Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तालिकाभन्दा लोडसेडिङ बढी गरे जरिवाना

ऊर्जा खबर/काठमाडौं फागुन ०५, २०७३   741

अन्तर्राष्ट्रिय



भारतको दिल्ली राज्यमा लोडसेडिङ तालिकाभन्दा बढी विद्युत कटौती वा भोल्टेज घटबढ गराएमा वितरण कम्पनीलाई जरिवाना तिराउने कानुन ल्याउन लागिएको छ । वितरण कम्पनीको प्रणाली सुधार गर्न दिल्ली विद्युत नियमन आयोगले यस्तो कानुन ल्याउन लागेको हो ।

ad

नयाँ कानुनमा वितरण प्रणाली अस्तव्यस्त भएमा जरिवाना तिर्नुपर्ने व्यवस्था पनि समावेश गरिएको छ । कम्पनीले गुणस्तरीय सेवा दिन नसकेमा भारु १० प्रतिकिलोवाट प्रतिघन्टाका दरले आयोगले जरिवाना तिराउन सक्नेछ । परिस्थिति हेरेर जरिवाना भारु १ सय देखि २ सयसम्म हुन सक्ने कानुनमा व्यवस्था गरिएको छ ।

नयाँ उपभोक्ताले विद्युत सेवा लिन आवेदन दिएर लामो समय कुर्नु परे पनि वितरण कम्पनीले जरिवाना तिर्न पर्नेछ । सन् २०१७ को मे महिनाबाट नयाँ कानुन लागू हुने आयोगले जनाएको छ । यसअघि दिल्ली सरकारले पनि वितरण प्रणाली सुधार गर्न नियम बनाएको थियो । यो नियम अहिले अदालतमा बिचाराधीन छ ।

नयाँ कानुन लागू गर्ने सम्बन्धमा आयोगले उपभोक्तासँग सुझावसमेत मागेको छ । स्थानीय उपभोक्ताले मार्च २१ सम्ममा आयोगसमक्ष सुझाव दिनुपर्नेछ । सोही सुझावका आधारमा वितरण कम्पनीमाथि जरिवानाको आधार तय गरिनेछ । नियमअनुसार वितरण कम्पनीमाथि लगाइने जरिवानाबाट उपभोक्ताको विद्युत महशुलमा सहुलियत प्रदान गरिनेछ । यसका लागि आयोगले ८० पृष्ठ लामो ड्राफ्ट तयार गरेको छ ।

नयाँ नियम लागू भएपछि तालिकाभन्दा बढी विद्युत कटौती हुने, भोल्टेज नआउने, प्रक्रिया पूरा गर्दासमेत सेवा नदिने, ट्रान्सफर्मर पड्किदा लोड व्यवस्थापनमा अटेरी गर्ने, बिजुलीको सही बिल नदिने, खपत गरेभन्दा बढी महशुल आउनेलगायतका समस्या समाधान हुने आयोगको विश्वास छ ।

स्रोत  : नवभारत टाइम्स

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="