Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलविद्युत

विभागले अब अनुमतिपत्र बाँड्न रोक्नुपर्छ : निजी प्रवर्द्धक भण्डारी

काठमाडौं— सरकारले जलविद्युत आयोजनाका अनुमतिपत्र मात्र बाँडिरहेको र यसको नियमन तथा अनुगमनमा ध्यान नपुर्याएकाले केही समय यस्तो काम रोक्नुपर्ने निजी क्षेत्रबाटै आवाज उठेको छ । बाँडिएका अनुमतिपत्रमा सहजीकरण गर्दै यसबाट छिटो विद्युत उत्पादनमा ध्यान दिन जरुरी रहेको भन्दै यस्तो आवाज उठाइएको हो । अनुमतिपत्रको अवस्था र जलवायु परिवर्तनलाई ध्यान दिँदै…


इवा खोलाको परीक्षण सकियाे, साेमबारदेखि विद्युत उत्पादन

काठमाडौं–  ९.९ मेगावाटको इवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन परीक्षण सम्पन्न भएको छ । पाँचथरमा निर्माण पूरा भएको आयोजनाको विद्युत परीक्षण शनिबार सम्पन्न भएको हो । परीक्षण सम्पन्न भए पनि राष्ट्रिय प्रसारण प्रणालीमा नजोडिएको प्रवर्द्धक रैराङ हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले बताए । उनका अनुसार उत्पादित विद्युत जोडिने…


माउन्टेन इनर्जीले १२ मेगावाटको मिस्ट्री खोला क्यासकेड निर्माण गर्ने

काठमाडौं– निर्माणाधीन ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजनाको तल्लो तटमा १२ मेगावाटको क्यासकेड निर्माण हुने भएको छ । माउन्टेन इनर्जी कम्पनीले मिस्ट्री खोला–२ नाममा अर्को आयोजनाको अनुमति लिएको हो । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निकास हुने पानी उपयोग गरेर आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले विद्युत विकास…


तामाकोसी तेस्रो ‘होल्ड’ गर्ने भट्टको नियत, क्षमता घटाएर बेच्नेलाई दोलखामा निषेध

दोलखा— तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता घटाएर निर्माण प्रक्रिया अघि बढाउन लागेको भन्दै दोलखाबासी आन्दोलनमा उत्रेका छन् । अनुमतिपत्र लिएको टिबिआई होल्डिङ कम्पनीले चिनियाँसँग समझदारी गरी आयोजना दिन लागेपछि स्थानीयले चर्को आपत्ति जनाएका हुन् । गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका टिबिआईका मालिक भवन भट्टले दुई वर्षअघि आयोजनाको अनुमतिपत्र लिएका थिए…


भारतले धौलीगंगा जलविद्युतकाे बाँध खोल्दै, महाकाली तटमा सतर्क रहन आग्रह

काठमाडौं– भारतले उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा निर्माण भएको धौलीगंगा जलविद्युत आयोजनाको बाँध झन्डै १९ घन्टाका लागि खोल्ने सूचना जारी गरेको छ । नदी प्रवाही (आरओआर) आयोजनाको बाँधमा जम्मा भएको सिल्ट (बालुवा, गेग्र्यान, लेदो) बगाउनका लागि बाँधको ढोका खोल्न लागिएको हो । आयोजना निर्माण तथा सञ्चालनकर्ता कम्पनी एनएचपिसी लिमिटेड धौलीगंगा पावर स्टेसनले…


बाढीले बगाउँदा ‘माथिल्लो दोर्दी’ का १५ कामदार बेपत्ता, ३ जनाको लाश भेटियो

काठमाडौं– लमजुङको दोर्दी खोलामा भीषण बाढी आउँदा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को ठेकेदार आवास क्षेत्र (क्याम्प) बगाएको छ । बुधबार आएको बाढीले क्याम्प बगाउँदा करिब १५ जना कर्मचारी बेपत्ता भएको जनाइएको छ । निरन्तर झरी परिरहेको र माथिल्लो क्षेत्रमा थुनिएको पानी एकै पटक बग्दा ठूलो बाढी आएको लिबर्टी…


त्रिशूली–१ मा ९ विदेशी बैंकको ६९ अर्ब लगानी प्रस्ताव, चाहिनेभन्दा ३९ प्रतिशत बढी

काठमाडौं— कोरियन लगानीमा निर्माण हुने २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ९ विदेशी वित्तीय संस्थाले ६९ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव गरेका छन् । उक्त रकम आयोजनाका लागि आवश्यक ऋणभन्दा झन्डै ३९ प्रतिशत बढी हो । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गर्ने गरी वित्तीय…


७५ जलविद्युत केन्द्रबाट साढे २ अर्ब रोयल्टी संकलन

काठमाडौं- सरकारले जलविद्युतबाट साढे २ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन गरेकाे छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेका ७५ जलविद्युत केन्द्रबाट आर्थिक वर्ष २०७४/७५ मा उक्त परिमाणको रोयल्टी उठेको हो । सार्वजनिक तथा निजी क्षेत्रका १ मेगावाट माथिका जलविद्युत केन्द्रले २ अर्ब ५१ करोड…


जलाशय भरिँदा कुलेखानी पहिलाे र दाेस्राेबाट दैनिक २२ लाख युनिट विद्युत उत्पादन

काठमाडौं- यो वर्ष मध्य बर्खामा पनि कुलेखानी जलाशय २४ घन्टा सञ्चालन गरिएको छ । पानीको सतह बढेर जलाशय भरिने अवस्थामा पुगेपछि नियमित सञ्चालन गरेर विद्युत उत्पादन गरिरहेको हो । कुलेखानी जलाशयमा पर्याप्त पानी भएकाले अहिले पहिलाे (६० मेगावाट) र दाेस्राे (३२ मेगावाट) विद्युतगृह २४ सै घन्टा सञ्चालन गरिएकाे छ ।…


माथिल्लो तामाकोसीको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान

दोलखा- स्वदेशी लगानीमा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङकाे तल्लाे खण्डमा २० र माथिल्लो खण्डमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । ३ सय ७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्