Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

जमिनमुनिबाट विद्युतका तार

मुस्ताङ : विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक,धार्मिक, पुरातात्तिक तथा पर्यटकीय महत्त्वको माटोको सहर लोमान्थाङमा विद्युत्का तार जमिनमुनिबाट लैजाने काम सुरु भएको छ। तारबाट हुने सम्भावित जोखिम रोक्न र बजारक्षेत्रको सुन्दरता जोगाउन गाउँपालिकाले यस्तो योजना ल्याएको हो। लोमान्थाङ गाउँपालिका ५ का वडाध्यक्ष लामा रिङझिङ धोर्जे बिष्टले हालै एक सामारोहबीच विद्युत्का तार जमिनमुनिबाट…


निर्माण सकिएको साढे तीन वर्षमा पनि भैरहवा सेजमा विद्युत् सबस्टेसन बनेन

काठमाडाैं- भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) निर्माण सम्पन्न भएको साढे तीन वर्ष बितिसकेको छ । तर, सेजभित्र स्थापना हुने उद्योगका लागि आवश्यक विद्युत् आपूर्ति गराउने सबस्टेसन भने अझै बनेको छैन । सेज प्राधिकरणले भैरहवा सेजमा विद्युत् सबस्टेसन निर्माणका लागि अहिलेसम्म टेन्डरसमेत आह्वान गरेको छैन । जसले गर्दा सेजमा स्थापना हुने उद्योगले आवश्यकताअनुसार डेडिकेटेड…


तमोर बुढीगण्डकीजस्तै अनिश्चित हुने स्थानीयको चिन्ता

काठमाडाैं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत तमोर जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको छ । ७ सय ६२ देखि १ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने तमोर जलाशययुक्त आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरेपछि आयोजना प्रभावित पाँचथर र तेह्रथुमका जनता खुसी भएको स्थानीय प्रभावित तथा स्वतन्त्र ऊर्जा उत्पादक प्रकाश…


भारतबाट २१ अर्बको विद्युत् आयात

काठमाडाैं- नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन भारतबाट आयात गर्न थालेको विद्युत् परिमाण हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्ष भारतबाट १८ अर्ब ४१ करोडको रुपैयाँबराबरको विद्युत् आयात भएकोमा चालू आर्थिक वर्ष २१ अर्ब पुग्ने अनुमान प्राधिकरणको छ । चालू आर्थिक वर्षको १७ जेठसम्म १७ अर्ब ७९ करोड रुपैयाँको विद्युत् आयात…


निलगिरी जलविद्युत् आयोजनाकाे निर्माण सुरु

बेनी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित निलगिरी खोलामा एकै साथ दुई जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। निलगिरी हाइड्रोपावर कम्पनीले एक सय मेगावाट क्षमताका जलविद्युत् आयोजना बनाउन लागेको हो। ३८ मेगावाट क्षमताको निलगिरी र ६२ मेगावाट क्षमताको निलगिरी क्यासकेड बनाउन पूर्वाधार निर्माण सुरु गरेको कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले बताए। ‘निलगिरी क्यासकेडको…


बूढीगण्डकीबाट हट्यो गेजुवा

काठमाडौं- चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) बूढीगण्डकी आयोजनाबाट पछि हटेको छ। लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको हो। बूढीगण्डकी जलाशययुक्त (१२ सय मेगावाट) को ठेक्काको सम्झौता मात्र गर्न बाँकी थियो। गेजुवाले नेपालका उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारी बिनाप्रतिस्पर्धा आयोजना हात पार्न सफल भएको थियो। विगत…


बूढीगण्डकी सुरु नभएकामा आपत्ति

काठमाडौँ-राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये बूढीगण्डकी जलाशययुक्त विद्युत् आयोजनाको प्रगति सोचे अनुरूपको हुन सकेको छैन । अहिलेसम्म मुआब्जा वितरण नै टुंगिन सकेको छैन । कतै मुआब्जासमेत निर्धारण हुन सकेको छैन । निर्माण नै सुरु हुन नसक्दा अन्योल छाएको छ । जग्गा रोक्का भएको लामो समय बितिसक्दा पनि निर्माण कार्य अघि नबढाइँदा स्थानीय निरास छन् । उनीहरूको माग…


मापदण्ड तयार पार्दै नियमन आयोग

काठमाडौँ- विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई नियमन गर्ने गरी स्थापना भएको विद्युत् नियमन आयोगले काम थालेको छ । आयोगले सरोकारवालालाई आयोग गठन भएको जानकारी गराउने सहित मापदण्ड र निर्देशिका तयारी सुरु गरेको अध्यक्ष डिल्ली सिंहले जानकारी दिए । ‘हामीले सरोकारवाला निकायलाई आयोग गठनबारे औपचारिक जानकारी गराइसकेका छौं,’ उनले भने, ‘योसँगै आयोगको…


रत्नपार्क र महाराजगन्जकाे वितरण प्रणाली भूमिगत बनाउन सुरु

काठमाडौं- विद्युत् पोल तथा लतारिएका नांगा र अन्य सेवाप्रदायक कम्पनीका तारले काठमाडौं  कुरुप जस्तै देखिन्छ। जताततै लतरिएका र तल्र्याङतुर्लुङ झुन्डिएका बिजुली र अन्य तारले राजधानीको सहरी सौन्दर्यलाई मात्रै बिगारेको छैन, आगजनी तथा सवारी दुर्घटना जस्ता गम्भीर प्रकृतिका दुर्घटनासमेत निम्त्याइरहेको छ। बिजुली चोरीका घटना समेत भइरहेका छन्। यस्तै खाले समस्याबाट आजित…


मध्यमोदीको काम पुनः सुरु

पर्वत- प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले ठप्प बनेको मध्यमोदी जलविद्युत आयोजनाको काम सञ्चालनमा आएको छ। चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको जलविद्युत आयोजना स्थानीयबासीको आन्दोलनले जेठ १२ गतेदेखि बन्द भएको थियो। शुक्रबार आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी. पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्