Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलविद्युत

उच्च हिमाली क्षेत्रमा निर्माण हुने ५७.५ मेगावाटकाे नुप्चे–लिखुमा ७ बैंकको ८ अर्ब लगानी

काठमाडौं– रामेछापको उच्च हिमाली क्षेत्र अर्थात् ३ हजार ३ सय ३८ मिटर उचाईमा निर्माण हुने ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । असार ३१ गते माछापुछ्रे बैंककाे अगुवाइमा लगानीकाे टुंगाे लागेकाे हाे । भिजन इनर्जी एन्ड पावर लिमिटेडले निर्माण गर्ने आयोजनामा ७ बैंकले झन्डै ८ अर्ब रुपैयाँ…


‘कुलेखानीको विद्युत भारत निर्यात’

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालकाे विद्युत भारत निर्यात हुन थालेको बताएका छन् । उनले आन्तरिक विद्युत उत्पादनमा वृद्धि भइ रातको समयमा खपत नभइ खेर जाने अवस्थाको विद्युत निर्यात भएको बताएका हुन् । ‘भारी वर्षापछि सबै जलविद्युतगृह पूर्ण क्षमतामा चलेकाले आन्तरिक उत्पादन बढेको छ,’ उनले भने, ‘रातको…


माथिल्लो नौगाडको विद्युत उत्पादन तालिका सरेको सरै

काठमाडौं- ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका पुनः प्रभावित भएको छ । पहिलो तालिका प्रभावित भएको १४ महिना बितिसक्दासमेत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन नसकेको हो । आयोजनाको निर्माण सुरु गर्दा २०७५ बैशाखबाट उत्पादन गर्ने तालिका थियो । अहिले २०७६ को साउन सुरु हुँदासम्म प्रवर्द्धक अपि पावर…


सिंगटी हाइड्रो इनर्जीले २ सय मिटर भूमिगत लाइन निर्माण गर्ने

काठमाडौं- सिंगटी हाइड्रो इनर्जी कम्पनीले २५ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्न २ सय ३८ मिटर भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । निर्माणाधीन सिंगटी जलविद्युत आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनसम्म १३२ केभी सिंगल सर्किट भूमिगत लाइन निर्माण गर्न लागिएको हो । कम्पनीले प्रसारण लाइन निर्माण गर्न प्रारम्भिक…


माथिल्लो मादी र बागमतीको उत्पादन बन्द

काठमाडौं- अविरल वर्षासंगैको बाढी पहिराेले संरचनामा क्षति पुर्याउँदा ललितपुर र कास्कीमा सञ्चालित २ जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ । २५ मेगावाटको माथिल्लो मादी र २२ मेगावाटको बागमतीको उत्पादन बन्द भएको हो । माथिल्लो मादीको बाँध क्षेत्रमा पहिरो खसेर क्षति पुगेपछि उत्पादन बन्द भएको केन्द्र व्यवस्थापक रामराज कोइरालाले बताए…


वर्षा र बाढीले विद्युतीय संरचनामा क्षति, दुर्गम गाउँ अन्धकार

काठमाडौं- मनसुन सक्रिय भएपछि केही दिनदेखिको अविरल वर्षाले नेपाल विद्युत प्राधिकरणको प्रसारण तथा वितरण लाइनका विद्युतीय संरचनामा क्षति पुर्याएको छ । वर्षा र बाढीले देशको पूर्वि तथा मध्य भागमा चालु अवस्थाका संरचनामा क्षति पुगेको हो । बाढीले ठाउँ–ठाउँमा वितरण लाइनका १ हजारभन्दा बढी विद्युतीय पोल ढालेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले…


जलविद्युत भण्डार कुलेखानी जलाशय ४ वर्षपछि भरिँदै, हिउँदलाई सुखद

काठमाडौं— विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको देशकै पहिलो कुलेखानी जलाशय ४ वर्षपछि भरिने भएको छ । पछिल्लो समय जलाशय क्षेत्रमा निरन्तर पानी परिरहेकाले चाँडै नै जलाशय भरिने अवस्था देखिएको हो । आज (आइतबार) अपरान्ह १२ बजेसम्म जलाशयको सतह १५२० मिटरभन्दा बढी भएको कुलेखानी पहिलो जलविद्युत केन्द्र प्रमुख रामकुमार यादवले बताए…


कुलेखानी जलाशयमा पानीको सतह बढ्न थाल्यो

काठमाडौं– विद्युत माग र आपूर्तिबीच बलियो सन्तुलन कायम गर्ने कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढ्न थालेको छ । त्यस क्षेत्रमा पानी पर्न सुरु भएपछि सतह बढ्न थालेको हो । दैनिक १.२ मिटरले बढ्न थालेको जलायशको सतह अहिले करिब १५०९ मिटर पुगेको कुलेखानी पहिलो जलविद्युत केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी…


कास्कीकाे मादी गाउँपालिका जलविद्युतमा धनी

काठमाडौं- जलविद्युत उत्पादनकाे प्रचुर सम्भावना रहेकाे गण्डकी प्रदेशमा अहिले ५ सय ६२ मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् । यी मध्ये सय मेगावाट बढीका आयोजना कास्कीकाे एउटै गाउँपालिकामा छन् । जिल्लाकाे मादी गाउँपालिकास्थित मादी काेरिडाेरमा बग्ने खाेलामा १ सय १९ मेगावाटका ५ जलविद्युत आयोजना छन् । निर्माण सम्पन्न भएका ३७ मेगावाटका २ जलविद्युत आयोजनाले…


गेजुबाले लिएको डाँडागाउँ भेरी खारेज, विभागको वेबसाइटबाट भने हटाइएन

काठमाडौं– सरकारले डाँडागाउँ खलंगा भेरी १ सय २८ मेगावाटको अध्ययन अनुमतिपत्र लिएको चिनियाँ कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । चाइना गेजुबा ग्रुप कर्पोरेशन (सिजिजिसी) ले दुई वर्षसम्म परिणाम नदेखाएपछि अनुमति खारेज भएको हो । सिजिजिसीलाई २०७४ बैशाख १० गते अध्ययन अनुमितपत्र दिइएको थियो । सुरुमा अध्ययन अनुमतिपत्रको म्याद २ वर्ष…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्