विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमले चालु आर्थिक वर्षमा २७ लाख ३३ हजार टेलिफोन लाइन वितरण गर्ने

ऊर्जा खबर श्रावण २९, २०७५ 468

काठमाडौं-नेपाल टेलिकमले चालु आर्थिक वर्षमा २७ लाख ३३ हजार टेलिफोन लाइन थप गर्ने भएको छ । टेलिकमको भ्वाइस सेवा अन्तर्गत नयाँ लाइन वितरण गर्न लागिएको हो ।

सिडिएमए प्रविधिका ८१ हजार ६ सय २, पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गरिने भएको छ । पिएसटीएन(लेनलाइन) सेवातर्फ पनि ४२ हजार २ सय ६१ टेलिफोन लाइन वितरण गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।

पिएसटीएन सेवामार्फत ग्रामीण तथा सहरी क्षेत्रमा आइपी प्रविधिका उपकरणबाट भ्वाइस, डाटा र अन्य सेवा पनि दिइने भएको छ । टेलिकमले वितरण गर्ने यस्तो लाइनमा कुल जडित क्षमताको ५० प्रतिशत (४ लाख ५० हजार ) लाइन आइपी प्रणालीबाट सञ्चालन हुने टेलिकमले जनाएको छ ।टेलिकमको इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन बिटीएस जडान गरिने भएको छ ।

सेवा विस्तार गरेर चालु आवमा १० प्रतिशतले नाफा वृद्धि गरी सञ्चालन आय ४४ अर्ब २५ करोड रुपैयाँ पुर्याउने टेलिकमको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="