Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलविद्युत

गेजुबाले लिएको डाँडागाउँ भेरी खारेज, विभागको वेबसाइटबाट भने हटाइएन

काठमाडौं– सरकारले डाँडागाउँ खलंगा भेरी १ सय २८ मेगावाटको अध्ययन अनुमतिपत्र लिएको चिनियाँ कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । चाइना गेजुबा ग्रुप कर्पोरेशन (सिजिजिसी) ले दुई वर्षसम्म परिणाम नदेखाएपछि अनुमति खारेज भएको हो । सिजिजिसीलाई २०७४ बैशाख १० गते अध्ययन अनुमितपत्र दिइएको थियो । सुरुमा अध्ययन अनुमतिपत्रको म्याद २ वर्ष…


बाढीले चाकु खोलाको इन्टेक गेट भत्कायाे, साढे ६ मेगावाट विद्युत प्रणालीबाट विच्छेद

काठमाडौं- भीषण वर्षापछि आएको बाढीले संरचना भत्काउँदा साढे ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । बाढीले सिन्धुपाल्चोकस्थित चाकु खोला जलविद्युत केन्द्रको मुहान (इन्टेक) को गेट भत्काउँदा शनिबारदेखि उत्पादन बन्द भएको हो । ३ मेगावाटको चाकु खोलाको बाँध क्षेत्रमा भएको क्षतिले १.८/१.८ मेगावाटका मध्य र तल्लो चाकुको पनि…


नामार्जुन मादी आयोजनाले पुसदेखि विद्युत उत्पादन गर्ने

काठमाडौं- १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको विद्युत अबको ६ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट आगामी पुसदेखि विद्युत उत्पादन सुरु हुन लागेको हो । कास्कीको मादी गाउँपालिकास्थित सेतीखोलामा निर्माणाधीन आयोजनाको सिभिल संरचनाको काम सकिएको प्रवर्द्धक हिमालयन हाइड्रो पावर कम्पनीका सचिव कृष्ण भण्डारीले जानकारी…


इवा खोलाले अर्को साताबाट उपकरण परीक्षण थाल्ने

काठमाडौं- ९.९ मेगावाटको इवा खोला जलविद्युत आयोजनाले अबको एक सातामा ड्राई टेष्ट (उपकरण परीक्षण) सुरु गर्ने भएको छ । पाँचथरमा निर्माण सम्पन्न भएको आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनामा जडान भएका उपकरण ठिक छन् / छैनन भनेर परीक्षण गर्न लागिएको हो । उपकरण आयात तथा जडानकर्ता ठेकेदार कम्पनीकाे प्राविधिक टाेलीले प्रवर्द्धक…


माथिल्लो मर्दीले साउनदेखि विद्युत उत्पादन गर्ने

काठमाडौं- ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाले साउनदेखि विद्युत उत्पादन गर्ने भएको छ । कास्कीको मर्दी खोलामा निर्माण सम्पन्न आयोजनाबाट अर्को महिनादेखि विद्युत उत्पादन सुरु हुन लागेको हो । संरचनाको निर्माण सम्पन्न भइ परीक्षणको तयारी भइरहेको आयोजना निर्देशक किरण केसीले बताए । उनका अनुसार अहिले आयोजनाको विद्युत प्रवाह हुने प्रसारण…


स्थानीयद्वारा सुदूरपश्चिमका ३ जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षति

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन ३ जलविद्युत आयोजनामा स्थानीयहरूले तोडफोड गरेका छन् । एक स्थानीय व्यक्तिको मृत्युमा आयोजनाको कामदार संलग्न रहेको आरोप लगाउँदै उत्तेजित भीड तोडफोडमा उत्रिएको हो । बझाङको बुंगल नगरपालिकामा गत असार १६ गते ललिता धामीको मृत्यु भएको थियो । उक्त मृत्युमा सानिगाड हाइड्रो डोजर चलाउने एक कर्मचारी संलग्न…


तनहुँ हाइड्राेको बाँधका संरचना निर्माण गर्न ४ कम्पनीकाे बाेलपत्र, कात्तिकमा ठेक्का सम्झाैता

काठमाडौं- १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाकोे बाँध क्षेत्रका संरचना निर्माण गर्न ४ ठेकेदार कम्पनीले बाेलपत्र पेश गरेका छन् । आयाेजनाकाे प्रवर्द्धक तनहुँ हाइड्राे पावर कम्पनीले आह्वान गरेकाे ठेक्का प्रक्रियामा आइतबार अन्तिम दिन ३ चिनियाँसहति ४ कम्पनीकाे बाेलपत्र पेश भएकाे हाे । आयाेजनाकाे पहिलाे प्याकेजका संरचना निर्माण गर्न ठेकेदार कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेकाे कम्पनीका…


माथिल्लो तामाकोसीको बिजुली देशमा खपत नहुने, सोझै भारतीय बजारमा

काठमाडौं– देशले लामो समयदेखि प्रतिक्षारत सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत देशभित्र खपत हुने सम्भावना न्यून देखिएको छ । पर्याप्त वितरण लाइन विस्तार नहुनु र खपत योजना अभावले समस्या जटिल बन्दै गएको हो । देशभित्रै खपत हुन नसक्ने अवस्थामा यसको एउटै विकल्प हो, भारतीय बजार । धेरै ढिलो भए…


सुपर मादीको १३ सय मिटर सुरुङ खनियो, दुई वर्षभित्र बिजुली बालिने

काठमाडौं– कास्कीको मोदी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको करिब १३ सय मिटर सुरुङ खनिएको छ । कामको गतिलाई तीव्रता दिँदै आगामी दुई वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुपर मादी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनामा अहिले विभिन्न ८ स्थानबाट काम भइरहेको छ । करिब…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्