Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चाइना थ्रि गोर्जेजसँगको सम्झौता अनुमोदन

ऊर्जा खबर/काठमाडौं माघ ०५, २०७३   344

खबर



west-seti-bid-from-chinese-firm-600x0

नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गोर्जेजको सहायक कम्पनी सिडब्लुइ कर्पोरेशनबीच भएको सम्झौता प्राधिकरण सञ्चालक समितिले अनुमोदन गरेको छ । प्राधिकरणको बुधबार बसेको बैठकले सम्झौता अनुमोदन गरेको हो ।

ad

७ सय ५० मेगावाट जलाशय आयोजना बनाउन गठन हुने ‘पश्चिम सेती हाइड्रो पावर कम्पनी’ का लागि सोमबार संयुक्त उपक्रम सम्झौता (जेभिए) भएको थियो ।

सम्झौता कार्यान्वयन गर्न लगानी बोर्डलाई अनुरोध गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।प्रवक्ता अधिकारीका अनुसार, प्राधिकरण सञ्चालक समितिले सम्झौता कार्यान्वयनका लागि लगानी बोर्डलाई अनुरोध गरेको छ । सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनको संचालक समितीबाट समेत अनुमोदन भए पश्चात मात्रै प्रारम्भिक सम्झौता कार्यान्वयनमा आउनेछ ।

पश्चिम सेती अघि बढाउन ऊर्जा मन्त्रालय र सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनबीच सम्झौता भएको ६ महिनाभित्रमा अध्ययन पुरा गरी १ वर्ष भित्रमा संयुक्त कम्पनी स्थापना गर्ने उल्लेख गरिएको भए पनि ५ वर्ष बितिसक्दा जेभिए समेत हुन सकेको थिएन ।

सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनसँगको सम्झौता पश्चात व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिमा लामो समय बिबाद हुँदा पश्चिम सेती अघि बढाउन ढिलाई भएको थियो ।

सम्झौता अनुसार, पश्चिम सेती जलविद्युत आयोजनामा सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनको ७५ प्रतिशत, विद्युत प्राधिकरणको २५ प्रतिशत र सर्वसाधारणको १० प्रतिशत सेयर स्वामित्व रहनेछ ।

यो अयोजनाको अनुमानित लागत १ अर्ब ६० करोड अमेरिकी डलर छ । साढे ६ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पश्चिम सेतीको विद्युत देशभित्रै खपत हुने भनिएको छ । यो आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="