Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालको ऊर्जा विकासमा विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण दिने

ऊर्जा खबर असोज ०३, २०७५   3262

बैंक



काठमाडौं– नेपालको ऊर्जा विकासमा विश्व बैंकले छुट्ट्याएको १० करोड अमेरिकी डलर ऋण स्वीकृत भएको छ । यसले जलविद्युत तथा ऊर्जासँग सम्बन्धित आयोजनाको वित्तीय व्यवस्थापन, सञ्चालनलगायत पक्षमा सहयोग पुग्ने अपेक्षा छ ।

ऊर्जा तथा जलविद्युत क्षेत्र सबल भएपछि नेपाली जनतालाई विश्वसनीय, पहुँचयोग्य र दिगो विद्युत उपलब्ध हुने विश्व बैंकको दाबी छ । ‘नेपाल इनर्जी सेक्टर डिभेलपमेन्ट पोलिसी क्रेडिट (डिपिसी)’ शीर्षकमा आउने सहयोगले यस क्षेत्रको नियमन तथा संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।

ad

नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार, नियमन, पारदर्शिता, जवाफदेहिता र पुनर्संरचनामा पनि विश्व बैंकको सहयोग प्रभावकारी हुने अपेक्षा छ । साथै, प्राधिकरणलाई विद्युत व्यापार र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न यसले सघाउ पुर्याउने दाबी गरिएको छ ।

‘प्रस्तावित ऋणको लक्ष्य विद्युत क्षेत्रको पुनर्निर्माण र बजार सुधार सुशासन र संस्थागत व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नेछ,’ बैंकका महासचिव फारिस ह्याडड जेरभोसले भने, ‘हाम्रो लक्ष्य एकीकृत क्षेत्रीय बजार खोज्दै प्रतिस्पर्धी थोक विद्युत बजार सिर्जना गर्ने हो ।’

विश्व बैंकका अनुसार नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना भए पनि कूल क्षमताको ५ प्रतिशतभन्दा कम उपयोग भइरहेको छ । अझै पनि करिब ९५ प्रतिशत जनता अफ ग्रिड विद्युतमा निर्भर रहेको बैंकको दाबी छ ।

गत आर्थिक वर्षसम्म नेपालीको प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १ सय ७७ किलोवाट छ । यो विद्युत खपत गर्ने देशहरूको २०औं सूचीमा पर्छ । उता दक्षिण एसियामा भने नेपाल बढी विद्युत खपत गर्ने ५औं देश हो ।

प्रतिक्रिया दिनुहोस