Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलस्रोत

५ वर्षपछि आठौं जलस्रोत सचिवस्तरीय बैठक दिल्लीमा हुँदै

काठमाडौं– नेपाल–भारत जलस्रोत सचिवस्तरीय (जोइन्ट कमिटी अन वाटर रिसोर्सेज–जेसिडब्लूआर) ८औं बैठक शुक्रबार (सन् २०१९, जनवरी ११) दिल्लीमा हुने भएको छ । बैठकमा दुवै देशबीच हुने बाढी, डुबान, पानी साझेदारका विषय समेटिनेछन् । जेसिडब्लूआरको बैठक नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सञ्जय शर्माले नेतृत्व गर्नेछन् । सचिवस्तरीय बैठकअघि दुई देशका…


भेरी–बबईमा सिक्टा आतंक

समाचार विश्लेषण काठमाडौं– भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ करिब १०.३ किलोमिटर पूरा भइसकेको छ । यही गतिमा काम भए आगामी माघभित्र सुरुङ ‘ब्रेक थ्रु (छेडिने)’ हुने आकलन छ । सुरुङको काम पूरा हुँदै गर्दा बाँध तथा विद्युतगृह निर्माणको तयारी सुरु गरिएको छैन । सुरुङ सकिने तर अरू पूर्वाधार नबने आयोजनाको लक्ष्य…


मेलम्चीमा नेपाली व्यवसायीले डेढ अर्ब लिन बाँकी, भुक्तानी दिलाइदिन भन्दै प्रहरीमा उजुरी

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले डेढ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिने प्रक्रिया सहजीकरण नगरेको भन्दै नेपाली व्यवसायी आन्दोलनमा उत्रेका छन् । इटालियन ठेकेदारसँग उप ठेक्का लिएर काम गरेका व्यवसायीले लामो समयदेखि भुक्तानी नपाएपछि आन्दोलनका गतिविधि अघि बढाएका हुन् । उपकरण आयातकर्ता, निर्माणकर्ता र जडानमा काम गर्ने २८ नेपाली व्यवसायीले मुख्य…


स्थलगत अध्ययनपछि विदेशी विज्ञले भने– सिक्टा सिँचाइमा माटोकै समस्या

काठमाडौं– सिक्टा सिँचाइ आयोजनाको पश्चिम मुल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटो विज्ञले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । नहरको निरिक्षण तथा अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै समस्या रहेको उनीहरूको निष्कर्ष छ । समस्या दोहोरिएपछि आयोजनाकै अनुरोधमा उनीहरू नेपाल आएका थिए । विज्ञहरूले मंसिर २५, २६…


डुन्डुवा सिँचाइ ठेक्का प्रकरण, बदनाम ठेकेदारको पक्षमा उच्च अदालत

नेपालगन्ज (बाँके)– तुल्सीपुर उच्च अदालत नेपालगन्जले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का विषयमा ठेकेदारका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । पूर्वाधार निर्माणका क्षेत्रमा बदनाम कहलिएको पप्पु कन्स्ट्रक्सनका नाममा अन्तिरिम आदेश जारी गरिएको हो । डुन्डुवा सिँचाइ प्रणालीको नियमअनुसार काम नगरेको भन्दै सिक्टा सिँचाइ आयोजनाले गत कात्तिक २१ गते कोस्टल–पप्पु…


सिक्टा सिँचाइ श्रृंखला–३, निर्माणको प्रगति र सिँचाइको लाभ

काठमाडौं– सरकारले २०६१ सालमा सिक्टा सिँचाइ स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गर्यो । र, तत्कालीन सिँचाइ विभागले आर्थिक वर्ष २०६१÷६२ बाट योजना तथा कार्यक्रममा समावेश गरेको हो । बजेट तथा कार्यक्रममा समावेश भए पनि आव २०६३÷६४ देखि निर्माण सुरु भएको थियो । सुरुमा राप्ती पश्चिमतर्फ ३३ हजार ७ सय ६६…


कमला नदी व्यवस्थापन गर्न तीन लक्ष्य निर्धारण

काठमाडौं– कमला नदी बेसिन तथा पानी उपयोगका विषयमा मुख्य तीन लक्ष्य निर्धारण गरिएको छ । नदी बेसिनले समेट्ने सबै गाउँपालिका तथा नगरपालिकामा पानीको समुचित उपयोग गर्दै आर्थिक विकास गर्ने गरी लक्ष्य निर्धारण गरिएको हो । जल उत्पन्न प्रकोप जोखिम न्यूनीकरण तथा जीविकोपार्जनमा टेवा पुर्याउन चुरे तथा यसका प्राकृतिक स्रोतको दिगो…


कमला नदी बेसिनको पानी उपयोगमा चार नगरपालिकाको साझेदारी

काठमाडौं– कमला नदी वेसिनबाट प्रभावित चार नगरपालिकाले यहाँको पानी उपयोग र व्यवस्थापन गर्न संयुक्तरूपमा साझेदारी गरी आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश २ मा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनीहरू पानी उपयोग गर्नेसम्बन्धी साझेदारीमा सहमत भएका हुन् । जल तथा ऊर्जा आयोगको सचिवालय तथा अष्ट्रेलियन संस्था ‘द कमन वेल्थ…


डुन्डुवा सिँचाइ ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को अन्तरिम आदेश खारेज

नेपालगन्ज (बाँके)– तुल्सीपुर उच्च अदालत नेपालगन्जले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का विषयमा ठेकेदार कोस्टल–पप्पु जेभीले माग गरेको अन्तिरिम आदेश खारेज गरेको छ । अन्तरिम आदेश दिन प्रक्रिया तथा कागजात नपुगेको भन्दै पप्पुको माग खारेज गरिएको हो । जलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २१ गते तालिका अनुसार काम नगरेको…


सिक्टा सिँचाइ श्रृंखला–२, भारतको चंगुलबाट फुत्केको आयोजना

काठमाडौं– राप्ती नदीमा पानी बगिरहेको थियो । अहिले पनि बगिरहेकै छ । बाँकेमा सिँचाइ गर्न सकिने हजारौं हेक्टर जमिन छ । पर्याप्त स्थानीय जनशक्ति छ । यसो हो भने सिँचाइका लागि पानी किन प्रयोग नगर्ने ? यो विषय २०३० सालतिर उठेको थियो । बाँकेका हजारौं हेक्टर जमिन सिँचाइ अभावमा बाँझै…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्