Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

विद्युत गृह अलपत्र हुँदा सामग्री कवाडीमा परिणत

भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजना संरक्षणको अभावमा अलपत्र परेको छ । बिग्रिएको करिब आठ वर्ष हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्कासाम्रगी कवाडीमा परिणत भएका छन् । विद्युत् गृह २०३८ सालबाट सञ्चालनमा आएको थियो । भोजपुर जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाउँमा विद्युत् वितरण गरिरहेको आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण…


‘नलसिंहगाड जलविद्युत् कहिले बन्छ ?’

नलगाड, सरुगाड, छेडागाड, मजकोट गाड, ताँत्रगाडलगायत जलाशययुक्त नदी तथा खोलाको पानी उपयोगविहीन छ । त्रिवेणी नलगाड नगरपालिका, छेडागार नगरपालिका र कुशे, बारेकोटमा पर्याप्त जलस्रोत छ । तर, यी गाउँ/नगरका बासिन्दा भने दियालो र टुकीका भरमा छन् । गाउँका हुने खानेले सोलार उपयोग गरे पनि गरिब उही परम्परागत दियालो र टुकीकै…


सबस्टेसन नहुँदा विद्युत विस्तारमा ढिलाइ

दक्षिणी भेगमा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको एक दशक हुन लाग्यो । धनकुटाको हिले सबस्टेसनबाट पोल गाड्न र तार टाँग्न सुरु भए पनि सम्पन्न हुन कति समय लाग्ने अझै निश्चित छैन । हतुवागढी गाउँपालिकाका वडाहरूका लागी ३३ केभी केन्द्रीय प्रसारणलाइन पोल गाड्न र तार टाँग्नमै सीमित छ ।…


जलविद्युतले बढायो सेयर बजार

जलविद्युत् समूहको परिसूचक करिब १ सय १६ अंकले बढेपछि समग्र नेप्से परिसूचक साढे १३ अंकले उकालो लाग्यो । बजारका अन्य समूहका परिसूचक पनि बढेका छन् । बजार खुलेदेखि नै वृद्धिको बाटो पछ्याएको नेप्सेमा मध्याह्नतिर वृद्धिदरमा केही कमी आएको थियो । त्यसपछि पुन: पुरानै गतिले बढ्न थालेको नेप्से १३.५१ अंकको वृद्धिसहित…


विद्युत चोर्नेसँग दुई अर्ब रुपैयाँ असुल

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भैरहवाले विद्युत चोरी गर्ने एक हजार पाँच सय जनालाई जरिबाना गरी दुई अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ । रूपन्देही जिल्लामा मर्चवार, लुम्बिनी, अमुवा, साडी, सूर्यपुरा, धकधई क्षेत्रमा सबैभन्दा बढी विद्युत चोरी भइरहेको छ । चोरी गर्ने त्यसक्षेत्रका ग्राहकलाई थुनामा राखी कारबाही गरिएको केन्द्र…


ग्यास र पेट्रोल पम्पमा लगानी गर्न भारत इच्छुक

भारतीय आयल निगम (आईओसी) ले ग्यास रिफाइनेरी र पेट्रोल पम्पमा लगानी गर्न इच्छा देखाएको छ । करिब डेढ महिनाअघि आपूर्ति मन्त्रालय र आईओसीबीच भएको पाँचवर्षे इन्धन नवीकरण सम्झैताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको आईओसीको टोलीले इच्छा देखाएको हो ।…


३८ भारुको बल्ब ६५ मा किनिँदै, ‘ठूलो आर्थिक चलखेल’

विद्युत् प्राधिकरणले भारतमा ३८ भारतीय रुपैयाँ (६० रुपैयाँ ८० पैसा) पर्ने ९ वाटको एलईडी बल्ब विद्युत् प्राधिकरणले ६५ भारु (१०४ नेपाली रुपैयाँ) मा खरिद गर्न लागेको खुलेको छ । सार्वजनिक खरिद ऐनविपरीत बिनाप्रतिस्पर्धा प्राधिकरणले भारतीय कम्पनीसित कम मूल्यका बल्ब डेढीभन्दा बढी भाउमा खरिद गर्न लागेको हो । प्राधिकरणले भारतीय कम्पनी…


१३९ आयोजनाको पिपिए, मध्यमाञ्चलमा बढी

नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार १ सय ३९ जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पिपिए) सम्पन्न भएको छ । यसमा प्राधिकरण स्वयम् प्रवर्द्धक रही सहायक कम्पनीद्वारा निर्माणाधीन माथिल्लो तामाकोशी (४५६ मेवा)का साथै बाँकी निजीक्षेत्रका परियोजना रहेका छन् । त्यसअन्तर्गत १ सय एकओटा आयोजना वित्तीय व्यवस्थापनसहित निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै…


टेन्डरबिनै २ अर्बको बल्ब किन्दै प्राधिकरण

विद्युत् प्राधिकरणले कानुनविपरीत बिनाप्रतिस्पर्धा भारतीय कम्पनीबाट २ करोड थान एलईडी बल्ब खरिद गर्ने भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्राधिकरणलाई सार्वजनिक खरिद ऐनको प्रक्रिया नअपनाई भारतीय सरकारी कम्पनीसित सोझै २ अर्ब ८ करोड मूल्यमा बल्ब खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । कुनै पनि सरकारी वा…


‘पञ्चेश्वर डिपिआर महाकाली सन्धीअनुुसार’ 

सरकारले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पुनरावलोकन गर्दै महाकाली सन्धीको भावनाअनुरूप अघि बढाउन प्रस्ताव गरेको छ । डीपीआरबारे पुनरावलोकन गरेर पञ्चेश्वर विकास प्राधिकरणलाई ऊर्जा मन्त्रालयले ढिलो गरी पठाएको प्रतिवेदनमा सम्झौताको भावनालाई दृष्टिगत गरी डीपीआरलाई अन्तिम रूप दिन सुझाव दिइएको छ । परामर्शदाता वाकपोसले तयार गरेको प्रतिवेदनलाई विकास…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्