विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमका ग्राहक ३ करोड नाघे, अब पूर्वाधारमा लगानी बढाउने

ऊर्जा खबर श्रावण २७, २०७५ 1104

काठमाडौं– आर्थिक वर्ष २०७४/७५ मा नेपाल टेलिकमका टेलिफोन र इन्टरनेट (डाटा) प्रयोग गर्ने ग्राहकको संख्या ३ करोडभन्दा बढी पुगेको छ । यो अघिल्लो आवको तुलनामा करिब ४४ लाख बढी हो ।

गत जेठसम्म टेलिफोनतर्फ १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ र इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ पुगेको टेलिकमले जानकारी दिएको छ । २०७४ असारको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले वृद्धि भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आवको सुरुमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा २ प्रतिशतले वृद्धि भई ५१ प्रतिशत पुगेको छ । यसैगरी, कम्पनीले गत आवमा आम्दानीमा पनि उल्लेख्य सुधार गरेको छ ।

गत आवको अपरिष्कृत विवरणपछि कूल आय करिब ४५ अर्ब ५६ करोड ५८ रुपैयाँ पुगेको छ । यो आवको तुलनामा २.१९ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा कम्पनीको नाफा करिब १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले अघिल्लो आवको तुलनामा मुनाफा १.९२ प्रतिशतले वृद्धि भएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो आवको तुलनामा १.९६ ले बढेर प्रतिसेयर आम्दानी १०४.४५ रुपैयाँ पुगेको छ ।

यसैगरी, लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरण विस्थापन गरी टिडीएम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान सुरु गरेको छ । यस प्रणालीबाट हालसम्म करिब १ लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सकेको छ ।

प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित ४ जिल्लाका ७ सय ४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="