Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

द्रुतमार्ग निर्माणमा खोकनाबासीको अवरोध रोकिएन

ऊर्जा खबर/काठमाडौं श्रावण ०४, २०७५   1135

सडक



काठमाडौंलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणमा ललितपुर खोकनाका बासिन्दाले अवरोध गरेका छन् । जग्गाको मुअब्जा मूल्य बढाउनुपर्ने तथा ऐतिहासिक सम्पदा संरक्षण गर्नुपर्ने माग गर्दे स्थानीय आन्दोलित भएका हुन् ।

द्रुतमार्गको काम अहिले नेपाली सेनाले अघि बढाइरहेको छ । जिरो प्वाइन्ट अर्थात् काठमाडौंतर्फ बसपार्क राख्ने विषयमा सुरु भएको विवाद समाधान हुन सकेको छैन ।

ad

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले समस्या समाधान गर्न दुई पटक स्थानीयसँग वार्ता गरे पनि निकास निस्किएको छैन । गत फागुनमै सेनाले खोकनाबाट काम सुरु गर्न खोजेको थियो । तर, लामो समयसम्म स्थानीय र सरकारबीच कुरा मिलेको छैन ।

खोकनाबासीले सेनाको अस्थायी क्याम्पसमेत घेरा हाल्ने, धर्ना दिने, मसाल जुलुस निकाल्ने लगायत विरोधका कार्यक्रम गर्दै आएका छन् । खोकनाको ऐतिहासिक धरोहर सिकाली चौर’ मास्न नहुने स्थानीयको माग छ ।

राज्यले कानुनमा भएको अधिकारसमेत नागरिकलाई नदिएको नेपाल सांस्कृतिक पुनर्जागरण अभियानका केन्द्रीय सदस्य अशोक महर्जनले गुनासो गरे । सरकारले जग्गाको उचित मूल्य नदिँदा विरोधमा उत्रिनु परेको पनि उनले बताए ।

‘हामी विकास विरोधी होइनौं, नाजायज माग राखिएको छैन,’  स्थानीय श्याम महर्जनले भने । मुआब्जा निर्धारण समितिले सडकका लागि अधिग्रहण गरिएको जग्गाको मूल्य पुनः मूल्यांकन नहुने बताएपछि स्थानीय सरकारसँग थप रुष्ट भएका छन् ।

गत असार १५ गते बसेको गृह सचिवस्तरीय बैठकले मुआब्जामा पुनः मुल्यांकन नहुने सूचना जिल्ला प्रशासन कार्यालय (जिप्रका) ललितपुरलाई पठाएको थियो । जिप्रकाले असार १९ गते सूचना सार्वजनिक गरेको छ ।

समितिले निर्धारण गरेको क्षतिपूर्ति/मुआब्जाप्रति असन्तुष्टि जनाउदै  पुनरावलोकन गर्न मन्त्रालयमा खोकना, बुंगमती, सैंबुका स्थानीयले निवेदन दिएका थिए ।  त्यस क्षेत्रमा सडक निर्माण गर्न आवश्यक करिब ८ सय रोपनी जग्गा अधिकरण गर्नुपर्छ । यसमध्ये २ सय ५० रोपनीको मुआब्जा वितरण भइसकेको छ ।

छिट्टै समस्या समाधान हुन्छ : सैनिक प्रवक्ता भण्डारी

विद्यमान समस्या समाधान छिट्टै टुंगिने सैनिक प्रवक्ता गोकुल भण्डारीले बताए । ‘स्थानीयबासीले ऐतिहासिक संरचना बचाउनुपर्ने र जग्गाको मूल्य बढाउनुपर्ने माग राखेका छन्,’ उनले भने, ‘ऐतिहासिक सम्पदा जोगाउन हामी तयार छौं ।’

खोकनाको विकल्प खोज्नुभन्दा स्थानीयसँग समन्वय गरेर काम गर्नुपर्ने पनि भण्डारीले बताए । ‘जग्गाको मूल्यका विषयमा यसअघि नै सरकारले निर्णय गरेको छ, यसमा पुनरावलोकन गर्नुपर्ने पक्ष सरकारले सोच्नुपर्छ,’ उनले भने । खोकनामा विवाद भए पनि बाँकी क्षेत्रमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="