Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालको जलविद्युतमा लगानी गर्न युएइ इच्छुक

माघ ०३, २०७३   383

खबर



janardan-saleha

संयुक्त अरब इमिरेट्स (युएइ) ले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ ।
ऊर्जा मन्त्री जनार्दन शर्मा संगको भेटमा युएइका ऊर्जा मन्त्री सुहेल महम्मद अल मजौरीले जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन ।

ad

वल्र्ड फ्युचर इनर्जी सम्मेलन २०१७ मा सहभागी हुन अबुधाबीमा रहेका ऊर्जा मन्त्री शर्माले मजौरी संग भेट गरी जलविद्युमा लगानी गर्न युएइ सरकारलाई आग्रह गरेका छन ।

भेटका क्रममा युएइका ऊर्जा मन्त्री मजौरीले दिगो ऊर्जाको विकासका लागि नेपालले जलविद्युत र सौर्य ऊर्जाको एकिकृत विकास गर्नुपर्ने सुझाव दिएका थिए । युएइको अबुधावीमा जारी वल्र्ड फ्युचर इनर्जी सम्मेलनमा सहभागी हुन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्प कमल दाहाल र ऊर्जा मन्त्री जनार्दन शर्मा सहभागी भएका छन ।

सम्मेलनमा सन २०५० सम्ममा वायो ग्याँस र सौर्य ऊर्जाको उत्पादनमा वृद्धि गरी अन्य ऊर्जाको उत्पादनलाई १० प्रतिशतमा मात्रै सिमित राख्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ । ७ दिन सम्म चल्ने सम्मेलनमा विश्वका १ सय ५० भन्दा बढी देशका सरकार प्रमुख एवं मन्त्रीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="