Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

हजारौं पोल जिविसमा थन्किए

गाउँका बिजुली लाइन सुधार गर्न ल्याइएको फलामे पोलहरू जिल्ला विकास समितिको हातामा अलपत्र छ । जिविसको आन्तरिक स्रोतबाट खरिद गरेर ल्याइएका १ हजार ५ सय ७० पोलहरू राजनीतिक दलहरूले बाँडफाँट नगर्दा थन्किएको हो । जिविसबाट ८ महिना अगाडि ल्याइएको पोल ०७३ माघ ८ मा दलको निर्णयबमोजिम जिल्लाका तीन क्षेत्रलाई समान…


‘ठूला पूर्वाधार बनाउन पीपीपी नै उपयुक्त’

मुलुकमा ठूला पूर्वाधार आयोजना निर्माण गर्न सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेल नै उपयुक्त रहेको विज्ञहरूले औंल्याएका छन् । पीपीपी मोडल विकसित र विकासोन्मुख राष्ट्रहरूमा समेत सफल प्रयोग भइसकेकाले नेपालले पनि अपनाउँदा उपयुक्त हुने उनीहरूको जिकिर छ । नेपाल उद्योग परिसंघले सरकारको सहकार्यमा आयोजना गरेको दोस्रो पूर्वाधार सम्मेलन २०१७ मा अधिकांश…


‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आजदेखि

नेपाल उद्योग परिसंघ (सीएनआई)को आयोजनामा आइबवारदेखि राजधानीमा ‘पूर्वाधार शिखर सम्मेलन २०१७’ शुरू हुँदै छ । नेपालको पूर्वाधार क्षेत्रमा ठूलो स्तरमा निजीक्षेत्रको लगानी आकर्षित गर्ने, क्षेत्रीय सम्पर्क तथा साझेदारीलाई बलियो बनाउने र पूर्वाधारको क्षेत्रमा लगानीको औचित्यलाई पुष्टि गर्दै मुलुकको आर्थिक विकासमा सघाउ पुर्‍याउने उद्देश्यका साथ सम्मेलन हुन लागेको हो । प्रधानमन्त्री…


इन्धन करबाट बूढीगण्डकी निर्माण सम्भव

लगानी उठाउन कठिन भइरहेका बेला इन्धनबाट उठाइने करबाटै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सम्भव छ । केही समय बढी लागे पनि इन्धनबाट उठाइँदै आएको रकमबाट उक्त आयोजना निर्माण गर्न सम्भव देखिएको हो । इन्धन आयात गरेबापत नेपाल आयल निगमले उक्त आयोजनाको नाममा मासिक करिब एक अर्ब रुपैयाँको हाराहारीमा सरकारलाई…


ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयन भएन

आउँदो १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ठीक एक वर्षअघि सरकारले ल्याएको ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयन गर्न सरकार असफल देखिएको छ । गत वर्षको फागुन ८ मा मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्रसहितको कार्ययोजना समयभित्र कार्यान्वयन गर्न सरकार असफल देखिएको हो ।…


कुशल कुलमान

आठ सयजना क्षमताको ‘नेपा–ढुकु बलरुम’मा भरिभराउ मानिसमध्ये सबैजसोले एकाएक ताली बजाउन थाले । थप्पडीका लागि उठेका हातहरू थामिएनन्, कम्तीमा दुई मिनेटका लागि तालीको गडगडाहटले लाजिम्पाटस्थित र्‍याडिसन होटलको हल गुञ्जयमान भयो । उद्घोषकको आवाज लामो गड्गडाहटमा कतै बिलायो । गत पुस २७ गते हल गुञ्जयमान गराउने ताली, भर्खरै मञ्चबाट भाषण सक्ने…


ब्याजदरमा सिलिङ लगाएपछि दीर्घकालीन निक्षेपमा बैंकको रुचि

ब्याजदर बढाउनेभन्दा दीर्घकालीन निक्षेप आकर्षित गर्ने बाटो रोज्नतर्फ बैंकहरू बैंकरहरूले निक्षेप ब्याजदरमा १२ प्रतिशत सिलिङ लगाउने सहमति गरेपछि निक्षेप अवधि बढाउने प्रतिस्पर्धा सुरु भएको छ । बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्न लामो अवधिको निक्षेप योजना सार्वजनिक गर्न थालेका छन् । केही साताअघिसम्म १ सय २० दिन (चार महिना)सम्मका मुद्दती निक्षेप योजना…


वन मन्त्रालयले प्रधानमन्त्रीकै निर्देशन मानेन

काठमाडौः अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक सरकारी जग्गा उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको निर्णय कार्यान्वयन गर्न वन मन्त्रालयले अटेर गरेको छ । ९ सय मेगावाटको यो आयोजनाका लागि जग्गा उपलब्ध गराउन प्रधानमन्त्री नेतृत्वको लगानी बोर्डले गरेको निर्णय वन मन्त्रालयले कार्यान्वयन गर्न आनाकानी गरेको हो । सरकारी क्षेत्रमा पर्ने…


ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो

६ महिनामा के भयो ? ११ अर्ब वार्षिक घाटा घटाउने घोषणा ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे । त्यसयता प्राधिकरणले एक…


पश्चिम सेतीमा फेरि अलमल

पश्चिम सेती जलाशययुक्त जलविद्युत  आयोजना अघि बढाउन चिनियाँ कम्पनीले फेरि अलमल गरेको छ । ७ सय ५० मेगावाटको यो आयोजना अघि बढाउन संयुक्त विकास उपक्रम (जेभीए) गर्न प्रारम्भिक सम्झौता गरेको चिनियाँ कम्पनीले यसको अनुमोदन नगर्दा ढिलाइ भएको हो । माघ पहिलो साता यसको जेभीए स्थापनामा दुई पक्षबीच सहमति भएको थियो…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्