Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जनतालाई सेयर दिने प्रस्ताव

चैत २४, २०७३   582

छापा



सर्वसाधारणलाई सेयर दिनेदेखि संस्थागत सुधारसम्म समेटेर तयार पारिएको नेपाल विद्युत् प्राधिकरणको दोस्रो आर्थिक पुर्नसंरचनासम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयले अघि बढाएको छ ।

प्राधिकरण स्थापना भएकै बेला प्रस्ताव गरिएको सर्वसाधारणलाई सेयर दिनेलगायत २० बुँदा समेटेर प्राधिकरणले तयार गरेको प्रस्ताव अर्थले अघि बढाएको हो । यसअघि २०६८ मा अर्थ मन्त्रालयको स्वीक्रितिमा मन्त्रिपरिषद्ले पहिलो आर्थिक पुनर्संरचना प्रस्ताव गरेको थियो ।

ad

उक्त पुनर्संरचना प्रस्ताव प्रभावकारी कार्यान्वयन नभएर चार वर्षमै ३७ अर्ब ६० करोड सञ्चित घाटा पुगिसकेको प्राधिकरणले वित्तीय अवस्था बलियो हुने गरी दोस्रो पुनर्संरचनाको प्रस्ताव अघि बढाएको हो ।

गत २ कात्तिकमा प्राधिकरण सञ्चालक समितिले प्रस्ताव पारित गरेर ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाए पनि हालसम्म अघि बढ्न सकेको थिएन । ऊर्जा र प्राधिकरणका अधिकारीहरूसँग पटकपटक छलफल गरेपछि अर्थले पुनर्संरचनाबारे प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणका आर्थिक विश्लेषण विभाग प्रमुख जयराज भण्डारीले प्राधिकरणको दोस्रो वित्तीय पुनर्संरचनाको प्रस्तावबारे अर्थ मन्त्रालयले अध्ययन समिति नै बनाएर प्रक्रिया अघि बढाएको जानकारी दिए ।

“विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेकोमा अर्थ सचिवले अध्ययनका लागि समितिनै गठन गर्नुभएको छ,” ।’–उनले भने । उनका अनुसार, अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिमा अर्थको बजेट महाशाखा र निजीकरण एकाइ महाशाखा, ऊर्जा मन्त्रालय, नेपाल चार्टर्ड एकाउन्टेन्न संस्था, महालेखा नियन्त्रक र विद्युत् प्राधिकरणका प्रतिनिधि सदस्य छन् । समितिलाई प्राधिकरणले गरेको पुनर्संरचनाको प्रस्तावबारे अध्ययन गर्न भनिएको छ ।

महँगो विद्युत् खरिद एवं बढ्दो आयात, महसुल दरमा समसामयिक समायोजन हुन नसक्नु, बढ्दो ऋण रकम र ब्याज व्ययभार, आयोजना सम्पन्न हुन ढिलाइ भइ प्रतिफलबिहिन हुनु जस्ता कारणले प्राधिकरण नोक्सानमा गएको हो ।

यस्तै, बाँकी वक्यौतामा वृद्धि, कर्मचारी खर्च लगायत सञ्चालन खर्चमा वृद्धि, विद्युत् खरिदमा भएको नोक्सानी वापतको रकम सेयर पुँजीमा प्राप्त हुनु लगायतका कारणले विद्युत् प्राधिकरणले घाटा बेहोरेको उल्लेख छ ।

प्राधिकरणलाई व्यवसायमूलक संगठन बनाउन, सरकारको लगानीको प्रतिफल सुनिश्चित गर्न, ऋणको साँवाब्याज नियमित रूपमा चुक्ता गर्न, कार्यसञ्चालनस्तरमा सुधार गरी पुँजीगत लगानी बढाउन, आय वृद्धि तथा असान्दर्भिक खर्च कम गर्न एवं विद्युत् उत्पादन, प्रसारण र वितरणका तीनै पक्षमा सुधार ल्याउन पुनर्संरचनाको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।

घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा लगेर आर्थिक रूपमा स्वस्थ बनाउनका लागि वित्तीय पुनर्संरचनाको खाँचो देखिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । प्रस्तावमा दोस्रो आर्थिक पुर्नसंरचना हुँदा बार्षिक करूपमा ७ अर्ब १८ करोड रूपैयाँ बराबर सकारात्मक प्रभाव पर्ने उल्लेख छ ।

प्राधिकरणले अर्थ मन्त्रालयमा पेश गरेको दोस्रो आर्थिक पुनःसंरचनाको प्रस्तावमा विद्युत् प्राधिकरणको अधिक्रित पुँजी ५० अर्ब रूपैयाँ रहेकोमा बढाएर १ खर्ब २५ अर्ब पु-याउने उल्लेख छ । प्राधिकरणले हाल चुक्ता पुँजीको सीमा ५० अर्ब रूपैयाँ नाघिसकेको जनाएको छ ।

सेयर जारी गर्दा संस्थालाई सहज ढंगले सञ्चालन गर्न सकिने सोचका साथ विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको भन्दै विद्युत् प्राधिकरणको ऐन २०४१ को दफा ५ को व्यवस्था कार्यान्वयन नभएकोले यसका लागि सेयर संरचना परिवर्तन गर्न पनि प्राधिकरणले प्रस्ताव गरेको छ । प्रस्तावमा सर्वसाधारणलाई कति सेयर दिन सकिने स्पष्ट उल्लेख छैन ।

प्राधिकरणले प्रस्तावमा आव २०७२/०७३ सम्म ३७ अर्ब घाटा पुगेको भन्दै त्यो अपलेखन गर्न समेत प्रस्ताव गरेको छ । यसअघि आव २०६७÷०६८ मा सरकारले विद्युत् प्राधिकरणको २७ अर्ब अपलेखन गरेको थियो ।

प्रस्तावमा प्राधिकरणले दीर्घकालीन ऋण, अनुदान र निर्माण अधिको ब्याजलाई सेयर पुँजीमा रूपान्तरण प्रस्ताव गरिएको छ । सरकारको आन्तरिक स्रोतबाट ३१ अर्ब २२ करोड र बाह्य स्रोतबाट प्राप्त रकममध्ये केएफडब्लू जर्मनीबाट १४ अर्ब ६२ करोड गरी प्राधिकरणमा रहेको ४५ अर्ब ८४ करोडको सेयरमा लगानी गरेर झण्डै ३ अर्ब ५२ करोड बराबरको ब्याज दायित्वको व्ययभार कम गर्न प्रस्ताव गरिएको छ ।

स्रोतःकारोबार दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="