Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलस्रोत

बाढीले दर्जन सिँचाइ आयोजना ध्वस्त

चार/पाँच दिनदेखि निरन्तर परेको बर्षाले देशका दर्जन बढी सिँचाइ आयोजना तथा जनताको तटबन्द पूर्णरूपमा क्षति भएका छन् । बाढीका कारण सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनामा क्षति पुगेको हाे । सिँचाइ मन्त्रालयका अनुसार सञ्चालनमा रहेका सुनसरी–मोरङ, कोसी पम्प नहर, चन्द्र नहर, कोसी वितरण प्रणाली, कमला, बागमती र राप्ती सिँचाइ आयोजनामा पूर्ण…


बाढी नियन्त्रण तथा पीडितकाे उद्दारमा २३ कराेड विनियाेजन

देशभर आएको बाढीले पुर्याएको क्षतिको मर्मत/संभार तथा उद्दार गर्न सिँचाइ मन्त्रालयले २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बाढीले भत्काएका बाँध, नहरलगायत सिँचाइ संरचनाको तत्काल मर्मत, बाढी नियन्त्रण गर्न बजेट छुट्ट्याइएको हो । अविरलरूपमा आएको पानीले देशका पूर्वदेखि पश्चिमसम्मका दर्जनौं सिँचाइ संरचनामा क्षति पुर्याएको छ । फुटेका बाँध तथा…


पश्चिम राप्ती र बबईमा खतराको संकेत

तीन दिनदेखि परेको अविरल वर्षाले पानीको सतह बढ्दा पश्चिम राप्ती तथा बबई नदीमा खतराको संकेत देखिएको छ । पानीको सतह सामान्यभन्दा निकै माथि आएकाले त्यस क्षेत्रमा खतरा देखिएको हो । जल तथा मौसम विभागका अनुसार बबई नदी छेउ चेपाङ, बर्दियाको भादा, दाङको तुल्सीपुर तथा रानीजरुवा क्षेत्रलाई खतरामा राखिएको छ ।…


भेरी–बबईमा सुरुङ खन्ने मेसिन कलकत्ता आयो

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) भारतको कोलकाता ल्याइएको छ । मेसिन चीन र अमेरिकामा तयारी गरी ढुवानी गरिएकाे हाे । आगामी कात्तिकबाट सुरुङ खन्ने तयारीका साथ मेसिन ढुवानीमा जोड दिइएको छ । भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङबाट बबईमा खसालेर सिँचाइ तथा जलविद्युत उत्पादन गर्ने…


मेलम्ची आयोजना प्रभावितले पानीको रोयल्टी पाउने

सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याइने हुँदा सरकारले प्रभावित स्थानीयबासीलाई त्यसको रोयल्टी दिने भएको छ । स्थानीय स्रोत उपयोग गरेबापत रोयल्टीको व्यवस्था गर्न लागेको हो । मेलम्ची खोलाबाट करिब १७ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्ने योजनाका साथ काम भइरहेको छ । खोलाबाट उक्त परिमाण पानी फर्काउँदा त्याे…


जलाधार संरक्षण नहुँदा मध्यमर्स्याङ्दी खतरामा

जलाशयमा अधिक मात्रामा ढुङ्गा, माटो, गिट्टी तथा फोहोर थुप्रिंदै गएपछि जर्मन सरकारको अनुदानमा निर्माण भएको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सञ्चित क्षमता घट्दै गएको छ भने मेसिन औजारमा पनि क्षति पुग्न थालेको छ । जलाशयमा पानीको सञ्चिती क्षमता घटेसँगै उत्पादन प्रभावित हुन थालेको छ ।  ७० मेगावाट उत्पादन क्षमताको सो…


बाढी पहिरोका कारण साढे ५३ खर्बको क्षति पुग्ने

जलवायु परिवर्तनका कारण यो शताब्दीको अन्त्यसम्म एसिया तथा प्रशान्त क्षेत्रको तापक्रम अहिलेभन्दा थप ६ डिग्री सेल्सियस बढ्ने एक अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडिबी) र जलवायु परिवर्तसम्बन्धी अनुसन्धान गर्दै आएको संस्था (पिआइके) ले संयुक्तरूपमा गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययन अनुसार जलवायु परिवर्तनले चीनको उत्तरी क्षेत्र, पाकिस्तान,…


चालु वर्ष बढी वर्षा हुने, बाढी पहिरोको उच्च जोखिम

सरकारले विगतको तुलनामा चालु वर्षमा बढी झरी पर्ने वा वर्षा हुने आँकलन गरेको छ । अघिल्लो वर्षभन्दा मौसममा आएको परिवर्तन तथा सक्रियताले बढी पानी पर्ने देखिएको हो । देशका विभिन्न स्थानमा निरन्तर झरी पर्न थालेपछि बाढी–पहिरो तथा प्राकृतिक प्रकोपका घटना बढ्न थालेका छन् । यो वर्ष बढी पानी पर्ने संकेत…


चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण

विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलो पटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ। जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट बोर्ड गरिएको उक्त मेसिनजुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थल मार्ग हुँदै नेपाल आउने छ। सिँचाइ मन्त्रालयले भेरी बबई डाइभर्सन आयोजनाका लागि उक्त मेसिन…


सप्तरीका बाढी पीडितलाई २५ हजार राहत

सरकारले सप्तरीमा १० दिनअघि बाढी आएर घर डुबानमा परेका पीडितलाई प्रतिघर २५ हजार रुपैयाँ राहात दिने भएको छ । घर निर्माण गर्न उक्त रकम दिन लागिएको हो । डुबानमा परेका पीडितका समस्याबारे गृहमन्त्रालयले आइतबार मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको छ । सोही प्रस्तावका आधारमा सोमबार बस्ने बैठकले निर्णय गर्ने गृह सचिव…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्