Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भारतबाट आयातित २० मेगावाट साेझै काठमाडाैं

धना ढकाल/काठमाडाैं माघ ०४, २०७३   714

खबर



energy-transmission

ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट आयात भएको बिजुली पहिलो पटक काठमाडौं ल्याइएको छ ।

ad

नेपाल विद्युत प्राधिकरणले उक्त विन्दुबाट ल्याएको १ सय २० मेगावाटमध्ये २० मेगावाट बिजुली काठमाडौं आपूर्ति भएको हो । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण पूरा भएपछि बिजुली काठमाडौं ल्याउन सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

निर्माण सुरु भएको १४ वर्षपछि खिम्ती–ढल्केबर लाइनको निर्माण पूरा भएको हो । यो लाइन सोमबार चार्ज भए पनि मंगलबार साँझ ६ बजेबाट काठमाडौंसम्म बिजुली आपूर्ति भएको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताए । ‘भारतबाट आयातित २० र खिम्ती जलविद्युत आयोजनाको ३६ गरी ५६ मेगावाट बिजुली खिम्ती–लामोसाँघु–काठमाडौं प्रसारण लाइनबाट आएको छ,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘माघ महिनासम्म काठमाडौं उपत्यकाको लोड मिलाउन यो पर्याप्त छ ।’

प्राधिकरणले भारतबाट गत वर्षदेखि नै बिजुली आयात बढाउँदै आए पनि काठमाडौंसम्म ल्याउने माध्यम थिएन । खिम्ती–ढल्केबर र हेटौंडा–कुलेखानी–मातातीर्थ–स्यूचाटार लाइनबाट मात्र भारतबाट आयातित बिजुली काठमाडौं ल्याउन सकिन्छ । ती लाइनको काम नसकिँदा विगतमा भारतको बिजुली यहाँ आउन सकेको थिएन ।

प्रवक्ता अधिकारीका अनुसार ढल्केबर–खिम्ती हुँदै काठमाडौंसम्म ६०/७० मेगावाट बिजुली ल्याउन सक्ने अवस्था भए पनि तत्काल २० मेगावाटमात्र ल्याइएको छ । अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट थप ४० मेगावाट आयात गर्ने तयारी भएकाले यसो हुँदा काठमाडौंमा बढी ल्याउन सकिने छ ।

खिम्ती–ढल्केबर र हेटौंडा–मातार्तीर्थ दुवै लाइन पूरा भएकाले दुवैबाट अब आवश्यक पर्दा थप बिजुली उपत्यका ल्याउन सकिन्छ । ढल्केबरसँग मुजफ्फरपुर लाइन मिलान (सिंक्रोनाइज) भएकाले पनि भारतको बिजुली काठमाडौं ल्याउन सजिलो भएको हो ।

आर्थिक वर्ष २०५९/६० मा निर्माण सुरु भएको खिम्ती–ढल्केबर लाइन पूरा नहुँदा खिम्ती आयोजनाको बिजुलीसमेत तराईमा उपलब्ध गराउन सकिएको थिएन । २०६५ मै पूरा गर्ने लक्ष्य रहे पनि ८ वर्ष ढिलो अर्थात २०७३ माघ ३ मा मात्र यसको काम सकिएको छ । यो प्रसारण लाइन पूरा भएकाले अब भारतबाट आयात गर्न वा यहाँ बढी हुँदा निर्यात गर्ने बाटोसमेत खुलेको छ । माथिल्लो तामाकोसीबाट उत्पादित बिजुली बर्खामा बढी हुँदा भारत निर्यात गर्न यो लाइनले ठूलो भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="