Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

नवीकरणीय ऊर्जा

रिडी हाइड्रोले निर्माण गर्ने साढे ८ मेगावाटको सोलार आयाेजनामा लगानी जुट्यो

काठमाडौं– रिडी हाइड्रो पावर कम्पनीले बुटवलको तिलोत्तमा नगरपालिकामा निर्माण गर्ने साढे ८ मेगावाटको सोलार आयोजनाका लागि लगानी व्यवस्थापन भएको छ । आयोजनामा बैंक अफ काठमाडौंकाे अगुवाइमा सिटिजन्लेस र नेपाल बंगलादेश बैंकले ४९ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । कम्पनी र बैंकबीच भोलि (असार २४ गते मंगलबार) अपरान्ह लगानी सम्झौतामा…


दुर्गम पहाडी टाकुरामा सोलार प्लान्ट, बिजुलीले स्थानीयको काँचुली फेरिँदै

बैतडी (डणपुर)– झन्डै २ हजार ५ सय मिटरको उचाई, बाह्रै महिना चिसो बतास चलिरहने ठाउँ र पातला बस्ती । हरेक घरमाथि साना–साना पातला सोलार प्लानल टाँसिएका छन् । यो दृष्य हो, पुर्चौडी नगरपालिकाको दुर्गम गाउँ डणपुरको । ढुंगाले छाएका अधिकांश घरका छानामा जता हेरे पनि सोलार पाता देखिएका छन् ।…


सिँचाइकाे पहुँचका लागि बालिथुम गाउँमा सोलार पम्पिङ प्रविधि 

काठमाडौं- गुल्मीको गुल्मीदरबार गाउँपालिकास्थित बालिथुम गाउँमा सोलार पम्पिङ आयोजना निर्माण भइरहेकाे छ। नवीकरणीय ऊर्जाबाट गाउँमा सिँचाइ तथा पानीको पहुँच पुर्याउन ग्रामीण पूर्वाधार विकास समूह, नेपाल (ग्रिड नेपाल) ले स्थानीयसँगकाे सहकार्यमा आयोजना निर्माण गरिरहेकाे हाे । पहाडी क्षेत्रमा लिफ्टिङबाट खेतबारीमा सिँचाइ गर्न सोलार पम्पिङ प्रविधि उपयुक्त देखिएकाले ‘पाइटल प्रोजेक्ट’ कोरूपमा आयोजना अघि बढाएको ग्रिड नेपालका…


सोलार मिनी ग्रिडले सोल्टा बजार झिलिमिली, गाउँलेमा कतै हर्ष कतै गुनासो

कैलाली (सुगरखाल)– सोल्टा बजारमा फोटोकपी मेसिन राखेर व्यापार गर्दै आएका कृष्ण सुब्बा गाउँमा बिजुली आएपछि निकै खुसी देखिन्छन् । उनले फोटोकपी गर्नुका साथै रेडियो र मोबाइल पनि मर्मत गर्छन् । मोबाइलमा नयाँ–नयाँ गीत भरिदिन्छन् । सुब्बा फोटोग्राफर पनि हुन् । उनले त्यहाँ फोटो खिच्छन् । र, आधुनिक मेसिनबाट चिटिक्क पारेर…


ग्रमीण विद्युतिकरणमा साेलार मिनी ग्रिड, ‘प्रि–पेड मिटरबाट पहिला पैसा बल्ल बिजुली !

सुर्खेत (गुटु)– ‘भरपर्दो बिजुली नहुँदा व्यावसायिक काम गर्न पाइएको थिएन । अहिले त्यसको चिन्ता छैन । मैले बिजुलीबाटै टेलरिङ पेसा विस्तार गरेकी छु ।’ यो भनाइ हो, गुटुकी पार्वती सापकोटाको । चौकुनी गाउँपालिका-८ गुटु मोतिसेरामा पछिल्लो एक वर्षदेखि टेलरिङ पेसामा आवद्ध उनले व्यवसायमा निकै सुधार आएको सुनाइन् । पार्वती जस्तै…


१२ सय मेगावाट सौर्य विद्युत अध्ययन तथा निर्माणाधीन, ५८ हजार रोपनी कृषि भूमि नष्ट हुँदै

काठमाडौं– सरकारले मिश्रित ऊर्जा प्रणाली विकास गर्ने योजना अनुसार धमाधम सौर्य विद्युत उत्पादनको अनुमतिपत्र बाँडिरहँदा यसले देशको मुख्य अर्थतन्त्रमै प्रतिकूल असर पर्ने देखिएको छ । तराई वा खेतीयोग्य जमिनमा निर्माण गर्ने योजना अनुसार बाँडिएका अनुमतिपत्र वा प्रस्तावित अधिकांश सोलार आयोजनाले कृषिमा ठूलो नोक्सान पुग्ने देखिएको हो । अहिलेसम्म सरकार (नेपाल…


प्रदेश-२ का सबै जिल्लामा २५ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरिने

काठमाडौं- प्रदेश-२ सरकारले हरेक जिल्लामा २५ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । जलविद्युत उत्पादनको सम्भावना नरहेको प्रदेशका ८ जिल्लामा सौर्य ऊर्जा प्रणाली जडान गर्न लागिएको हो । सार्वजनिक निजी साझेदारीमा आर्थिक वर्ष २०७६/७७ देखि साैर्य विद्युत आयोजनाकाे काम सुरु गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । हरेक…


इको ग्लोबल पावरले १० मेगावाटको सौर्य विद्युत आयोजना बनाउने

काठमाडौं- इको ग्लोबल पावर कम्पनीले १० मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले धनुषाको ढल्केबरमा मिथिला-२ सौर्य विद्युत आयोजना निर्माण गर्न लागेको हो । ढल्केबरको करिब २५ विघा क्षेत्रफलमा सौर्य ऊर्जा प्रणाली प्रविधि जडान गरेका विद्युत उत्पादन गर्ने प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार…


 देशका १८ प्रतिशत जनतामा नवकरणीय ऊर्जाको पहुँच

काठमाडौं- मुलुकका १८ प्रतिशत जनतामा नविकरणीय ऊर्जाको पहुँच पुगेको छ । राष्ट्रिय प्रसारण प्रणाली नपुगेका दुर्गम ग्रामीण बस्तीमा सौर्य, वायु र लघु तथा साना जलविद्युत आयोजनाकाे विद्युतकाे पहुँच पुगेकाे हाे । दुर्गम ग्रामीण क्षेत्रका ५४ लाख जनताले नवीकरणीय ऊर्जा उपयोग गरिरहेको सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले जनाएको छ । सर्वेक्षणका…


मुस्ताङको चुमजुङमा हाइब्रिड वायु–सौर्य विद्युत उत्पादन

काठमाडौं– मुस्ताङको चुमजुङ गाउँमा हावा र सोलारबाट विद्युत उत्पादन सुरु भएको छ । यसबाट करिब ३७ घरपरिवार लाभान्वित हुने भएका छन् । सौर्य तथा वायुबाट चल्ने हाइब्रिड ऊर्जा प्रणाली जडान गरी विद्युत उत्पादन सुरु गरिएको पिपुल्स इनर्जी एन्ड इन्भारोमेन्ट डेभलपमेन्ट एसोसिएसन (पिडा) का कार्यकारी अधिकृत बिराज गौतमले बताए । उनका…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्