोकिएको समयभन्दा ढिलो आए वा हाजिरी गरे त्यस्तो समय गणना गरी सुविधाको वा पाकेको एक दिन…


आइएमई जनरल इन्स्योेरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड पुग्यो

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी १ अर्ब २ करोेड ६ लाख पुगेको छ । आइतबार सम्पन्न भएको कम्पनीको २१ औ साभारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने पारित गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरि…


नेपाली सेनाले जाेगायाे हेटौंडा-परवानीपुर लाइनकाे २०४ नम्बर टावर

काठमाडौं- नेपाली सेनाले बाढीले पुर्याएको क्षतिले ढल्ने अवस्थामा पुगेको ६६ केभी हेटौंडा-परवानीपुर प्रसारण लाइनको २०४ नम्बर टावर जाेगाएकाे छ । खाेलाकाे बाढीले गरिरहेकाे तीव्र कटान राेकेर सेनाले टावर ढल्नबाट जाेगाएकाे हाे । सेनाले खाेलाकाे बहाव परिवर्तन गरेर कटान गरिरहेको भागमा अल्पकालिन संरक्षण गरेकाे नेपाल विद्युत प्राधिकरण हेटाैंडा ग्रिड महाशाखा उपप्रबन्धक मनोज…


बाढी पहिराेका कारण विद्युत माग घटेपछि भारतबाट आयात पनि घट्यो

काठमाडौं- केही दिनदेखिको अविरल वर्षाले नेपाल विद्युत प्राधिकरणको प्रसारण तथा वितरण प्रणाली प्रभावित हुँदा भारतबाट आयात हुने विद्युत परिमाण घटेको छ । वितरण प्रणालीको समस्याले माग घटेसँगै आयात पनि घटेको हो । सोमबार(आज) करिब १ सय ५० मेगावाट हाराहारीमा विद्युत आयात भइरहेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताए । उनका अनुसार…


कानुनी प्रक्रिया नपुर्याएको भन्दै अप्पर तामाकोसीविरुद्ध मुद्दा, साधारणसभा अन्याेलमा

काठमाडौं– कम्पनी ऐनअनुसार साधारणसभा गर्न प्रक्रिया नपुर्याएको भन्दै अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर भएको छ । सञ्चालकमा महिला कोटा अनिवार्य हुनुपर्ने मागसहित सञ्चालककी प्रत्यासी गासाईं केसीले हिजाे (आइतबार ) मुद्दा दायर गरेकी हुन् । कम्पनी ऐनको दफा ८६ को उपदफा (२) मा प्रत्येक पब्लिक कम्पनीमा…


कुलेखानीको जलभण्डार भरिँदै, आपतकालीन गेट खोल्ने तयारी

काठमाडौं– मकवानपुरस्थित मार्खुमा निर्माण भएको कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिने अवस्थामा पुगेको छ । केही दिनयता लगातार परेको पानीका कारण जलाशय भरिन लागेको हो । जलाशय भरिँदै गएको र यसले बाँधसमेत असर पार्ने देखिएपछि पानी निकास गर्न गेट खोल्ने तयारीमा लागेको कुलेखानी पहिलो जलविद्युत केन्द्र प्रमुख रामकुमार यादवले बताए ।…


माथिल्लो मादी र बागमतीको उत्पादन बन्द

काठमाडौं- अविरल वर्षासंगैको बाढी पहिराेले संरचनामा क्षति पुर्याउँदा ललितपुर र कास्कीमा सञ्चालित २ जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ । २५ मेगावाटको माथिल्लो मादी र २२ मेगावाटको बागमतीको उत्पादन बन्द भएको हो । माथिल्लो मादीको बाँध क्षेत्रमा पहिरो खसेर क्षति पुगेपछि उत्पादन बन्द भएको केन्द्र व्यवस्थापक रामराज कोइरालाले बताए…


ऐन मिच्दै आयोग पदाधिकारी, मनपरी गरेका पिपिएमा प्राधिकरणलाई उन्मुक्ति दिइँदै

काठमाडौं– विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले झन्डै डेढ वर्षसम्म गरेका विद्युत खरिद सम्झौता (पिपिए) लाई कानुनी वैधता नदिई त्यतिकै छोड्ने भएको छ । काम गर्ने आफ्नो अक्षमता लुकाउन आयोग पदाधिकारीले ‘ऐन’ समेत मिचेर अगाडि बढेका हुन् । आयोगले अहिले पिपिए सम्बन्धी नयाँ निर्देशिका तयार गरिरहेको छ । यो काम…


वर्षा र बाढीले विद्युतीय संरचनामा क्षति, दुर्गम गाउँ अन्धकार

काठमाडौं- मनसुन सक्रिय भएपछि केही दिनदेखिको अविरल वर्षाले नेपाल विद्युत प्राधिकरणको प्रसारण तथा वितरण लाइनका विद्युतीय संरचनामा क्षति पुर्याएको छ । वर्षा र बाढीले देशको पूर्वि तथा मध्य भागमा चालु अवस्थाका संरचनामा क्षति पुगेको हो । बाढीले ठाउँ–ठाउँमा वितरण लाइनका १ हजारभन्दा बढी विद्युतीय पोल ढालेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्