Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलविद्युत

तल्लो हेवाको २२ मेगावाट विद्युत प्रणालीमा जोडियो, व्यापारिक उत्पादनको तयारी

काठमाडौं- २२.१ मेगावाटको तल्लो हेवाखोला जविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । माउन्टेन हाइड्रो नेपाल कम्पनीले पाँचथरमा निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो । यही साताभित्र आयोजनाबाट व्यापारिक उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताए । उनका अनुसार गत साउन ४ गतेबाट परीक्षण उत्पादन…


तमोर जलाशय आयोजना निर्माण गर्न एचआइडिसिएल छनोट सूचीमा

काठमाडौं– बहुचर्चित ७ सय ६२ मेगावाटको तमोर जलाशय जलविद्युत आयोजना निर्माण गर्न हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) पूर्व छनोट सूचीमा परेको छ । लगानी बोर्डमा स्वदेशी तथा विदेशी सहित ५ कम्पनीको प्रस्तावमा एचआइडिसिएल पहिलो छनोट सूचीमा परेको हो । कम्पनीले चीनको पावर कन्स्ट्रक्सन कोअपरेसन अफ चाइना लिमिटेडसँग…


अप्पर चमेलियामा एनआइसी एसियाको अगुवाईमा लगानी जुटाइने

काठमाडौं– अपी पावर कम्पनी लिमिटेडले दार्चुलामा निर्माण गर्ने ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा एनआइसी एसिया बैंकको अगुवाईमा लगानी जुटाइने भएको छ । लगानी जुटाउनेबारे हिजो (साउन २० गते) कम्पनी र बैंकबीच सहमति भएको छ । ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकले १ अर्ब ३० करोड…


मध्यभोटेकोसीको प्रगति कछुवा गतिमा, साढे ५ वर्षमा ४५ प्रतिशतमात्र काम

काठमाडौं- १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाकाे ४५ प्रतिशत निर्माण पूरा भएकाे छ । निर्माण थालेको साढे ५ वर्षमा याे प्रगित हासिल भएकाे हाे । जुरे पहिरो, भूकम्प, बाढीजस्ता प्राकृतिक विपद र ठेकेदारसँगको विवादले  २०७० माघबाट सुरु भएको आयोजना लक्ष्यअनुसारकाे प्रगित नभएकाे आयोजना प्रमुख सुनिलकुमार लामाले बताए । उनका अनुसार पटक-पटकको…


२ सातादेखि सुपर दोर्दी ‘ख’ को निर्माण अवरुद्ध , १० करोड क्षति

काठमाडौं- दोर्दी खोलामा आएको बाढीले निर्माण उपकरण बगाएपछि लमजुङस्थित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको निर्माण अवरुद्ध भएको छ । गत साउन ८ गते आएको भीषण बाढीले बाँध क्षेत्रका निर्माण उपकरण बगाउँदा करिब २ सातादेखि सबै संरचनाको काम रोकिएको हो । बाढीले आयोजनामा अनुमानित १० करोड रुपैयाँ मूल्य बराबरको…


काबेली बी–१ काे एक साताभित्र परीक्षण उत्पादन, २५ मेगावाट प्रणालीमा जाेडिँदै

काठमाडौं– २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजनाले अबको एक सातामा परीक्षण उत्पादन सुरु गर्ने भएको छ । २०७२ सालबाट निर्माण सुरु भएको आयोजनाको संरचना र  उपकरण परीक्षण सुरु गर्न लागिएको हो। आयोजनाको अहिले अन्तिम चरणको बाँकी काम भईरहेको प्रवद्र्वक अरुण काबेली पावर कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले बताए । उनका अनुसार अबको एक…


विभागले अब अनुमतिपत्र बाँड्न रोक्नुपर्छ : निजी प्रवर्द्धक भण्डारी

काठमाडौं— सरकारले जलविद्युत आयोजनाका अनुमतिपत्र मात्र बाँडिरहेको र यसको नियमन तथा अनुगमनमा ध्यान नपुर्याएकाले केही समय यस्तो काम रोक्नुपर्ने निजी क्षेत्रबाटै आवाज उठेको छ । बाँडिएका अनुमतिपत्रमा सहजीकरण गर्दै यसबाट छिटो विद्युत उत्पादनमा ध्यान दिन जरुरी रहेको भन्दै यस्तो आवाज उठाइएको हो । अनुमतिपत्रको अवस्था र जलवायु परिवर्तनलाई ध्यान दिँदै…


इवा खोलाको परीक्षण सकियाे, साेमबारदेखि विद्युत उत्पादन

काठमाडौं–  ९.९ मेगावाटको इवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन परीक्षण सम्पन्न भएको छ । पाँचथरमा निर्माण पूरा भएको आयोजनाको विद्युत परीक्षण शनिबार सम्पन्न भएको हो । परीक्षण सम्पन्न भए पनि राष्ट्रिय प्रसारण प्रणालीमा नजोडिएको प्रवर्द्धक रैराङ हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले बताए । उनका अनुसार उत्पादित विद्युत जोडिने…


माउन्टेन इनर्जीले १२ मेगावाटको मिस्ट्री खोला क्यासकेड निर्माण गर्ने

काठमाडौं– निर्माणाधीन ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजनाको तल्लो तटमा १२ मेगावाटको क्यासकेड निर्माण हुने भएको छ । माउन्टेन इनर्जी कम्पनीले मिस्ट्री खोला–२ नाममा अर्को आयोजनाको अनुमति लिएको हो । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निकास हुने पानी उपयोग गरेर आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले विद्युत विकास…


तामाकोसी तेस्रो ‘होल्ड’ गर्ने भट्टको नियत, क्षमता घटाएर बेच्नेलाई दोलखामा निषेध

दोलखा— तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता घटाएर निर्माण प्रक्रिया अघि बढाउन लागेको भन्दै दोलखाबासी आन्दोलनमा उत्रेका छन् । अनुमतिपत्र लिएको टिबिआई होल्डिङ कम्पनीले चिनियाँसँग समझदारी गरी आयोजना दिन लागेपछि स्थानीयले चर्को आपत्ति जनाएका हुन् । गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका टिबिआईका मालिक भवन भट्टले दुई वर्षअघि आयोजनाको अनुमतिपत्र लिएका थिए…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्