Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आजदेखि

फागुन ०८, २०७३   379

छापा



नेपाल उद्योग परिसंघ (सीएनआई)को आयोजनामा आइबवारदेखि राजधानीमा ‘पूर्वाधार शिखर सम्मेलन २०१७’ शुरू हुँदै छ । नेपालको पूर्वाधार क्षेत्रमा ठूलो स्तरमा निजीक्षेत्रको लगानी आकर्षित गर्ने, क्षेत्रीय सम्पर्क तथा साझेदारीलाई बलियो बनाउने र पूर्वाधारको क्षेत्रमा लगानीको औचित्यलाई पुष्टि गर्दै मुलुकको आर्थिक विकासमा सघाउ पुर्‍याउने उद्देश्यका साथ सम्मेलन हुन लागेको हो ।

ad

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार दुईदिने सम्मेलनको उद्घाटन गर्दै छन् । नेपाल सरकार तथा नेपाल युवा निर्माण व्यवसायी मञ्चको सहआयोजनामा हुने सम्मेलनले अपरिहार्य साझेदारका रूपमा निजीक्षेत्रलाई जोड दिनेछ ।

सम्मेलनमा उद्योग क्षेत्रका ३० जनाभन्दा बढी विज्ञ, नेपाल सरकारका मन्त्रीहरू, नीति निर्माता र विभिन्न विकास साझेदारहरूको सहभागिता रहनेछ । त्यस्तै, कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री तथा मन्त्रीहरू, एशियाली विकास बैङ्क, बेलायती अन्तरराष्ट्रिय सहयोग नियोग (डीएफआईडी), अन्तरराष्ट्रिय वित्त निगम, कूटनीतिक नियोगका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत सहभागिता रहने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा सहभागी हुन भारतीय रेलवे मन्त्री सुरेश प्रभाकर प्रभु शनिवार नै काठमाडौं आइसकेका छन् ।

त्यस्तै, अन्य वक्ता तथा सहभागीहरूसमेत आउने क्रम जारी रहेको परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।सार्वजनिक–निजी साझेदारीको सम्भावना, क्षेत्रीय तथा अन्तरराष्ट्रिय स्तरमा सार्वजनिक–निजी साझेदारीका सफल मोडल, पूर्वाधारको अवस्था, लगानी वृद्धिका लागि आवश्यक वातावरण, पूर्वाधारको बजार, भ्याल्यु प्रपोजिशन, लचिलो वित्तीय व्यवस्था र हरित पूर्वाधारलगायत विषयमा सम्मेलनमा चर्चा परिचर्चा हुनेछ ।

यसपटकको सम्मेलनमा ‘पूर्वाधार आइडिया हण्ट’लाई नयाँ विषयवस्तुका रूपमा समेटिनेछ । मुलुकको पूर्वाधार विकासको क्षेत्रमा नवीनतम आइडिया भएकाहरूले सम्मेलनमा आप्mनो आइडिया प्रस्तुत गर्न पाउनेछन् । त्यसका लागि आइडिया स्टुडियोसँगको सहकार्यमा आयोजकले विभिन्न १० ओटा आइडियालाई छनोट गरिसकेको छ । यस किसिमको ‘आइडिया हण्ट’ले नेपालको पूर्वाधार क्षेत्रमा रहेका कठिनाइ पहिचान गर्न र समस्याको सम्भावित समाधानका नवीनतम उपायमा सर्वसाधारणको संलग्नता अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिइएको छ । सम्मेलनले मुलुकभरका विभिन्न पूर्वाधारसम्बन्धी परियोजनाको ‘शो केस’को रूपमा पनि रहने बताइएको छ । सम्मेलन सोमवारसम्म सम्पन्न हुनेछ ।

स्रोतः आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="