Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

विद्युत् ठगी : प्रत्येक कर्मचारीलाई सवा दुई करोडको मुद्दा

मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले बुझाएको प्रतिवेदनमा विद्युत् चोरी आरोपमा…


बैंकले ब्याज बढाउँदा महँगिए जलविद्युत् आयोजना

बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता) संकट देखाउँदै ब्याजदर बढाएपछि जलविद्युत् आयोजनाको लागत बढ्ने भएको छ । यसले गर्दा निर्माण सकिएका र निर्माणाधीन जलविद्युत् आयोजना महँगिएका हुन् । बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनामा प्रवाह गरेको ऋणको ब्याजदर शून्य दशमलव ५ प्रतिशतदेखि २ प्रतिशतसम्म बढाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,…


जलविद्युतलाई प्रतिमेगावाट ५० लाख अनुदान दिन अर्थ सहमत

जलविद्युत् आयोजनालाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताबापतको प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालय सहमत भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७९-८० सम्म निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनालाई मात्रै अनुदान दिने व्यवस्था गर्न केही दिनअघि सहमति दिएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए । असारसम्ममा करिब २…


लगानी सम्मेलनबाट १ खर्बभन्दा बढीको लगानी भित्रिने

१९ र २० फागुनमा काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनबाट १ खर्ब रुपैयाँभन्दा बढी लगानी नेपाल भित्रिने पक्का भएको छ । सम्मेलनमा सहभागी हुने दुई दर्जनभन्दा बढी मुलुकका लगानीकर्ताले उक्त लगानीको घोषणा गर्ने भएका हुन् । विदेशी लगानीकर्ताले हालसम्म गरेको प्रतिबद्धता तथा आश्वासनले सम्मेलनबाट १ खर्बभन्दा बढी लगानी भित्रिने देखिएको उद्योगमन्त्री…


प्रधानमन्त्रीको बेवास्ताले जलस्राेत परिषद् अलपत्र

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले बेवास्ता गर्दा उच्चस्तरीय राष्ट्रिय जलस्रोत परिषद् अलपत्र परेको हो । १९ वर्षदेखि निष्क्रिय झण्डै चार महिनाअघि (कात्तिक ११मा) परिषद्लाई सक्रिय गराउने निर्णय मन्त्रिपरिषद्ले गरे पनि प्रधानमन्त्रीले आफ्नै निर्णय कार्यान्वयनमा बेवास्ता गर्दा अलपत्र परेको हो । जलस्रोत क्षेत्रमा नयाँ नीति निर्माण गर्ने तथा दलीय सहमतिको वातावरण निर्माण…


बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण सुरु, एउटै जग्गाधनीले हात पार्छन् ४ करोड

जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीले मुआब्जा पाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार पहिलोपटक बिहीबार ३२ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ । घ्याल्चोक गाविसका १२ र दर्बुङका २० जना जग्गाधनीको मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा जम्मा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए…


नेप्से परिसूचक साढे १३ अंकले घट्यो

नेप्से परिसूचक बुधबार साढे १३ अंकले घट्यो । अघिल्लो दिनको तुलनामा यो ०.९९ प्रतिशतले घटेको हो । उक्त दिन नेप्से १ हजार ३ सय ४४.११ अंकमा ओर्लेको छ । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घट्नमा दबाब परेको हो । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ…


लगानी बोर्डलाई टेर्दैनन् मन्त्रालय

विभिन्न मन्त्रालयले लगानी बोर्डलाई परियोजना बैंकमा समावेश गर्न लागिएका प्रस्तावित आयोजनाहरूको विस्तृत विवरण दिन अटेर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षमा २४ पुसमा बोर्डद्वारा प्रस्ताव गरिएका १ सय २२ परियोजनाहरूको सूची तयार गरेर अन्तिम रूप दिनका लागि सम्बन्धित मन्त्रालयमा पठाए पनि ती मन्त्रालयहरूले भने बोर्डलाई अटेर गरेका हुन् ।…


बन्ने भयो अरुण तेस्रो

भारतीय सरकारी कम्पनी सतलजले ९ सय मेगावाट क्षमताको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न लगानीको स्रोत जुटाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुधबार बसेको मन्त्रिपरिषद्को आर्थिक समितिको बैठकले सतलजलाई उक्त आयोजना निर्माण गर्न ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको छ । अरुण तेस्रो जलविद्युत्…


उदयपुर सिमेन्टमा चौबीसै घन्टा बिजुली : २५ वर्षपछि नाफामा

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ। यो सरकारी कारखानाले उद्योग सुरु भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको छ। १० वर्षदेखि दैनिक दुई सय ५० देखि तीन सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्