advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

जलस्रोत

बाढी–पहिरो र डुबानमा संवेदनशील भएर काम गर्न मन्त्री पुनको निर्देशन

बर्खा सुरु भएसँगै देशका विभिन्न ठाउँमा आउने बाढी, पहिरो, डुबानलगायत समस्या समाधानमा संवेदनशील भएर काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । पूर्णरूपमा बर्खा सुरु नहुँदै जलस्रोत विपदको व्यवस्थापनमा ध्यान दिए जनधनको क्षति कम हुने भन्दै उनले सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । हरेक वर्ष…


उपत्यकामा २७ करोड लिटर खानेपानी अभाव हुँदै, यसरी व्यवस्थापन गरिँदैछ

बढ्दो जनसंख्या तथा सहरीकरणको चापले अबको केही वर्षभित्रै काठमाडौं उपत्यकामा खानेपानीको चरम संकट हुने देखिएको छ । अबको एक वर्षभित्र मेलम्ची खानेपानी आयोजना पूरा हुँदैछ । तर, यसले यहाँको माग पूरा हुने अवस्था छैन । जल तथा ऊर्जा आयोगले तयार गरेको ‘बागमती नदी बेसिन गुरुयोजना’ ले सन् २०२० भित्र मेलम्ची…


३ वर्षभित्र सबै नदीको ‘नदी बेसिन गुरुयोजना’ तयार गरिँदै

सरकारले आगामी ३ वर्षभित्र देशका सबै नदीको ‘नदी बेसिन गुरुयोजना’ तयार गर्ने भएको छ । खानेपानी, सिँचाइ, जलविद्युत तथा समग्र जलस्रोतको विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागेको हो । देशमा साना ठूला गरी करिब ६ हजार नदीनाला रहेको अनुमान छ । ठूलामात्र नभई साना नदी तथा खोला र तिनका किनारमा…


रानीजमरा सिँचाइ आयोजना समयमै पूरा गर्न सहयोग गर्नुस् : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजना समयमै पूरा गर्न प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् । देशको आर्थिक समृद्धिसँग जोडिएको आयोजना भएकाले समयमा पूरा गर्नुपर्नेमा उनले जोड दिएका हुन् । कर्णाली नदीको चिसापानीमा आयोजनाको बाँध निर्माण गरी बर्दिया तथा कैलालीमा सिँचाइ पुर्याउने…


७ महिनामा भेरी–बबई डाइभर्सनको ५ किलोमिटर सुरुङ खनियो

मेसिन जडान गरेर खन्न सुरु गरेको करिब ७ महिनामा टिबिएम (टनेल बोरिङ मेसिन) ले भेरी–बबई बहुउद्देश्यीय आयोजनाको झन्डै ५ किलोमिटर सुरुङ खनेको छ । यो तोकिएको अवधिमा पूरा गर्नुपर्ने कामभन्दा बढी प्रगति हो । नेपालमा पहिलो पटक भित्र्याइएको अत्याधुनिक मेसिनबाट लक्षित समयमै सुरुङ पूरा गर्ने गरी कामलाई तीव्रता दिइएको छ…


मेलम्चीको पानी वितरण गर्न उपत्यकाका ५३ हजार घरमा धारा जोडियो

मेलम्ची खोलाको पानी काठमाडौं भित्रिने दिन नजिकिँदै गर्दा उपत्यकाको वितरण प्रणाली विस्तारलाई पनि तीव्रता दिइएको छ । मेलम्चीको पानी वितरण गर्न अहिलेसम्म ५३ हजार घरमा धारा जोडिएको छ । घर–घरमा धारा जोडिएसँगै उपत्यकाबासीले अब छिट्टै मेलम्चीको पानी पिउन पाउने आशा बढेको छ । काठमाडौंका घर–घरमा पानी पु¥याउने जिम्मेवारी पाएको उपआयोजना…


सफा होला त दिल्लीको यमुना नदी ?

अत्यधिक मात्रामा प्रदूषित यमुनाको सफाइ र यो नदीको दिल्लीसँगको पुरानो सम्बन्धलाई पुनर्जीवीत गराउने गतिविधिहरूका बारेमा थुप्रै अध्ययनहरू भइसकेका छन् । यस्तै एक अध्ययन भारतका आवास तथा सहरी मामिला राज्य मन्त्री हरदिप पुरीले हालै मात्र भर्जिनिया विश्व विद्यालयका वास्तुकारहरू इनाकी आलदे र पङ्कज भिर गुप्ताले तयार पारेको एक अध्ययनको लोकार्पण गरे…


तीन नदीमा तटबन्द निर्माण गर्न भारतको १८ करोड अनुदान

तराईका नदीमा वर्षेनी बाढी आएर डुबानमा पर्ने क्षेत्र संरक्षणका लागि तीन नदीमा तटबन्द निर्माण गर्न भारतले १८ अर्ब रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराएको छ । वर्षे समस्या समाधान गर्दै खेतीयोग्य भूमि जोगाउने उद्देश्यले यस्तो अनुदान उपलब्ध गराइएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्केलगत्तै अनुदान आउनुलाई कुटनीतिकरूपमा हेरिएको…


हरेक वर्ष २ सय अर्ब घनमिटर पानी प्रयोगविहीन

जलस्रोतमा धनी मानिएको नेपालमा हरेक वर्ष झन्डै २ सय अर्ब घनमिटर पानी खेर जाने गरेको तथ्य बाहिर आएको छ । कृषि, उद्योग कलकारखाना, सेवा लगायत क्षेत्रमा ज्यादै न्यून मात्रामा पनि उपयोग हुने गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हालै जारी गरेको दीर्घकालीन योजना तथा मार्गदर्शनसहितको श्वेतपत्रमा…


आठौं एसियाली सिँचाइ सम्मेलन सुरु, विश्वमा पानी संकट गहिरिँदै

जलवायु परिवर्तन र बढ्दो तापमानका कारण विश्वमा पानीको संकट गहिरिँदै गएको सरोकारवालाले बताएका छन् । बढ्दो जनसंख्या तथा निश्चित पानीका स्रोत हुँदा आगामी दशक कष्टकर बन्दै जाने औंल्याइएको हो । काठमाडौंमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को ८औं एसियाली क्षेत्रीय सम्मेलनका क्रममा पानीको उपलब्धता, संकट…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7