Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतमा माछापुच्छ्रे बैंकको साढे ६ अर्ब

धना ढकाल/काठमाडौं माघ २८, २०७३   1053

बैंक



लाेगाे : माछापुछ्रे बैंककाे फेसबुक पेजबाट साभार

माछापुच्छ्रे बैंक लिमिटेडले पछिल्लो १२ वर्षमा जलविद्युत विकासमा ६ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकले हालसम्म २७ जलविद्युत आयोजनासँग ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बैंककै अगुवाइमा ५ आयोजना निर्माणको विभिन्न चरणमा रहेको कर्जा प्रमुख सर्जुकुमार थापाले जानकारी दिए ।

ad

५ आयोजनामध्ये २४.१ मेगावाटको खारे र ५ मेगावाटको चौरीखोला निर्माणको चरणमा छन । साढे ३८ मेगावाटको माथिल्लो कालंगागाड, ३३ मेगावाटको लिखु–२ र साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गाखोला निर्माण गर्न ऋण सम्झौता भएको छ ।

१४ आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा लगानी सम्झौता भइसकेकाे थापाले बताए । ‘१० मेगावाटको तल्लो दरौंदी, ९ मेगावाटको माइबेनी र ७ मेगावाटको तल्लो माइवेनीमा लगानी हुँदैछ,’ उनले ऊर्जा खबरसँग भने, ‘यी अायाेजनामा लगानी गर्नेबारे अायाेजना प्रवर्द्धकसँग छलफल भइरहेकाे छ ।’

राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीतिमा वाणिज्य बैंकले कूल ऋण २० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । उक्त सीमामध्ये १५ प्रतिशत कृषि तथा ऊर्जामा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ । यो कारणले पनि बैंकको लगानी बढ्दै गएको थापाले बताए ।

‘कूल ऋण रकमको कृषि र ऊर्जामा २२ प्रतिशत लगानी छ, राष्ट्र बैंकको नियमभन्दा हामी अगाडी छौं,’ उनले भने, ‘ऊर्जामा गरेको लगनी मात्रै १२ प्रतिशत पुगेको छ ।’ थापाका अनुसार वाणिज्य बैंकले आफ्नो पुँजीको ५० प्रतिशतसम्म ऊर्जामा लगानी गर्न सक्छन् । बैंकले उत्पादनशील क्षेत्रमा लगानी गरेको ऋणबारे राष्ट्र बैंकले अनुगमन गर्दै आएको छ । ऋण लगानीको सीमा नपुगे राष्ट्र बैंकले क्षतिपूर्ति तिर्नुपर्ने ‘सर्कुलर’ जारी गरेको छ ।

नीतिका कारण बैंकको लगानी ऊर्जाको क्षेत्रमा बढेको छ । पछिल्लो १ दशकमा बैंकको पुँजीमा भएको वृद्धि र धेरै बैंक तथा वित्तीय संस्था मर्ज हुँदा ऊर्जामा लगानी क्षमता बढेको देख्न सकिन्छ ।  ‘टेक एन्ड पे (लिउ र तिर)’ को विद्युत खरिद सम्झौता (पिपिए) प्रावधान हटेपछि बैंक जलविद्युतमा लगानी गर्न थप उत्साहित देखिएका छन । ‘टेक अर पे (लिउ या तिर)’ पिपिएले लगानी सुरक्षित हुने बैंकरहरू बताउँछन् ।

बैंक ब्याज बढ्दै जाँदा जलविद्युतमा भएको लगानीको ब्याज प्रवर्द्धकले तिर्न सक्ने जोखिम बढ्दै गएको छ । सञ्चालनमा रहेका बाहेक निजी क्षेत्रबाट निर्माण भइरहेका तथा निर्माणमा जाने १ हजार २ सय मेगावाटबराबरका आयोजनामा बैंकहरूले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="