Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जिआइइटिसी–रमनले धरहरा पुनर्निर्माण गर्ने, ३ साताभित्र सम्झौता हुँदै

ऊर्जा खबर भदौ १८, २०७५   2480

पुनर्निर्माण



काठमाडौं– सरकारले वर्षौंको प्रयासपछि ऐतिहासिक महत्त्वको धरोहर धराहरा पुनर्निर्माण प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का आह्वान गरी यसको सुरुवात गरेको हो ।

२०७२ बैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण गर्न गत बैशाख ३१ गते आह्वान गरिएको ठेक्काको आइतबार आर्थिक प्रस्ताव खोलिएको छ । धरहरा निर्माण गर्न ६ कम्पनीले प्रस्ताव पेस गरेका छन् ।

ad

धरहरा पुनर्निर्माण गर्न सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, कुमार सिएफइसी र आशिष कन्ट्रक्सन कम्पनीको प्रस्ताव छ ।

ती कम्पनीहरूले क्रमशः ४ अर्ब ३९ करोड, ३ अर्ब ४५ करोड, ४ अर्ब ५० करोड, ५ अर्ब ५२ करोड र ४ अर्ब ४९ करोड रुपैयाँको प्रस्ताव पेस गरेका छन् । तीमध्ये जिआइइटिसी–रमनको प्रस्ताव सबैभन्दा कम छ ।

आशिष कन्स्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको प्राधिकरणले जनाएको छ । कम लागत पेस गर्ने कम्पनीको आर्थिक मूल्यांकन भइरहेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए । उनका अनुसार कम्पनीसँग अबको ३ साताभित्र सम्झौता हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="