विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

देशभर ४ हजार पुलको माग, दुई वर्षदेखि अध्ययन रोकियो

ऊर्जा खबर भदौ २६, २०७५ 2410

काठमाडौं– सडक सञ्जाल विस्तारसँगै देशभर पक्की पुलको माग पनि बढ्न थालेको छ । विभिन्न क्षेत्रमा सडक चौडा पारिए पनि पुल पुरानै रहेको र नयाँ ठाउँमा समेत निर्माणको माग देखिएको हो ।

सडक विभागका अनुसार अहिले देशभर ४ हजार पक्की पुलको माग छ । विभागअन्तर्गत पुल महाशाखामा पुरानो स्तरोन्नतीभन्दा नयाँ पुल निर्माणको मागको चाङ छ । तर, महाशाखाले भने दुई वर्षदेखि नयाँ पुलको सर्भे तथा डिजाइनको काम रोकेको छ ।

पुराना र निर्माणाधीन पुलको काम पूरा भएपछिमात्र नयाँ सुरु गर्ने रणनीतिअनुसार महाशाखाले सर्भे रोकेको जनाएको छ । पुराना सयौं पुल अलपत्र रहेकाले पनि यो पूरा गर्नु पहिलो प्राथमिकतामा रहेको महाशाखाका इन्जिनियर बिमल बस्नेतले बताए ।

महाशाखाका अनुसार अहिले देशभर स्थानीय सडकमा ९ सय ११ पुल निर्माणाधीन छन् । यस्तै, २ सय ५३ रणनीतिक पुल निर्माणाधीन छन् । गत आर्थिक वर्षमा ३८ रणनीतिक पुल निर्माण भएको बस्नेतले बताए । सोही अवधिमा स्थानीयस्तरमा ८८ पुल निर्माण भएका थिए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="