Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेक एन्ड पे हटाएरै छाड्छुः ऊर्जामन्त्री

पुष २०, २०७३   326

छापा



%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%a8-%e0%a4%b6%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be

ऊर्जा मन्त्री जनार्दन शर्माले लिउ र तिर (टेक एन्ड पे) विद्युत् खरिद सम्झौता (पीपीए) हटाएरै छाड्ने बताएका छन् ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ऊर्जासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले आफूले बोलेको कुरा पूरा गरेर छाड्ने दाबी गरे ।

ad

विद्युत् प्राधिकरणले स्वदेशी लगानीलाई निरुत्साहित गर्ने गरी ‘टेक एन्ड पे’ पीपीए गरिरहेको भन्दै स्वदेशी लगानीकर्ताले आलोचना गरिरहेको बेला मन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“विद्युत् कति चाहिन्छ भनेर ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका विज्ञहरूले बुझेका छैनन्, किन सिलिङ तोक्नुप¥यो ।” उनले भने, “विद्युत्को माग यति छ भनेर देखाएरै ‘टेक अर पे’ (लिउ र तिर) पीपीए को व्यवस्था गर्न लागेका छांै ।”

ऊर्जामन्त्री शर्माले आधारभूत रूपमा लोडसेडिङ अन्त्य गरेर सकारात्मक सन्देश दिएको बताउँदै निजी क्षेत्रसँग सहकार्य गरेर जलविद्युत् उत्पादनमा जोड दिने बताए । उद्योगी व्यवसायीले क्षेत्र तोकेर विद्युत्को माग गरेमा सरकारले उपलब्ध गराउने बताउँदै उनले ढुक्कसँग बिजुली माग्न र लोडसेडिङ न्यूनीकरणमा सहयोग गर्न आग्रह गरे ।

छिमेकी राष्ट्रहरूसँग तल्लो तटीय फाइदाबारे चर्चा गरेको बताउँदै यसको नाममा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा भने ढिलाइ नगर्ने स्पष्ट पारे ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत् आयात गरेर भन्दा पनि विद्युत् मागको उचित व्यवस्थापन गरेर लोडसेडिङ हटाएको बताए । भारतबाट आयातीत बिजुली महंगो नभएको स्पष्ट पार्दै उनले उद्योगधन्दामा क्यासिटर बंैक राखेर लोड व्यवस्थापनमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

“उद्योग व्यवसायीलाई विद्युत् प्राधिकरण गुणस्तरीय सेवा दिन तयार छ, व्यवसायीले चुहावट नियन्त्रणमा सहयोग गर्नुप¥यो ।” उनले भने, “विद्युत् प्राधिकरणको वितरण प्रणालीलाई अझ व्यवस्थित बनाएर विद्युत् सेवालाई प्रभावकारी बनाउन १० ट्रान्सफर्मर खरिद गर्न लागेका छांै ।”

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष कुशकुमार जोशी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इं, महासंघ ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानलगायतले ऊर्जा विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरी अघि बढ्नुपर्ने बताए ।

तीन सञ्चालकको आदेश खारेज
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ । एक साताअघि ऊर्जा मन्त्रालयले तीन सञ्चालक लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाउने निर्णयविरुद्ध उनीहरूले दिएको रिटमा अन्तरिम आदेश दिएको थियो ।

तर मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यसको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको छ । अब ऊर्जा मन्त्रालयले नियुक्त गरेका नयाँ सञ्चालकले काम गर्न पाउनेछन् भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनीहरू पदमुक्त हुनेछन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले अदालतको निर्णयले लोडसेडिङ हटाउने अभियानमा ठूलो सहयोग पुगेको बताएका थिए ।

विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउने अभियानमा असहयोग गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा स्पष्टीकरण सोधी ऊर्जा मन्त्रालयले तीन सञ्चालकलाई हटाएको थियो ।

स्रोतः कारोबार

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="