Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४३१ मे.वा. घन्टा
  • भारत : १०१५८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६३३६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एनएमबी बैंकको अगुवाई, चिनियाँ सिमेन्ट उद्योगलाई नेपाली बैंकले जुटाए १६ अर्ब

ऊर्जा खबर भदौ १८, २०७५   4977

बैंक



काठमाडौं– नेपाली व्यवसायीसँगको सहकार्यमा उत्पादन सुरु गरेको चीनको होङ्सी सिमेन्ट उद्योगमा नेपाली बैंकहरूले १६ अर्ब रुपैयाँ ऋण लागानी गर्ने भएका छन् ।

चीनको होङ्सी (हङकङ रेड लायन सिमेन्ट नम्बर ३) र शिवमको संयुक्त लगानीमा उत्पादन हुने सिमेन्ट उद्योगमा उक्त रकम लगानी हुनेछ । होङ्सी शिवम् सिमेन्ट प्रालिमा चिनियाँ कम्पनीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व छ ।

कम्पनीमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ५ बैंकले लगानी गर्न सोमबार वित्तीय व्यवस्थापन भएको छ । ठूला पूर्वाधार आयोजनामा लगानी गर्न अब नेपाली बैंक सक्षम भइसकेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

‘देशकै ठूलो सिमेन्ट उद्योगका लागि यति ठूलो रकम स्वदेशी बैंकले लगानी गर्न लागेको पहिलो पटक हो,’ उनले भने, ‘यसबाट स्वदेशी बैंकहरू पनि ठूला परियोजनामा लगानी गर्न सक्षम छन् भन्ने पुष्टि हुन्छ ।’

कम्पनीमा एनएमबी सहित, नेपाल इन्भेष्टमेन्ट, प्रभू, एभरेष्ट र नेपाल एसबिआई बैंकले क्रमशः ६ अर्ब ७५ करोड, ४ अर्ब, ३ अर्ब, १ अर्ब २५ करोड र १ अर्ब रुपैयाँ लगानी हुनेछ । बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको जमानतमा नेपाली बैंकहरूले ७ वर्षका लागि ऋण लगानी गर्न लागेका छन् ।

लगानी बोर्डले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न सहजीकरण गरेको थियो । उसले धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोड रुपैयाँबराबरको वैदेशिक लगानीको स्वीकृत पाइसकेको छ ।

वित्तीय व्यवस्थापनअघि नै सिमेन्ट उत्पादन सुरु गरिसकेको कम्पनीको उत्पादन क्षमता अहिले करिब दैनिक ६ हजार मेट्रिक टन छ । यसलाई बढाएर एक वर्षभित्र १२ हजार मेट्रिक टन पुर्याउने लक्ष्य छ ।

कम्पनीले कारखानाबाट निस्केको फोहोरबाट १२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यसलाई करिब ५० मेगावाट विद्युत आवश्यक पर्ने जनाइएको छ ।

उद्योग सञ्चालन भएको ठाउँसम्म अहिलेसम्म केन्द्रीय प्रणालीको विद्युत नपुगेको कम्पनीका सञ्चालक सतिस मोरले बताए । नवलपरासीको बर्दघाटदेखि १३२ केभी लाइन तान्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

लगानी बोर्ड र कम्पनीबीच २०७४ भदौ १८ गते परियोजना लगानी सम्झौता (पिआइए) भएको थियो । ३६ करोड ९१ लाख अमेरिकी डलर लागत अनुमान गरिएको परियोजना देशकै ठूलो सिमेन्ट उद्योग हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="