Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

नवीकरणीय ऊर्जा

डोल्मा फन्डले १ सय ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने

डोल्मा हिमालयन क्लाइमेट फन्ड (डिएचसिएफ) ले नेपालमा १ सय ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने भएको छ । पिक ऊर्जा व्यवस्थापन (पेमा) प्रणालीको २० मेगावाट ब्याट्री भण्डारणसहित विभिन्न विद्युत उत्पादन गर्ने योजना अघि सारेको हो । उक्त परिमाणको विद्युत उत्पादन गर्न फन्डले करिब २० करोड अमेरिकी डलर वैदेशिक लगानी भित्र्याउने…


नेपालमा ३ सय मेगावाट सोलार प्लान्ट विकास गर्न अष्ट्रेलिया इच्छुक

अष्ट्रेलियाले नेपालमा ३ सय मेगावाटबराबरका सोलार प्लान्ट विकास गर्न इच्छा देखाएको छ । यहाँको विद्युत विकासमा सहयोग गर्ने प्रतिबद्धताअनुसार इच्छा व्यक्त गरिएको हो । नेपालका लागि अष्टे«लियन राजदूत पिटर बडले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी ३ सय मेगावाटसम्म सोलार निर्माण गर्न इच्छुक रहेको बताए । एक…


सौर्य विद्युत उत्पादकले सरकारका अघि घुँडा टेके

सरकारले तोकेको पुरानै दरमा विद्युत खरिद सम्झौता (पिपिए) हुनुपर्ने अडान राख्दै आएका सौर्य विद्युत उत्पादकहरू सरकारी निर्णय मान्न तयार भएका छन् । पुरानो दरमा पिपिए नहुने भएपछि व्यवसायीहरू पछिल्लो सरकारी नियम मान्न तयार भएका हुन् । सरकारले २०७२ साल फागुनमा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक’ जारी गर्दै सौर्य…


लघुजलविद्युत अब केन्द्रीय ग्रिडमा, प्राधिकरणले २५३ किलोवाटको पिपिए गर्यो

देशका दुर्गमा ठाउँमा निर्माण भएका लघुजलविद्युत आयोजना पनि अब नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोड्न सुरु गरिएको छ । दुर्गम क्षेत्रमा विद्युतीकरण गरेर केन्द्रीय लाइन पुगेसँगै लघुजलविद्युत आयोजना बन्द हुने अवस्था उत्पन्न भएपछि ग्रिडमा ‘सिंक्रोनाइजेसन (आवद्ध) गर्ने अभियान सुरु गरिएको हो । ‘सिंक्रोनाइजेसन’ प्रक्रिया सुरु भएपछि प्राधिकरणले ४ आयोजनाको…


२२ वर्षमा नवीकरणीय ऊर्जाबाट ५५ मेगावाट विद्युत उत्पादन

नवीकरणीय ऊर्जा विकास सुरु भएको करिब २२ वर्षमा देशमा करिब ५५ मेगावाट विद्युत उत्पादन भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उक्त परिमाणको विद्युत उत्पादन गरेको हो । केन्द्रका अनुसार अहिलेसम्म नवीकरणीय ऊर्जा स्रोतबाट ५५ मेगावाटभन्दा बढी विद्युत उत्पादन भई करिब ३६ लाख बढी घरधुरीमा सेवा पुर्याइएको छ । लघु…


चिनी उद्योगबाट उत्पादन हुने साढे १९ मेगावाट विद्युतको पिपिए गर्दै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले चिनी उद्योगबाट उत्पादन हुने साढे १९ मेगावाट विद्युतको विद्युत खरिद सम्झौता (पिपिए) गर्ने भएको छ । उखुको खोस्टा (बगास) बाट विद्युत उत्पादन गर्न अनुमति लिएका रिलायन्स, इन्दुशंकर र एभरेष्ट चिनी उद्योगसँग पिपिए गर्न लागिएको हो । पहिलो चरणमा १५ मेगावाट विद्युत उत्पादन गर्न बाराको रिलायन्स चिनी उद्योगसँग…


पहिलो पटक चिनी उद्योगले विद्युत उत्पादन गर्दै, रिलायन्सले पायो अनुमतिपत्र

सरकारले पहिलो पटक चिनी मिललाई विद्युत उत्पादनको अनुमतिपत्र प्रदान गरेको छ । हिउँदमा खेर जाने उखुको खोस्टा बालेर विद्युत उत्पादन गर्न रिलायन्स सुगर एन्ड केमिकल्स इन्ड्रष्ट्रिज प्रालिलाई अनुमति दिइएको हो । कम्पनीले बारा मनहरवास्थित उद्योगबाट ३ मेगावाट विद्युत उत्पादन गर्नेछ । विद्युत खरिद गर्न विद्युत विकास विभाग र कम्पनीबीच २०७४…


ऊर्जामा अात्मनिर्भर अभियान, अब ‘हरेक बस्ती, ऊर्जा बस्ती’

सरकारले ७ सय ५३ स्थानीय तहका सबै बस्तीमा नवीकरणाीय ऊर्जाबाट उज्यालाे कार्यक्रम अभियान सुरु गर्ने भएकाे छ । यसका लागि ‘हरेक बस्ती, ऊर्जा बस्ती’ कार्यक्रम अघि सारिएकाे छ । स्थानीय तहलाई वैकल्पिक ऊर्जाको उपयोग गरेर आत्मनिर्भर बनाउन पनि कार्यक्रम सञ्चालन गर्न लागिएको हो । ऊर्जा. जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जारी गरेकाे…


अमेरिकी कम्पनीले २ सय मेगावाट सोलार प्लान्टमा लगानी गर्ने

नेपालमा २ सय मेगावाटबराबरको सोलार प्लान्ट राख्न एक अमेरिकी कम्पनीले करिब १ अर्ब रुपैयाँ लगानी गर्न इच्छा देखाएको छ । सरकारले मिश्रित ऊर्जा विकासमा समेत जोड दिएपछि स्वदेशी तथा विदेशी कम्पनी लगानी गर्न इच्छुक देखिएका हुन् । सोलार प्लान्ट राख्नेबारे सम्बन्धित व्यक्ति तथा कम्पनीका प्रतिनिधिले हालै ऊर्जा, जलस्रोत तथा सिँचाइ…


२५ मेगावाटको सोलार प्लान्टको शिलान्यास

नेपाल विद्युत प्राधिकरणले २५ मेगावाटको सोलार प्लान्टको जडान सुरु गरेको छ । नुवाकोटको त्रिशूली नदी वेसिनमा रहेका जलविद्युत केन्द्रको खाली जग्गामा सोलार प्लान्ट जडान सुरु गरिएको हो । प्लान्टको शुक्रबार देवीघाट जलविद्युत केन्द्र परिसरमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शिलान्यास गरेका छन् । विश्व बैकको 'ग्रिड सोलार तथा ऊर्जा…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्