Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

विद्युत चोरी गर्ने ९ जना पक्राउ

अङकुसे लगाई विद्युत चुहावट गर्ने ९ जनालाई बिहीबार पक्राउ गरी विद्युत प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेका नौजनाबाट रु ६४ हजार जरिवाना असुल गरेको छ । टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेका नर्घी, बडहरी, पोखरभिन्डालगायत स्थानबाट…


आर्थिक पुनर्संरचना नभए प्राधिकरणलाई साढे १८ अर्ब घाटा

नेपाल विद्युत् प्राधिकरणको समयमै आर्थिक पुनर्संरचना नगरिए आगामी पाँच वर्षमा साढे १८ अर्ब घाटा हुने प्रक्षेपण गरिएको छ । प्राधिकरणले आफ्नो वित्तीय पुनर्संरचना गरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान अर्थ मन्त्रालयमा पेश गरेको दोस्रो वित्तीय पुनर्संरचना प्रस्ताव अघि नबढे १८ अर्ब ६४ करोड घाटा पुग्ने प्रक्षेपण गरिएको हो । पुनर्संरचना…


चीनले ऋण नथप्दा त्रिशुली ३ ए अन्योलमा

चीनको आयात–निर्यात (एक्जिम) बैंकले निर्माणाधीन माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको ऋण अवधि नथप्दा आयोजना निर्माणमा अन्योल बढेको छ । नेपाल विद्युत् प्राधिकरणले एक्जिम बंैकको सहयोगमा निर्माण गरिरहेको ६० मेगावाटको यो आयोजनाका लागि ऋणको अवधि नाघ्दा आयोजना निर्माणमा अन्योल बढेको हो । झण्डै एक वर्षअघि (जुन २०१६) एक्जिम बैकको ऋण…


चमेलिया संरचनाहरूको परीक्षणअघि बढ्यो

  नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण भइरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले निर्माण सम्पन्न गरिएका संरचनाहरूको परीक्षण अघि बढाएको छ । दार्चुलामा निर्माण भइरहेको चमेलिया जलविद्युत् आयोजनाले बल्ल निर्माण सम्पन्न संरचनाहरूको परीक्षण अघि बढाएको हो । २०६४ सालमा निर्माण सुरु गरेर २०६८ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको संरचनाहरू परीक्षण…


सिंगटी अायाेजनाको काम धमाधम

सुपर सिक्सअन्तर्गतको दोलखास्थित सिङ्गटी जलविद्युत् आयोजना निर्माणको काम धमाधम अघि बढिरहेको छ । आयोजनाको ५ दशमलव ८ किलोमिटरको सुरुङमध्येको १ किलोमिटरको काम सकिएको छ । त्यसैगरी जेठ महीनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ हेडवक्र्सको काम ७० प्रतिशत सकिइसकेको छ । विद्युत् उत्पादन गृहको काम पनि उल्लेख्य मात्रामा भइरहेको उक्त आयोजना २०७५…


एलईडी खरिद प्रकरण : भारतभन्दा आधै सस्तो

विद्युत प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन् । नयाँदिल्लीस्थित द्वारका सेक्टर १२ मा रहेको संकल्प इलेक्ट्रिकल्सका बिक्रेता अविनाश गुप्ताले…


एलइडी बल्ब खरिद प्रकरण : ८६ करोड बढी तिरिँदै

मन्त्रिपरिषद्को निर्णयअगावै खरिद सम्झौता खरिद/बिक्रीबारे द्विदेशीय निर्णय भएको थिएन सार्वजनिक खरिद ऐन छल्दै मन्त्रिपरिषद्बाट निर्णय गराई भारतीय कम्पनीबाट एलईडी बल्ब खरिद गर्दा बजार मूल्यभन्दा ८६ करोड ४० लाख रुपैयाँ बढी रकम भुक्तानी दिनुपर्ने भएको छ । भारत सरकारका आधिकारिक दस्ताबेज, खरिद गर्ने भनिएको भारतीय कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएसएल)को…


लोडसेडिङ हटाएकोमा ऊर्जामन्त्री शर्मालाई कमिसन दिनैपर्ने ?

चीनमा उत्पादन हुने र भारत सरकारले अन्तर्राष्ट्रिय टेण्डरमार्फत आफ्नो देशमा वितरण गर्न ल्याउने एलईडी बल्ब (बिजुलीको चिम) भारतीय कम्पनी ईईएसएलबाट खरिद गर्ने कार्यमा नेपालको ऊर्जा मन्त्रालयले मोटो कमिसनका लागि गम्भीर त्रुटि गरेको फेला परेको छ । उक्त कम्पनी भारतको सरकारी कम्पनी भनिए पनि नेपालको जलविद्युत् लगानी तथा विकास कम्पनीजस्तै सरकारी सेयर…


विद्युत गृह अलपत्र हुँदा सामग्री कवाडीमा परिणत

भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजना संरक्षणको अभावमा अलपत्र परेको छ । बिग्रिएको करिब आठ वर्ष हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्कासाम्रगी कवाडीमा परिणत भएका छन् । विद्युत् गृह २०३८ सालबाट सञ्चालनमा आएको थियो । भोजपुर जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाउँमा विद्युत् वितरण गरिरहेको आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण…


‘नलसिंहगाड जलविद्युत् कहिले बन्छ ?’

नलगाड, सरुगाड, छेडागाड, मजकोट गाड, ताँत्रगाडलगायत जलाशययुक्त नदी तथा खोलाको पानी उपयोगविहीन छ । त्रिवेणी नलगाड नगरपालिका, छेडागार नगरपालिका र कुशे, बारेकोटमा पर्याप्त जलस्रोत छ । तर, यी गाउँ/नगरका बासिन्दा भने दियालो र टुकीका भरमा छन् । गाउँका हुने खानेले सोलार उपयोग गरे पनि गरिब उही परम्परागत दियालो र टुकीकै…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्